• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
सुदूरपश्चिम प्रदेश सरकारको बजेट: सत्तारुढ दलभित्रै असन्तुष्टि हुँदा अघि बढ्न सकेन छलफल
64x64
शेरबहादुर ऐर बुधबार, असार १३, २०८०  ०९:१९
1140x725
प्रदेश सभामा बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक मामिलामन्त्री नरेश शाही

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिवेशनको १४औं बैठकमा प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भयो। बजेट प्रस्तुत भएको २ हप्ता बित्न लाग्दा पनि छलफल भने अघि बढ्न सकेको छैन।

बजेटमाथि सत्तारुढ दलभित्रै असन्तुष्टि बढेपछि प्रदेश सभामा बजेटमाथिको छलफल अघि बढ्न नसकेको हो। सरकारले असार १ गते चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार तथा पुँजिगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार गरी २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थियो।

विशेषतः बजेटभन्दा पनि सत्तारुढ दलका प्रदेश सभा सदस्यहरुमा सरकारले ल्याइएको विकास कार्यक्रम (रातो किताब)प्रति व्यापक असन्तुष्टि बढेको हो। रातो किताबमा सत्तारुढ दलका प्रदेश सभा सदस्यहरुलाई सहमतिमा ल्याउन सरकारले नसक्दा सभामुख भीमबहादुर भण्डारीले बजेटमाथिको छलफल अघि बढाउन मिति निर्धारण गर्न सकेका छैनन्।

सभामा असार १ गते आर्थिक मामिलामन्त्री नरेश शाहीले विनियोजन तथा अर्थसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभामा ‘टेबुल’ गरेपछि सभामुख भण्डारीले ‘अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको’ घोषणा गरेका थिए।

सभामुख भण्डारी भन्छन्, ‘अलि समय लाग्छ होला। ठ्याक्कै अहिले त भन्न सक्ने अवस्था छैन। अब सरकार तयारी गर्दै होला। बजेटप्रति सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुमा व्यापक असन्तुष्टि देखिएको छ। सत्तारुढ प्रदेश सभा सदस्यहरुसँग सत्तारुढ संसदीय दलका नेताहरु बसेर छलफल गराएर सहमतिमा ल्याउनुपर्छ। नत्र केन्द्रकै जस्तो सत्तारुढ दलका माननीयले बढी विरोध गर्ने अवस्था सिर्जना हुँदैछ।’

उनले सरकारले सांसदहरुसँग छलफल गरेर टुङ्गो लागेपछि छलफल सुरु हुन सक्ने बताए।  ‘सहमति र असहमतिभन्दा पनि सत्तारुढ दलहरुका माननीयहरु एकरुपतामा जाँदा सहज हुन्छ। सहमति भएन भनेर छलफल रोक्ने कुरा हुँदैन। छलफल अघि बढ्छ’, उनले भने।

बजेटप्रति सत्तारुढ दलको मात्र नभइ प्रतिपक्षी दलहरुको पनि व्यापक असन्तुष्टि रहेको छ। नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले बजेट जनताको जनचाहना र नीति तथा कार्यक्रम विपरीत आएको बताए। उनले भने, ‘केही निश्चित नेताहरुको भागबण्डा र मिलोमतो तथा सेटिङमा बजेट आएको छ। बजेटका सिद्धान्त र प्राथमिकताभन्दा बाहिर गएर यो बजेट आएको छ।’ उनले स्थानीय तहबाट आएका योजनालाई बजेटमा सरकारले प्राथमिकता दिनुपर्ने बताए।

‘रणनीतिक महत्त्वका योजनालाई प्राथमिकता दिनुभन्दा २ लाख, ४ लाख, ५ लाखका योजना बजेटले समेट्यो। केही सीमित नेताका क्षेत्र बाजुरा, कैलाली निर्वाचन क्षेत्र केन्द्रित बजेट परेको देखिन्छ,’ उनले भने, ‘यसले प्रदेशको प्राथमिकतामा ध्यान दिएको देखिएन। अर्को भौगोलिक क्षेत्रका रुपमा पनि बजेट वितरण भएको छैन। हाम्रो पार्टीको बैठक र दलको बैठकमा विरोध गरेका छौं। सदन चल्यो भन्यो त्यहाँ पनि विरोध गर्ने छौं।’

Ncell 2
Ncell 2

उनले सरकारको अकर्मण्यताका कारण बजेटमाथिको छलफल अघि बढ्न नसकेको बताए। उनले भने, ‘सदनलाई बिजनेस दिने भनेको सरकारले हो। अहिलेसम्म सदन सञ्चालनबारे सरकार गम्भीर हुन सकेको छैन।’

बजेटमाथिको छलफल छोट्टिने सम्भावना
बजेट प्रस्तुत भएको केही दिनमै रातो किताब पनि प्रदेश सभा सदस्यहरुको हातमा पुगेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको यो सातौं बजेट हो।

अल्पकालीन बजेट आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६, आर्थिक वर्ष ०७६/७७, आर्थिक वर्ष २०७७/७८, आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को बजेट प्रथम प्रदेश सरकारले सभामा पेस गरेको थियो।

दोस्रो कार्यकालको प्रथम बजेटमै व्यापक विरोध हुँदा छलफल नै नभइ हतारमा पारित हुने सम्भावना बढेको छ। प्रथम प्रदेश सरकारले ल्याएको बजेट पनि हतारमै पारित गर्नुपर्ने अवस्था थियो।

उसो त यो सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि हतारमै सभाबाट पारित गरिएको थियो। सरकारले समयमै बजेट ल्याउने तर, सभामा प्रक्रिया नै नपुर्‍याइ पारित गर्नुपर्ने विगतको अभ्यासलाई यो सरकारले निरन्तरता दिन खोजेको देखिन्छ।

बजेट माथिको छलफलमा सुरुमा प्रदेश सभा सदस्यहरुले दफावार छलफल गर्ने, अनि मुख्यमन्त्रीले सभामा उठेका सवालमा जवाफ दिने, विषयगत मन्त्रालयका मन्त्रीहरुले आफनो मन्त्रालयगत कार्यक्रम पेस गर्ने, मुख्यमन्त्रीसँग प्रदेश सभा सदस्यहरुको सवाल जवाफ हुनुपर्ने थियो, तर यो अभ्यासको अहिलेसम्म सभामा सुरुवात हुन सकेको छैन।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
नेताको घरमा पैसा भेटिएको विषय जोड्दै अर्थ मन्त्रालयले सम्झायो नगद कारोबारको कानुनी व्यवस्था सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको भन्दै विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भएकोले... आइतबार, असोज १२, २०८२
आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट मात्र डिजिटल स्वीकृति प्रणाली लागू भएपछि कागजी काममा लाग्ने समय घट्ने र दक्षता बढ्ने विश्वास लिइएको छ। शुक्रबार, असोज १०, २०८२
सरकारी ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४.९२ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्