काठमाडौं- सत्ता संकटमा रहेका मुख्यमन्त्री हिक्मत कार्कीलाई कुनै पनि हालतमा मत नदिने अडान कांग्रेसले लिएको छ। एमालेका कार्कीले बिहीबार विश्वासको मत लिँदैछन्।
कोशी प्रदेशको समीकरण जटिल रहेकोले संसद् विघटन भई मध्यावधिमा जाने सम्भावना रहे पनि कांग्रसले त्यसलाई फेस गर्ने तर मत नदिने अडान लिएको छ।
बिहीबार प्रदेश सभा सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता उद्धव थापाले उक्त अडान लिएका हुन्।
‘बरु प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला। मध्यावधिमा जानु ठूलो कुरा भएन तर मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं। त्यसका लागि ४ दलबीच एक भएर अघि बढ्ने सहमति भएको छ। सहमति अक्षरसः पालना हुन्छ,’ माओवादी, एकीकृत समाजवादी र जसपाबीच भएको समझदारीको कुरा गर्दै थापाले भने, ‘त्यसमा कुनै शंका गर्नुपर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।