• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महानगरको बजेट : पेय पदार्थ ब्राण्डिङ, बाल अस्पताल सञ्चालनदेखि रोजगार मेलासम्म

64x64
नेपाल लाइभ आइतबार, असार १०, २०८०  १८:३५
1140x725

काठमाडौं– गत बिहीबारदेखि देशभरका स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नगरसभा तथा गाउँसभामा बजेट पेस गर्न सुरु गरेका थिए। आइतबार भने सबै तहले बजेट पेस गरे।

संघीय सरकार र प्रदेश सरकारको बजेटपछि गाउँको सरकारका रुपमा रहेका स्थानीय तहले कस्तो खालको बजेट ल्याउँछन् भन्ने आम चासो थियो। आइतबार बजेट प्रस्तुत गरेका स्थानीय तहहरुले केही रोचक र भिन्न खालका कार्यक्रमका लागि बजेट विनियोजन गरेका छन्।

देशभरका स्थानीय तहमध्ये सबैभन्दा ठूलो आकारको बजेट काठमाडौं महानगरपालिकाले ल्याएको छ। महानगरकी उपप्रमुख सुनिता डंगोलले नगरसभामा प्रस्तुत गरेको बजेट २५ अर्ब ५४ करोड ७८ लाख रहेको छ।

काठमाडौं महानगरपालिकाको यो बजेट करिब करिब एउटा प्रदेश सरकारले ल्याउने बराबर हो। यति ठूलो बजेटमा महानगरले केही नयाँ र महत्त्वपूर्ण कार्यक्रमहरुका लागि बजेट छुट्याएको छ। जसमा पेय पदार्थ ब्राण्डिङ, बाल अस्पताल सञ्चालन र आफ्नै टेलिभिजन स्थापनासम्म रहेका छन्।

काठमाडौं महानगरले आफ्ना नियमित विकासबाहेक यसपल्ट केही नयाँ कार्यक्रम पनि ल्याएको छ। कार्यक्रमहरुमा बालबालिकाका लागि छुट्टै अस्पताल सञ्चालन गर्नेदेखि लिएर पेय (मदिरा)को ब्रान्डिङ गर्नेसम्म समेटिएका छन्। यसैगरी अर्ग्यानिक तरकारी र खाद्यान्नका लागि अन्य पालिकासँग सहकार्य गर्न, पालिकाहरुलाई एम्बुलेन्स सहायता दिने, विषादी परीक्षण गर्ने आदि जस्ता कार्यक्रम पनि महानगरले आफ्नो बजेटमा समेटेको छ।

काठमाडौं महानगरको बजेटमा समेटिएका केही नयाँ कार्यक्रम

- महानगरवासीलाई सहुलियत मुल्यमा औषधी उपलब्ध गराउनका लागि “सुलभ फार्मेशी”को स्वर्णिम योजना कार्यान्वयन गर्न रु. ६ करोड।

- बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी,  सामुदायिक वा निजी अस्पतालसँगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल सञ्चालनमा ल्याउन रु. १० करोड।

nimb
nimb
Ncell 2
Ncell 2

- नेपालका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरि उपलब्ध गराउन रु. ७ करोड।

- स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ।

- महानगरपालिका क्षेत्रमा भित्रने तरकारी एवं फलफूलको विषादी परीक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि रु. १ करोड ५० लाख।

- महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये डिपिआर भएका सडक तथा पेटीहरु मर्मत तथा निर्माण गरी “धुलो रहित काठमाडौं” योजना अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न रु. १ अर्ब।

- महानगर क्षेत्रभित्रका युवा जनशक्तीलाई “श्रम बैंक” स्वर्णिम योजनामा आबद्ध गराई सीप तथा क्षमता विकासमार्फत् रोजगारीको अवसर सिर्जना गर्न रु. १० करोड।

- महानगरवासीहरुको लागि न्याय, कानुन तथा मानवअधिकार क्षेत्रमा परामर्शको लागि स्वर्णिम योजनाका रुपमा “न्याय चौतारी” कार्यक्रम सञ्चालन गर्न रु. १ करोड।

- महानगरवासीलाई अर्ग्यानिक तरकारी, फलफुल तथा माछामासु र अन्य खाद्यवस्तुको सहज उपलब्धताका लागि अन्य स्थानीय तहसँग सम्झौता गरी कृषिउपजको विक्री वितरण तथा भण्डारण गर्ने संस्थागत प्रबन्ध तथा “एग्रोपुलिङ” कार्यक्रमको लागि रु. १ करोड।

-  “साथी महानगर” स्वर्णिम योजनाले महानगरवासीको सुखदुःखमा साथ दिने उद्देश्य लिएको छ । यस कार्यक्रमको लागि रु. २ करोड।

- रोजगारी वृद्धिको लागि वेरोजगार र रोजगारदाता बिच 'जब लिंक एप' प्रयोगमा ल्याउन आवश्यक बजेटको प्रबन्ध।

भरपुर महानगरपालिका: सिक्दै कमाउँदै देखि फ्रि–वाइवार्फसम्म

भरपुर महानगरपालिकाले सिक्दै कमाउँदैदेखि सार्वजनिक स्थानमा फ्रि–वाइफाईसम्मका कार्यक्रमहरु अघि सारेको छ।

पढ्दै कमाउँदै, विद्यार्थीसँग मेयर कार्यक्रमका साथै छोरीसँग मेयर कार्यक्रम समेत राखिएको छ। महानगरपालिकामा स्मार्ट सार्वजनिक सौचाललयहरुको निर्माण, समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन,डिजिटल भरतपुर महानगरपालिका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको  छ।

 त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य पूरा गर्न ३ करोड बजेट विनियोजन गरिएको छ। छोरीसँग मेयर, छोरी बीमा कार्यक्रमलाई निरन्तरता दिइएको छ।

पोखरालाई पर्यटकीय राजधानीसहित रोजगार मेला

यता पर्यटकीय नगरी पोखरा महानगरपालिकाले पोखराको लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुला गर्न पहल गरिने लगायतका विषय समेटेको छ।

पोखरा महानगरपालिकालाई पर्यटकीय राजधानीको रुपमा घोषणाका लागि सरकारसँग अनुरोध गर्ने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ। ४० माईक्रोन भन्दा कम मोटाइका प्लास्टिक झोलाहरूको प्रयोगलाई पूर्ण प्रतिबन्ध गर्ने नेपाल सरकारको नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।

कृषि उपज बजारीकरणको लागि ‘बारी देखि बजारसम्म, उत्पादक देखि उपभोक्तासम्म’ अभियान सञ्चालन गरिने, श्रमिकहरुको सामाजिक सुरक्षाको सुनिश्चितताका लागि श्रमिक परिचय पत्र वितरणको व्यवस्था मिलाइनुका साथै रोजगार मेलाको आयोजना गरि रोजगार बैंकको स्थापना गरिने उल्लेख गरिएको छ।

प्राविधिक शिक्षामार्फत् सिक्दै कमाउँदै कार्यक्रम लागू गरिने भएको छ। पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको नाम संसोधन गरी पोखरा बहुप्राविधिक शिक्षालयमा रुपान्तरण गरिने, आधारभूत तह (कक्षा १ देखि ५ सम्म) मातृभाषामा अध्यापन गराउनका लागि प्रशिक्षक तालिमको व्यवस्था गरी स्थानीय भाषाको प्रवर्द्धन गर्दै मातृभाषामार्फत् शिक्षा प्रदान गर्न प्रोत्साहन गरिने नीति समेत पोखरा महानगरपालिकाले लिएको छ ।

२० वर्ष पूराना यातायातका साधनलाई विस्तावित गर्ने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने, ग्रेटर पोखराको अवधारणा सार्वजनिक गर्ने कुरालाई प्राथमिकतामा राखेको छ।

अन्य स्थानीय तहहरुले पनि रोचक कार्यक्रमका लागि बजेटको व्यवस्था गरेका छन्। कतै बसाइँसराइ रोक्न घर उपहार दिनेदेखि अविवाहितलाई प्रोत्साहन तथा किशोरी शिक्षाका लागि कार्यक्रम सञ्चालन गर्न अनुदानसम्मका कार्यक्रमहरु समेटेका छन्।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
प्रतिनिधि सभा बैठक (लाइभ)
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि....
सम्बन्धित सामग्री
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड बिहीबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक नगर सभामा पेस गर... बिहीबार, असार ४, २०८३
सुनचाँदीको मूल्य घट्यो आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा २ लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार, असार ४, २०८३
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारको प्राथमिकता, कूटनीतिक पहल तीव्र नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित बजेटसम्बन्धी अन्तरक्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्... बुधबार, असार ३, २०८३
ताजा समाचारसबै
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने बिहीबार, असार ४, २०८३
सक्रिय राजनीतिबाट अलग भए महरा, पार्टीका सबै जिम्मेवारीबाट बाहिरिए बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्