काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशमा कसैको पनि स्पष्ट बहुमत नभएकाले सर्वदलीय सरकार बनाउन प्रस्ताव गरेको छ। राप्रपा संसदीय दलका तर्फबाट बोलेका अम्बरबहादुर विष्टले प्रदेश सभामा यस्तो प्रस्ताव गरेका हुन्।
उनले कोशी प्रदेशमा सरकार बनाउने र भत्काउने अभ्यास सुरु भएको भन्दै यसरी अस्थिरता सिर्जना गर्नुभन्दा सबै मिलेर सरकार सञ्चालन गर्नु राम्रो हुने टिप्पणी गरे। उनले सरकार सञ्चालनको अधिकार पहिलो र दोस्रो दल भएको र आफूहरुको रुचि नभएको पनि बताए। तर तत्कालीन समयमा सरकार गठनका लागि राप्रपाको आवश्यकता देखिएकाले आफूहरु सरकारमा सहभागी भएको उनले बताए।
विष्टले प्रदेश सरकारहरु परिर्वतन भइरहँदा काम नहुने भन्दै स्थायी सरकार बनाउन दलहरुले ध्यान दिनुपर्ने बताए। उनले राप्रपा अहिले पनि मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको पक्षमा रहेको पनि उनले बताए। उनले प्रदेशमा गठन भएको सरकार ढालेर नयाँ बनाउनुको कुनै औचित्य नभएको भन्दै पक्षमै मतदान गर्ने बताए।
कोशी प्रदेशमा ४/४६ मत देखिएको छ। सरकार गठनका लागि ४७ मत आवश्यक हुनेमा एक मतको कमी सरकारलाई देखिएको छ। माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।