काठमाडौं- पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले गरेका ७७ कामको सूची सार्वजनिक भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सार्वजनिक सूचीमा विभिन्न मन्त्रालय मातहत भएका तथा विभिन्न शीर्षकमा भएका कामहरु उल्लेख छन्।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको दाबी गरिएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याइएको भनिएको छ।
'मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गरिएको। यस सम्बन्धमा जाँचबुझ आयोग गठन गरी हालसम्म दर्ता भएका २३ हजार १ सय १८ उजुरीउपर कारबाही भइरहेको', सरकारको भनाइ छ।
भारत भ्रमणका क्रममा द्विपक्षीय हित¸ नेपाल-भारत सम्बन्धका राजनीतिक, आर्थिक, व्यापारिक, सांस्कृतिक लगायतका विविध पक्षहरूमा छलफल भई विभिन्न ७ वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको तथा ५ वटा विभिन्नि परियोजनाको उद्घाटन र शिलान्यास भएको विषयलाई पनि प्रगति विवरणमा उल्लेख गरिएको छ।
यस्तो छ सरकारको प्रगति विवरणको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।