काठमाडौं- नेकपा एमालेले बजेट पारित गर्न मत विभाजन माग गरेको छ।
बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुखले ध्वनी मतका आधारमा बजेट पारित भएको घोषणा गरेपछि एमालेले मत विभाजन माग गरेको हो।
प्रतिनिधि सभा नियमवालीको नियम २९ मा सभामुखको घोषणाप्रति कम्तीमा २८ जना सदस्यले आ-आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले मत विभाजन गरी मत संकलन गर्ने व्यवस्था गरिएको छ।
सभामुखले नियम २९ को खण्ड ख अनसार नामावलीमा दस्तखतसहितको मत विभाजनद्वारा मत संकलन गरिने जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।