• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुदूरपश्चिम प्रदेश सरकारको बजेट: सत्तारुढ दलभित्रै असन्तुष्टि हुँदा अघि बढ्न सकेन छलफल

64x64
शेरबहादुर ऐर बुधबार, असार १३, २०८०  ०९:१९
1140x725
प्रदेश सभामा बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक मामिलामन्त्री नरेश शाही

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिवेशनको १४औं बैठकमा प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भयो। बजेट प्रस्तुत भएको २ हप्ता बित्न लाग्दा पनि छलफल भने अघि बढ्न सकेको छैन।

बजेटमाथि सत्तारुढ दलभित्रै असन्तुष्टि बढेपछि प्रदेश सभामा बजेटमाथिको छलफल अघि बढ्न नसकेको हो। सरकारले असार १ गते चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार तथा पुँजिगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार गरी २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थियो।

विशेषतः बजेटभन्दा पनि सत्तारुढ दलका प्रदेश सभा सदस्यहरुमा सरकारले ल्याइएको विकास कार्यक्रम (रातो किताब)प्रति व्यापक असन्तुष्टि बढेको हो। रातो किताबमा सत्तारुढ दलका प्रदेश सभा सदस्यहरुलाई सहमतिमा ल्याउन सरकारले नसक्दा सभामुख भीमबहादुर भण्डारीले बजेटमाथिको छलफल अघि बढाउन मिति निर्धारण गर्न सकेका छैनन्।

सभामा असार १ गते आर्थिक मामिलामन्त्री नरेश शाहीले विनियोजन तथा अर्थसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभामा ‘टेबुल’ गरेपछि सभामुख भण्डारीले ‘अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको’ घोषणा गरेका थिए।

सभामुख भण्डारी भन्छन्, ‘अलि समय लाग्छ होला। ठ्याक्कै अहिले त भन्न सक्ने अवस्था छैन। अब सरकार तयारी गर्दै होला। बजेटप्रति सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुमा व्यापक असन्तुष्टि देखिएको छ। सत्तारुढ प्रदेश सभा सदस्यहरुसँग सत्तारुढ संसदीय दलका नेताहरु बसेर छलफल गराएर सहमतिमा ल्याउनुपर्छ। नत्र केन्द्रकै जस्तो सत्तारुढ दलका माननीयले बढी विरोध गर्ने अवस्था सिर्जना हुँदैछ।’

उनले सरकारले सांसदहरुसँग छलफल गरेर टुङ्गो लागेपछि छलफल सुरु हुन सक्ने बताए।  ‘सहमति र असहमतिभन्दा पनि सत्तारुढ दलहरुका माननीयहरु एकरुपतामा जाँदा सहज हुन्छ। सहमति भएन भनेर छलफल रोक्ने कुरा हुँदैन। छलफल अघि बढ्छ’, उनले भने।

बजेटप्रति सत्तारुढ दलको मात्र नभइ प्रतिपक्षी दलहरुको पनि व्यापक असन्तुष्टि रहेको छ। नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले बजेट जनताको जनचाहना र नीति तथा कार्यक्रम विपरीत आएको बताए। उनले भने, ‘केही निश्चित नेताहरुको भागबण्डा र मिलोमतो तथा सेटिङमा बजेट आएको छ। बजेटका सिद्धान्त र प्राथमिकताभन्दा बाहिर गएर यो बजेट आएको छ।’ उनले स्थानीय तहबाट आएका योजनालाई बजेटमा सरकारले प्राथमिकता दिनुपर्ने बताए।

‘रणनीतिक महत्त्वका योजनालाई प्राथमिकता दिनुभन्दा २ लाख, ४ लाख, ५ लाखका योजना बजेटले समेट्यो। केही सीमित नेताका क्षेत्र बाजुरा, कैलाली निर्वाचन क्षेत्र केन्द्रित बजेट परेको देखिन्छ,’ उनले भने, ‘यसले प्रदेशको प्राथमिकतामा ध्यान दिएको देखिएन। अर्को भौगोलिक क्षेत्रका रुपमा पनि बजेट वितरण भएको छैन। हाम्रो पार्टीको बैठक र दलको बैठकमा विरोध गरेका छौं। सदन चल्यो भन्यो त्यहाँ पनि विरोध गर्ने छौं।’

nimb
nimb
Ncell 2
Ncell 2

उनले सरकारको अकर्मण्यताका कारण बजेटमाथिको छलफल अघि बढ्न नसकेको बताए। उनले भने, ‘सदनलाई बिजनेस दिने भनेको सरकारले हो। अहिलेसम्म सदन सञ्चालनबारे सरकार गम्भीर हुन सकेको छैन।’

बजेटमाथिको छलफल छोट्टिने सम्भावना
बजेट प्रस्तुत भएको केही दिनमै रातो किताब पनि प्रदेश सभा सदस्यहरुको हातमा पुगेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको यो सातौं बजेट हो।

अल्पकालीन बजेट आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६, आर्थिक वर्ष ०७६/७७, आर्थिक वर्ष २०७७/७८, आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को बजेट प्रथम प्रदेश सरकारले सभामा पेस गरेको थियो।

दोस्रो कार्यकालको प्रथम बजेटमै व्यापक विरोध हुँदा छलफल नै नभइ हतारमा पारित हुने सम्भावना बढेको छ। प्रथम प्रदेश सरकारले ल्याएको बजेट पनि हतारमै पारित गर्नुपर्ने अवस्था थियो।

उसो त यो सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि हतारमै सभाबाट पारित गरिएको थियो। सरकारले समयमै बजेट ल्याउने तर, सभामा प्रक्रिया नै नपुर्‍याइ पारित गर्नुपर्ने विगतको अभ्यासलाई यो सरकारले निरन्तरता दिन खोजेको देखिन्छ।

बजेट माथिको छलफलमा सुरुमा प्रदेश सभा सदस्यहरुले दफावार छलफल गर्ने, अनि मुख्यमन्त्रीले सभामा उठेका सवालमा जवाफ दिने, विषयगत मन्त्रालयका मन्त्रीहरुले आफनो मन्त्रालयगत कार्यक्रम पेस गर्ने, मुख्यमन्त्रीसँग प्रदेश सभा सदस्यहरुको सवाल जवाफ हुनुपर्ने थियो, तर यो अभ्यासको अहिलेसम्म सभामा सुरुवात हुन सकेको छैन।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’ बबरमहलमा ग्यास लिन पुगेका मधुसुधन अधिकारीले आफू करिब ४५ मिनेटदेखि लाइनमा बसेको बताए । उनले यसअघि टेकु र साल्ट ट्रेडिङलगायतका स्थानमा... शनिबार, साउन ३०, २०८३
न्यायाधीश र संवैधानिक पदाधिकारीको नयाँ तलबमान सार्वजनिक नयाँ तलबमानअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य र... शुक्रबार, साउन २९, २०८३
सुनको मूल्य आज पनि घट्यो सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्