काठमाडौं– उपचारका क्रममा अस्पताल रहेका राष्ट्रपति रामचन्द्र पौडेल निवास फर्किएका छन्। उनी बुधबार निवास फर्किएका हुन्।
गत असार २ गते राष्ट्रपति पौडेल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेल उपचार गराएर निवास फर्किएको जानकारी दिएकी छिन्।
भट्टराईका अनुसार अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ। असार ५ गते राष्ट्रपति पौडेलको छातीमा पेसमेकर राखिएको थियो। छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको हो।
पौडेलको मुटुको धड्कन अस्थिर भएपछि उनी अस्पताल भर्ना भएका थिए। पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।