काठमाडौं– चर्चित अभिनेता गोविन्दा संघर्षका दिनमा एक स्टुडियोबाट अर्को स्टुडियोमा घुम्थे। राति थकित भएर घर फर्कन्थे। धेरै मिहिनेत गरे पनि गोविन्दाले काम पाएनन्, उनको प्रतिभालाई कसैले ध्यान दिएनन्।
यही संघर्षको बीचमा एउटा रमाइलो घटना घट्यो, त्यो जमानाका उदीयमान संगीतकार आनन्द–मिलिन्द एकदिन गोविन्दाको काकाको घर पुगे। उनको गोविन्दाका काकासँग चिनजान थियो। घरमा पार्टी चलिरहँदा गोविन्दा अर्को कोठामा सुतिरहेका थिए।
रातको दुई बजे, गोविन्दाका काकाले अचानक आनन्द मिलिन्दलाई भने– मेरो भतिजा फिल्ममा अभिनेता बन्न चाहन्छन्। उनी उत्कृष्ट नृत्य गर्छन्।
उनले गोविन्दाका काकालाई भतिजामा हिम्मत भए तत्काल अडिसन दिन भने।
राति दुई बजे गोविन्दालाई उठाएर नाच्न भनियो। गोविन्दाको जोश थियो। उनी तुरुन्तै उठे र नाच्न थाले। आनन्द मिलिन्द छक्क परे।
आनन्द मिलिन्दको मूल्याङ्कन सही साबित भयो। भारतीय फिल्म उद्योगमा गोविन्दाको पहिचान अद्भूत नर्तकका रूपमा स्थापित भएको थियो। गोविन्दा र आनन्द मिलिन्दले सँगै हिरो नम्बर १, कुली नम्बर १ जस्ता फिल्महरूमा उत्कृष्ट अभिनय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।