काठमाडौं–सोमबार सेयर बजार २७०४ अंकमा झरेको छ।
अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक १०.१४ अंक घटेको हो।
बजारको अंकसँगै कारोबार रकम घटेको छ। अघिल्लो दिन ६ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४० करोडको मात्रै भयो। ८५ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १३ को स्थिर रह्यो। विशाल बजार कम्पनीको मूल्य घट्दा व्यापार सेक्टर सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो।
त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२, अन्य ०.५६ प्रतिशत घटे। उत्पादन तथा प्रशोधन ०.४४, लगानी ०.१८, होटल तथा पर्यटन ०.१८ र फाइनान्स सेक्टर ०.१२ प्रतिशत बढे।
राप्ती हाइड्रोको ९.८, सामुदायिक लघुवित्तको ८.०, ग्रीन डेभलपमेन्ट बैंकको ५.३, मानुषी लघुवित्तको ४.१ तथा इस्टर्न हाइड्रोको ३.२ प्रतिशत मूल्य बढ्यो।
महालक्ष्मी विकास बैंकको मूल्य ५.६ प्रतिशत घट्यो। घलेम्दी हाइड्रोपावरको ४.५, विशाल बजारको ३.७ तथा विन नेपाल लघुवित्तको ३.० प्रतिशत मूल्य घट्यो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, महालक्ष्मी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर तथा सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।