• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सत्ता गठबन्धनमा तरंग ल्याउने शरणार्थी प्रकरणको दोस्रो अनुसन्धान

64x64
नारायण अधिकारी सोमबार, असार ११, २०८०  १७:०५
1140x725

काठमाडौं- ‘एमालेले चाहेको अवस्थामा एक हप्ताभित्र सरकार ढालिदिन सक्छ’, नेकपा एमालेका सचेतक महेश बर्तौलाले असार ६ गते संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो सरकारको आयु प्रत्येक एक दिनका लागि मात्रै हो।’

बर्तौलाले सार्वजनिक रुपमा सरकार ढाल्नेबारे अभिव्यक्ति दिएपछि सुरु भएको सत्ता समीकरण फेरबदलको चर्चा अहिलेसम्म निरन्तर छ। सत्तामा रहेकै दलका प्रमुख व्यक्तिहरुबाटसमेत सत्ता फेरबदल हुन लागेका विषयहरु सार्वजनिक हुन थालेका छन्।

बर्तौलाको अभिव्यक्तिको दुई दिनपछि असार ८ गते एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त प्रचण्डपछिको प्रधानमन्त्रीको नामै लिए। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन्। कस्तो बिडम्वना होला, कस्तो चरित्र? कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्।’

असार ९ गते कांग्रेस महामन्त्री गगन थापा पनि यही सूचीमा थपिए। असार ९ गते नेपाली कांग्रेस काठमाडौंमा-४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले भनेका थिए, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ। गठबन्धन बन्ने भत्किने भइरहन्छ।’

नेताहरुका यी र यस्ता अभिव्यक्तिले शान्त तलाउमा ढुंगा हानिएपछि आउने तरंगजस्तै सत्ता समीकरण तरंगित छ। परिणामतः प्रधानमन्त्री पुष्पकमल दाहालसमेतले यो विषयमा प्रष्टीकरण दिनुपरेको छ। सोमबार धादिङ पुगेका उनले भनेका छन्, ‘अहिले कताकता यो सरकारको आयु कति? भन्ने पनि मिडियामा हुने नहुने तपाईंहरुले हेर्नुभएको होला। सुन्नुभएको होला। मैले प्रधानमन्त्रीको हैसियतमा र मेरो लगातार गठबन्धनसँग भएका बैठकहरु, र प्रतिपक्षीसँग पनि भएका बैठकहरुका आधारमा म के भन्न सक्छु भने, पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन। हेर्नुहोला।’

एकाएक सत्ता समीकरण नै फेरबदलको जरो कहाँबाट पलायो? जबकि, सत्ता गठबन्धनभित्र सरकार नै फेरबदल गर्नुपर्ने गरी उत्पन्न हुनसक्ने असन्तुष्टि सार्वजनिक भने भएको छैन।

बजेटबाहेक अन्य विषयमा असन्तुष्टि नदेखिएको अवस्थामा सत्ता समीकरण नै फेरबदलको कुरा आउनुलाई भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका प्रहरी अधिकारीले भने शरणार्थी प्रकरणसँगै जोडेर विश्लेषण गरेका छन्। ‘शरणार्थी प्रकरणको बाँकी अनुसन्धानको रिफ्लेक्टर सत्ता गठबन्धनमा देखिन सक्छ’, एक सुरक्षा अधिकारीको विश्लेषण छ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाइसकेको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढिसकेको बताए। ‘केही पात्रहरुलाई अभियोजनको प्रक्रियामा अघि बढाइएको छ। पुर्पक्षमा थुनामा छन्। फेरि अनुसन्धानको प्रक्रिया अघि बढिरहेको छ। तथ्य र प्रमाणको आधारमा थप कामकारबाही अघि बढ्ने प्रष्ट छ।’

Ncell 2
Ncell 2

गृहमन्त्री श्रेष्ठको उक्त भनाइले पनि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको कारबाही यतिमै सिमित नहुने संकेत गर्छ। यसअघि पनि पटक–पटक दबाब र प्रभावमा नपरी दोषी देखिए जो कोहीलाई पनि नछाड्ने गृहमन्त्री श्रेष्ठले बताउने गरेका थिए। श्रेष्ठको यो भनाइ परिणाममा पनि देखियो। बहालवाला सांसददेखि, पूर्वगृहमन्त्री, सचिवलगायत हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेर अहिले पुर्पक्षमा कारागारमा छन्।

अहिले फेरि दोस्रो चरणको अनुसन्धान गर्ने प्रतिबद्धता गृहमन्त्री श्रेष्ठले गरेका छन्। ‘गृहमन्त्रीको अभिव्यक्ति र दोस्रो चरणको अनुसन्धानको सुरुवातसँगै सत्ता समीकरण नै फेरबदलका कुरा आउनुलाई हामीले कुन अर्थमा बुझ्ने?’, ती अधिकारीले नेपाल लाइभसँग भने।

‘दोस्रो चरणको अनुसन्धान सुरु गर्दा सत्ता समीकरण नै फेरबदल हुने अवस्था किन हुन्छ?’, उनको विश्लेषण सुनेपछिको प्रतिप्रश्न थियो।

‘मेरो मुखबाटै तपाईं किन बोल्न लगाउनुहुन्छ। बाहिर आएका नाम र उनीहरुको निकटता कुन पार्टीसँग छ, सुन्नुभएकै छ। उनीहरुको संलग्नता छ/छैन आफ्नो ठाउँमा होला। पछि निर्दोष पनि हुनुहोला’, उनको जवाफ थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म नेपाली कांग्रेसका र एमालेका नेताहरुको संलग्नता देखिएको छ भने सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका नेताहरु संलग्नता खुलेको छैन। बाँकी अनुसन्धान गर्नुपर्नेहरुको सूचीमा रहेका व्यक्तिहरु पनि कांग्रेस र एमाले निकटकै रहेका छन्।

अभियुक्तहरुले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा पूर्व गृहसचिव प्रेमकुमार राईको पनि नाम लिएका थिए।

प्रेम राईको गाडीकै डिक्कीमा रकम राखिदिएको अभियुक्तहरुको बयान थियो। त्यसैगरी बादलकी पत्नी नैनकलालेसमेत घरमै रकम बुझेको भन्दै अभियुक्तहरुले प्रहरीसमक्ष बयान दिएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व प्रदेश सांसदसमेत रहेका एमालेकै नेता डा अजयक्रान्ति शाक्य, पूर्वगृहसचिव महेश्वर न्यौपानेको पनि नाम पोलिएको छ। हाल पुर्पक्षमा रहेका पूर्व उपप्रधानमन्त्रीसमेत भइसकेका एमालेका सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझीका सहयोगी लीला जिसी र एमालेकै नेता राजेश्वर स्थापितको नाम अभियुक्तहरुले बयानमा लिएका थिए। अभियुक्तहरुले नाम लिएकाहरुमाथि अब दोस्रो चरणको अनुसन्धान केन्द्रित हुन्छ।

त्यसैगरी हाल कारागारमा रहेका बालकृष्ण खाणकी पत्नी मन्जु खाण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासम्मको नाम बाहिर आएको थियो। आरजुको नाम लिँदै विचौलियाहरुले कुराकानी गरेको अडियोसमेत बाहिर आएको थियो।

दोस्रो चरणको अनुसन्धानको मुख्य केन्द्रमा बेचन झा नाम गरेका व्यक्ति छन्। उनीमार्फत् नेपाली कांग्रेसका उच्च तहका नेताहरुसम्म पुग्नसक्ने आकलन प्रहरीको छ। झाबाट धेरै कुराहरु बाहिर आउनसक्ने भन्दै प्रहरीले झालाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार झामार्फत् थप हाइप्रोफाइल व्यक्तिहरुसम्म पुग्न सकिने केही आधारहरुसमेत भेटिएका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्व गृहसचिवसमेत रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसँग ठगी गिरोहका सदस्यको चिनजान तथा भेट गराउने पात्र नै झा रहेको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ।

प्रहरी स्रोतका अनुसार यो प्रकरणमा नाम जोडिएका उच्च तहका नेता तथा व्यक्तिहरुसँग झाको निकट सम्बन्ध रहेको छ। प्रष्ट ठेगाना नखुलेको बताउँदै उनलाई प्रतिवादी नबनाएको प्रहरीले उनीसँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको पनि आशंका गरेको छ। खासगरी झाको मधेस केन्द्रित दल र नेपाली कांग्रेसका नेताहरुसँग निकट सम्बन्ध रहेको पाइएको छ।

ठेक्का पट्टाहरुमा संलग्न रहेका उनी नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमासमेत जोडिएका खुलेको छ। उनको नाममा चेकसमेत काटिएको विवरण प्रहरीले पत्ता लगाइसकेको छ। उनले २ करोड रुपैयाँभन्दा बढी बुझेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। यो प्रकरणमा जोडिएको खुलेसँगै उनी फरार छन्।

प्रहरीले यदि दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिएमा यी व्यक्तिहरु अनुसन्धानको दायरामा आउनेछन्। अनुसन्धान भएको अवस्थामा कांग्रेस, एमालेलाई थप क्षति हुने भएका उनीहरु सत्ता समीकरण नै परिवर्तन गर्न समेत तयार हुनसक्ने विश्लेषण माओवादी वृत्तमा पनि छ।

यो विश्लेषणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले थप पुष्टि समेत गर्छ। प्रधानमन्त्री प्रचण्डले प्रेस सेन्टरका प्रतिनिधिसँग कुरा गर्दै भनेका छन्, ‘भ्रष्टाचारका विरुद्ध हामीले कडा कदम चाल्दै गएका छौं। तपाईंहरु ढुक्क के हुनुस् भने त्यहाँ कहिँकतै नरम हुने, यताउता गर्नेमा हामी छैनौं। बरु सरकार गए जान्छ भन्नेसम्म सोचिएको छ। किनभने दुई वटा ठूला पार्टीका अलि बढी मुछिएको हुनाले मिलेर केही गर्छन् कि भन्ने चर्चा चल्छ। तर, त्यो विषयमा गलत सम्झौता गर्नुभन्दा सरकार छोड्नु र जनतामा जानु लाभदायक छ।’
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:०५
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
राष्ट्र बैंकले यो वर्ष तिहारमा सुनको सिक्का वितरण नगर्ने , चाँदी नियमित रुपमा वितरण गरिदै मंगलबार, असोज २८, २०८२
प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट मंगलबार, असोज २८, २०८२
एकैदिन सुनको मूल्य ८ हजार १०० रुपैयाँ बढ्यो मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद मंगलबार, असोज २८, २०८२
मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत माग्ने मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
विपिन जोशीको शव हस्तान्तरण मंगलबार, असोज २८, २०८२
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्