काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विपक्षी दलहरूलाई पत्र काट्दै विश्वासको मत दिन आग्रह गरेका छन्।
कार्कीको सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि उनी आज (बिहीबार) संसद्मा विश्वासको मत लिँदैछन्। पत्रमा प्रदेशको स्थायित्वका लागि आफू छलफल गर्न तयार भएकोले अहिले विश्वासको मत दिन आग्रह गरेका हुन्।
‘प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरु पुरा गर्नका निम्ति पटकपटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने तथ्यलाई समेत मध्यनजर गर्दै यहाँले आफ्नो दलको तर्फबाट मलाई विश्वासको मत दिनुहुन्छ भन्ने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु,’ पत्रमा थप लेखेका छन्, ‘पाँच वर्षसम्म सरकार संचालन कसरी र कुन विधिबाट गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेको व्यहोरासमेत अनुरोध गर्दछु।’
यसअघि उनी माओवादी सहित जसपा, राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए। माओविदीसँगै जसपाले समर्थन फिर्ता लिएपछि उनी स्पष्ट अल्पमतमा परेका छन्। तर पनि उनले आफूलाई संसद्मा परीक्षण गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।