• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सन्दर्भ धान दिवस

‘जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

डा रामवरण यादव शुक्रबार, असार १५, २०८०  १६:२८
1140x725

द मिलिनियम डिक्लेरेसन सन् २००० र २००१ मा एफएओ को ३१औं  धानको अन्तर्राष्ट्रिय अनुमोदन वर्ष (वर्ल्ड कन्फेरेन्सबाट इन्टरन्यास्नल इयर अफ राइस एण्डोर्सड) भयो।

धानको खाद्य सुरक्षा र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान भएकोले नेपाल सरकारले पनि सन् २००४ जुन २९ (असार १५ गते) लाई राष्ट्रिय धान दिवसको रुप मा मनाउने निर्णय गर्‍यो। नेपालमा असार १५ गतेलाई पूर्वकालदेखि नै दही-चिउरा खाएर धान दिवस मनाउने चलन रहेको छ। भनिन्छ- मानो रोपौं मुरी फलाऔं।

राष्ट्रिय धान दिवसको उद्देश्य 
- नेपालमा असार १५ गतेदेखि धान रोप्न सुरु गरिने भएको हुँदा यो दिनलाई राष्ट्रिय धान दिवसको रुप मनाउने
- दीर्घकालीन उत्पादन वृद्धि गर्ने 
- खाद्य सुरक्षा र वातावरण संरक्षण गर्ने 
- धानमा आत्मनिर्भर भई गरिबी निवारण गर्ने। 

धान दिवसलाई एउटा महत्वपूर्ण सांस्कृतिक र विश्वव्यापी एकताको प्रतीक (स्याम्बोलिक अफ कल्चरल एण्ड ग्लोबल युनिटी) को रुपमा लिइन्छ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो। धानबाट कुल गार्हस्थ्य (जीडीपी) को ५५ र कृषिको कुल गार्हस्थ्य (एजिडीपी) को १५ प्रतिशत योगदान रहेको छ। नेपालमा लगभग १४.७ लाख हेक्टरमा धान खेती भैरहेको अवस्था छ। जसबाट करिब ५६.१ लाख मेट्रिक टन धान उत्पादन हुन्छ र हालको उत्पादकत्व ३.८ मेट्रिक टन प्रति हेक्टर रहेको छ।

नेपालमा कुल धान खेतीयोग्य जग्गाको ३० प्रतिशतमा वर्षभरि सिंचाई गर्न सकिन्छ। कुल धान खेतीयोग्य जग्गा को ३० प्रतिशत खडेरीयुक्त र १५ प्रतिशत बढी पानी हुने जग्गा रहेको छ। जसबाट पनि उत्पादनमा क्षति हुने सम्भावना छ।

हालको उत्पादनले नेपाललाई धान पर्याप्त छैन। नेपाललाई लगभग ७२ लाख मेट्रिक टन धान चाहिन्छ। यसमध्ये खाद्यान्नको लागि ६२ लाख मेट्रिक टन, बिउको लागि ६७ हजार मेट्रिक टन र ९ लाख ३३ हजार पशुपंक्षीको दाना र रक्सी बनाउनको लागि धान चाहिन्छ। १५ लाख ९० हजार मेट्रिक टन धान भइरहेको भन्दा अतिरिक्त चाहिन्छ। नेपालको उत्पादनले वर्षभरिलाई चामल नपुग्ने भएको हुँदा वर्षेनी ५० अर्ब बराबरको चामल आयात भइरहेको अवस्था छ।

धान खेतीका चुनौती
- स्थान विशेषका जातहरुको कमी
- अनुसन्धानको उत्पादन, प्राप्य उत्पादन र कृषकको उत्पादनको फरक
- घट्दो क्रममा खेतीयोग्य जग्गा 
- अनुसन्धानमा र विकासमा लगानीको कमीका साथै कम प्राथमिकता
- मौसम परिवर्तन 
- उपभोक्ताको व्यवहारमा परिवर्तन (मसिनो चामलको माग)
- समयमा मलखाद, उन्नत बिउ र विषादीहरुको कमी र उपलब्धता 
- धान खेती गर्दा यान्त्रीकरण प्रयोगको कमी।

Ncell 2
Ncell 2
nimb
nimb

नार्क अन्तर्गत राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले विभिन्न संघ संस्थाको सहयोगमा हालसम्म ९७ वटा धानका जात सिफारिस गरेको छ। जसमध्ये बासनादार, मसिनो, बढी चिसो, पानी र सुख्खा सहन सक्ने (क्लाइमेट रेजिलेन्ट)  जातहरु, २ वटा हाइब्रिड धानका जात, १ वटा बढी पोशाकयुक्त धानको जातको साथै २ वटा सुख्खा छरुवा प्रविधिको लागि पनि धानका जातहरु सिफारिस गरेको छ।

राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथले इरिको सहयोगमा जिनेन्रिच र लो ग्लाइक्मिक्इन्डेक्स भएका जातहरुमा काम भइरहेको छ र यी जातहरु जिन-नश्लको कमी भएका महिलाहरुको स्वास्थ्यको लागि र लो ग्लाइक्मिक्इन्डेक्स भएका जातहरु मधुमेहका रोगीहरुको लागि उपयोगी छन् र यी जातहरु सिफारिसका क्रममा छन्।

जुम्लामा भएको जुम्लीमार्सी धानको जातको मरुवा रोग अवरोधक जिनलाई जुम्लीमार्सी धानको जातमा हालेर नयाँ जुम्लीमार्सी मरुवा अवरोधी जात विकास गरिएको छ। र, यो छिट्टै जात सिफारिसमा जाने प्रक्रियामा छ।

साथै, २५०० रैथाने धानका जातहरु नार्कको जिन बैंकमा संरक्षण गरी राखिएको छ र २५०० रैथानेमध्ये ५० वटा बासनादार र ११५ वटा मसिनो र मोटो गरी देशका विभिन्न ठाउँमा खेती गरिराखेको अवस्था छ। धानको खेती गर्दा लाग्ने खर्च सम्बन्धी नार्कले स्रोत संरक्षण प्रविधि, उन्नत बिउ, मलखाद व्यवस्थापन, सिंचाई, झारपात नियन्त्रण, एकीकृत रोग किरा व्यवस्थापन प्रविधि, धान खेतीमा यन्त्रीकरण प्रविधि, धानको मूल्य शृंखला र स्रोत बीउ उत्पादन र वितरणका कामहरु भइरहेका छन्।

यस बाहेक हाल राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथले विभिन्न बिउ उत्पादनमा संलग्न बिउ उत्पादन कम्पनी, कृषक समूह सहकारी र सरकारी निकायका फार्म, केन्द्रहरुमा हाइब्रिड धानका जातहरुको बिउ उत्पादनका काम गरिरहेको छ।

धानमा आत्मनिर्भर हुने उपाय
- नेपाल धानमा आत्मनिर्भर हुनका लागि चैते धान खेतीलाई महत्व दिनुपर्छ र भइरहेको १ लाख २० हजार हेक्टरको चैते धान खेतीलाई २ लाख ५० हजार देखि ३ लाख हेक्टर पुर्‍याउनुपर्ने हुन्छ। साथै यस लक्ष्य राखेको जग्गामा लगभग ३० प्रतिशत हाइब्रिड धानका जातहरु र बाँकीमा इनब्रेड उन्नत जातहरुलाई प्रयोग गरियो भने हाल अपुग १५ लाख ९० हजार मेट्रिक टन धान उत्पादन गर्न सकिन्छ।

- नेपालमा अहिले पनि गाउँहरुमा धान प्राय: मिलले कुट्ने गरिन्छ। जसबाट पोस्ट हर्वेस्ट क्षति १० देखि १२ प्रतिशत भइरहेको अवस्था छ। यसर्थ यदि धान कुट्दा हलरको सट्टा शेलर मिलको प्रयोग गरियो भने करिब १० देखि १२ प्रतिशतसम्म चामल बढी पर्ने बनाउन सकिन्छ र यही उत्पादनमा मिलको प्रयोगले मात्रै १० देखि १२ प्रतिशत उत्पादनमा वृद्धि गर्न सकिन्छ।

- कुल धान खेतमा ६० प्रतिशत उन्नत जातहरु, ३० प्रतिशत हाइब्रिड जातहरु र १० प्रतिशत स्थानीय (बासनादार र जलवायु सुहाउँदो) को प्रयोग गर्न जरुरी छ।

- जलवायु अनुकुल धानको सिफारिस भएका जातहरु र प्रविधिको प्रयोगको व्यापकता हुनुपर्ने।

- १० वर्षसम्म अनुसन्धान र विकासमा समर्पित कार्यक्रमहरु लगानी र सरकारको तर्फबाट लगानीको सुनिश्चितता हुन जरुरी छ। 

- जैविक र हरियो मलको प्रयोगलाई प्रथमिकतामा राख्नुपर्ने।

- धान खेतीमा लागत घटाउन यान्त्रीकरणको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने। 

- भिजाउने र सुकाउने वैकल्पिक प्रणाली सिंचाईको प्रयोगलाई प्रथमिकता दिनुपर्ने र यसबाट ३० प्रतिशत सिंचाईमा बचत गर्न सकिन्छ।  किनभने १ केजी धान उत्पादन गर्नको लागि २५०० लिटर पानी चाहिन्छ। 

- बेस्ट मेनेजमेन्ट प्राक्टिस प्रयोगको व्यापकता हुनुपर्ने।

- हाइब्रिड धानका जातका बीउ उत्पादनमा जोड दिनुपर्ने।

(डा यादव राष्ट्रिय धान अनुसन्धान कार्यक्रम, हारदीनाथ, धनुषाका संयोजक हुन्।)

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्