• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सत्ता गठबन्धनमा तरंग ल्याउने शरणार्थी प्रकरणको दोस्रो अनुसन्धान

64x64
नारायण अधिकारी सोमबार, असार ११, २०८०  १७:०५
1140x725

काठमाडौं- ‘एमालेले चाहेको अवस्थामा एक हप्ताभित्र सरकार ढालिदिन सक्छ’, नेकपा एमालेका सचेतक महेश बर्तौलाले असार ६ गते संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो सरकारको आयु प्रत्येक एक दिनका लागि मात्रै हो।’

बर्तौलाले सार्वजनिक रुपमा सरकार ढाल्नेबारे अभिव्यक्ति दिएपछि सुरु भएको सत्ता समीकरण फेरबदलको चर्चा अहिलेसम्म निरन्तर छ। सत्तामा रहेकै दलका प्रमुख व्यक्तिहरुबाटसमेत सत्ता फेरबदल हुन लागेका विषयहरु सार्वजनिक हुन थालेका छन्।

बर्तौलाको अभिव्यक्तिको दुई दिनपछि असार ८ गते एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त प्रचण्डपछिको प्रधानमन्त्रीको नामै लिए। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन्। कस्तो बिडम्वना होला, कस्तो चरित्र? कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्।’

असार ९ गते कांग्रेस महामन्त्री गगन थापा पनि यही सूचीमा थपिए। असार ९ गते नेपाली कांग्रेस काठमाडौंमा-४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले भनेका थिए, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ। गठबन्धन बन्ने भत्किने भइरहन्छ।’

नेताहरुका यी र यस्ता अभिव्यक्तिले शान्त तलाउमा ढुंगा हानिएपछि आउने तरंगजस्तै सत्ता समीकरण तरंगित छ। परिणामतः प्रधानमन्त्री पुष्पकमल दाहालसमेतले यो विषयमा प्रष्टीकरण दिनुपरेको छ। सोमबार धादिङ पुगेका उनले भनेका छन्, ‘अहिले कताकता यो सरकारको आयु कति? भन्ने पनि मिडियामा हुने नहुने तपाईंहरुले हेर्नुभएको होला। सुन्नुभएको होला। मैले प्रधानमन्त्रीको हैसियतमा र मेरो लगातार गठबन्धनसँग भएका बैठकहरु, र प्रतिपक्षीसँग पनि भएका बैठकहरुका आधारमा म के भन्न सक्छु भने, पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन। हेर्नुहोला।’

एकाएक सत्ता समीकरण नै फेरबदलको जरो कहाँबाट पलायो? जबकि, सत्ता गठबन्धनभित्र सरकार नै फेरबदल गर्नुपर्ने गरी उत्पन्न हुनसक्ने असन्तुष्टि सार्वजनिक भने भएको छैन।

बजेटबाहेक अन्य विषयमा असन्तुष्टि नदेखिएको अवस्थामा सत्ता समीकरण नै फेरबदलको कुरा आउनुलाई भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका प्रहरी अधिकारीले भने शरणार्थी प्रकरणसँगै जोडेर विश्लेषण गरेका छन्। ‘शरणार्थी प्रकरणको बाँकी अनुसन्धानको रिफ्लेक्टर सत्ता गठबन्धनमा देखिन सक्छ’, एक सुरक्षा अधिकारीको विश्लेषण छ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाइसकेको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढिसकेको बताए। ‘केही पात्रहरुलाई अभियोजनको प्रक्रियामा अघि बढाइएको छ। पुर्पक्षमा थुनामा छन्। फेरि अनुसन्धानको प्रक्रिया अघि बढिरहेको छ। तथ्य र प्रमाणको आधारमा थप कामकारबाही अघि बढ्ने प्रष्ट छ।’

Ncell 2
Ncell 2
nimb
nimb

गृहमन्त्री श्रेष्ठको उक्त भनाइले पनि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको कारबाही यतिमै सिमित नहुने संकेत गर्छ। यसअघि पनि पटक–पटक दबाब र प्रभावमा नपरी दोषी देखिए जो कोहीलाई पनि नछाड्ने गृहमन्त्री श्रेष्ठले बताउने गरेका थिए। श्रेष्ठको यो भनाइ परिणाममा पनि देखियो। बहालवाला सांसददेखि, पूर्वगृहमन्त्री, सचिवलगायत हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेर अहिले पुर्पक्षमा कारागारमा छन्।

अहिले फेरि दोस्रो चरणको अनुसन्धान गर्ने प्रतिबद्धता गृहमन्त्री श्रेष्ठले गरेका छन्। ‘गृहमन्त्रीको अभिव्यक्ति र दोस्रो चरणको अनुसन्धानको सुरुवातसँगै सत्ता समीकरण नै फेरबदलका कुरा आउनुलाई हामीले कुन अर्थमा बुझ्ने?’, ती अधिकारीले नेपाल लाइभसँग भने।

‘दोस्रो चरणको अनुसन्धान सुरु गर्दा सत्ता समीकरण नै फेरबदल हुने अवस्था किन हुन्छ?’, उनको विश्लेषण सुनेपछिको प्रतिप्रश्न थियो।

‘मेरो मुखबाटै तपाईं किन बोल्न लगाउनुहुन्छ। बाहिर आएका नाम र उनीहरुको निकटता कुन पार्टीसँग छ, सुन्नुभएकै छ। उनीहरुको संलग्नता छ/छैन आफ्नो ठाउँमा होला। पछि निर्दोष पनि हुनुहोला’, उनको जवाफ थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म नेपाली कांग्रेसका र एमालेका नेताहरुको संलग्नता देखिएको छ भने सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका नेताहरु संलग्नता खुलेको छैन। बाँकी अनुसन्धान गर्नुपर्नेहरुको सूचीमा रहेका व्यक्तिहरु पनि कांग्रेस र एमाले निकटकै रहेका छन्।

अभियुक्तहरुले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा पूर्व गृहसचिव प्रेमकुमार राईको पनि नाम लिएका थिए।

प्रेम राईको गाडीकै डिक्कीमा रकम राखिदिएको अभियुक्तहरुको बयान थियो। त्यसैगरी बादलकी पत्नी नैनकलालेसमेत घरमै रकम बुझेको भन्दै अभियुक्तहरुले प्रहरीसमक्ष बयान दिएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व प्रदेश सांसदसमेत रहेका एमालेकै नेता डा अजयक्रान्ति शाक्य, पूर्वगृहसचिव महेश्वर न्यौपानेको पनि नाम पोलिएको छ। हाल पुर्पक्षमा रहेका पूर्व उपप्रधानमन्त्रीसमेत भइसकेका एमालेका सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझीका सहयोगी लीला जिसी र एमालेकै नेता राजेश्वर स्थापितको नाम अभियुक्तहरुले बयानमा लिएका थिए। अभियुक्तहरुले नाम लिएकाहरुमाथि अब दोस्रो चरणको अनुसन्धान केन्द्रित हुन्छ।

त्यसैगरी हाल कारागारमा रहेका बालकृष्ण खाणकी पत्नी मन्जु खाण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासम्मको नाम बाहिर आएको थियो। आरजुको नाम लिँदै विचौलियाहरुले कुराकानी गरेको अडियोसमेत बाहिर आएको थियो।

दोस्रो चरणको अनुसन्धानको मुख्य केन्द्रमा बेचन झा नाम गरेका व्यक्ति छन्। उनीमार्फत् नेपाली कांग्रेसका उच्च तहका नेताहरुसम्म पुग्नसक्ने आकलन प्रहरीको छ। झाबाट धेरै कुराहरु बाहिर आउनसक्ने भन्दै प्रहरीले झालाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार झामार्फत् थप हाइप्रोफाइल व्यक्तिहरुसम्म पुग्न सकिने केही आधारहरुसमेत भेटिएका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्व गृहसचिवसमेत रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसँग ठगी गिरोहका सदस्यको चिनजान तथा भेट गराउने पात्र नै झा रहेको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ।

प्रहरी स्रोतका अनुसार यो प्रकरणमा नाम जोडिएका उच्च तहका नेता तथा व्यक्तिहरुसँग झाको निकट सम्बन्ध रहेको छ। प्रष्ट ठेगाना नखुलेको बताउँदै उनलाई प्रतिवादी नबनाएको प्रहरीले उनीसँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको पनि आशंका गरेको छ। खासगरी झाको मधेस केन्द्रित दल र नेपाली कांग्रेसका नेताहरुसँग निकट सम्बन्ध रहेको पाइएको छ।

ठेक्का पट्टाहरुमा संलग्न रहेका उनी नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमासमेत जोडिएका खुलेको छ। उनको नाममा चेकसमेत काटिएको विवरण प्रहरीले पत्ता लगाइसकेको छ। उनले २ करोड रुपैयाँभन्दा बढी बुझेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। यो प्रकरणमा जोडिएको खुलेसँगै उनी फरार छन्।

प्रहरीले यदि दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिएमा यी व्यक्तिहरु अनुसन्धानको दायरामा आउनेछन्। अनुसन्धान भएको अवस्थामा कांग्रेस, एमालेलाई थप क्षति हुने भएका उनीहरु सत्ता समीकरण नै परिवर्तन गर्न समेत तयार हुनसक्ने विश्लेषण माओवादी वृत्तमा पनि छ।

यो विश्लेषणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले थप पुष्टि समेत गर्छ। प्रधानमन्त्री प्रचण्डले प्रेस सेन्टरका प्रतिनिधिसँग कुरा गर्दै भनेका छन्, ‘भ्रष्टाचारका विरुद्ध हामीले कडा कदम चाल्दै गएका छौं। तपाईंहरु ढुक्क के हुनुस् भने त्यहाँ कहिँकतै नरम हुने, यताउता गर्नेमा हामी छैनौं। बरु सरकार गए जान्छ भन्नेसम्म सोचिएको छ। किनभने दुई वटा ठूला पार्टीका अलि बढी मुछिएको हुनाले मिलेर केही गर्छन् कि भन्ने चर्चा चल्छ। तर, त्यो विषयमा गलत सम्झौता गर्नुभन्दा सरकार छोड्नु र जनतामा जानु लाभदायक छ।’
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:०५
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्