काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको महाराजगञ्ज नर्सिङ क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पहिलोपटक जितेको छ ।
मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा नेविसंघलले एक मतले एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विरासत भत्काएको हो ।
क्याम्पसमा यसपटक नेविसंघकी विन्दु पोखरेल विजयी भएकी छन् । पोखरेलले अखिलकी मनकुमारी बुढालाई एक मतको अन्तरले पराजित गरेकी हुन् । पोखरेलले २५९ मत ल्याएर विजयी हुँदा बुढाले २५८ मत पाएकी छन् । सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन् । एक जना सदस्यमा मात्रै अनेरास्ववियुकी उम्मेदवार प्रिया प्रधान विजयी भएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।