काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको उल्लेख गरे। उनले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा भएको बताए। सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको उनको भनाइ छ।
अध्यक्ष ओलीले कथित विद्यार्थीले आफ्नो तिरको होइन कुट्न पाउनुपर्छ भन्ने संस्कृतिको विकास गर्न सरकार उद्धत भएको बताए। उनले भने, ‘आजकाल गुरु कुट्ने संस्कृति छ। बडा दुखद् कुरा हो यो। हाम्रो देश जस्तो एउटा सभ्यताको जग, सभ्यता सुरु गर्ने देश, सभ्यताको दियो बाल्ने देश, यस्तो देश गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ। टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ। त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ। प्रोफेसर कुट्न किन विद्यार्थीले नपाउने, मजाले पाउँछ भनेर कुट्छ, गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।