• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपथ्यको धुनमा रमायो पृथ्वीकै तल्लो सहर होबार्ट

64x64
नेपाल लाइभ बुधबार, चैत ६, २०८१  ०९:४१
1140x725

अस्ट्रेलिया – एक त थोरै जनसंख्या, त्यसमाथि बेलुकीको साढे ५ बज्नासाथ सारा बजार बन्द गर्नुपर्ने चलन छ । एन्टाकर्टिका महादेशनजिकै पर्ने अस्ट्रेलियाली टापु तास्मेनियाको राजधानी सुनसान भइसकेकै बेला मंगलबार एउटा कुनामा भने चर्को आवाजबीच ठूलो भिड नाचिरहेको थियो ।

त्यो ठाउँ थियो एक सय १० वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’, जहाँ नेपथ्यले नेपाली लोकरक सुनाइरहेको थियो । र, त्यहाँ दुई दिनपछि नै ख्यातिप्राप्त बेलायती गायक बब गेल्डफ प्रस्तुत हुनेवाला छन् ।  

अस्ट्रेलियाको केन्द्रीय राजधानी क्यानबेराबाट सुरु भएको यस वर्षको शृंखलाबद्ध यात्रामा वेस्टर्न अस्ट्रेलियाको पर्थ र क्विन्सल्यान्डको ब्रिसबेनपछि तास्मेनियाको होबार्टमा नेपथ्यले प्रस्तुति दिएको हो । भरिभराउ हलमा नेपाली दर्शक सुरुदेखि नै रमाइलोसँग नाचिरहेका थिए तर त्योभन्दा पनि कम रमाइलो थिएन मार्टिन हिंगिन्स लगायतका थुप्रै विदेशी रमाइरहेको दृश्य ।

मार्टिन सुरुदेखि नै आफूलाई मञ्चको ठीक सामुन्ने राखेर प्रत्येक गीतमा उफ्रिँदै नाचिरहेका देखिन्थे । त्यस्तरी रमाउने व्यक्ति विदेशीजस्तो देखिएका नेपाली नै पो हुन् कि भनेर छेउमा गई अंग्रेजीमा ‘के तपाईं नेपाली होरु’ भनी सोध्दा  जवाफ आयो, ‘होइन, म बेलायती हो  । र, केही वर्षदेखि यहाँ अस्ट्रेलियामा बसेर काम गरिरहेको छु ।’

‘भाषै नबुझी कसरी दुई घण्टासम्म लगातार नाच्न सकिन्छ रु’ कन्सर्टको चर्को आवाजबीच उनले जवाफ दिन अप्ठेरो माने र पछि कुरा गर्ने भन्दै आफ्नो मोबाइल नम्बर टिपाए ।

05-Nepathya-performing-in-Hobart,-Tasmania-of-Australia.-Photo---Dipit-Raz-1742356457.jpg
 

यहाँस्थित प्रसिद्ध संग्रहालय ‘मोना म्युजियम’ मा काम गर्ने मार्टिन त्यसै स्थानमा काम गर्ने नेपाली साथीहरूबाट प्रभावित भएका रहेछन् । पोहोर मात्रै नेपाल गएर दुई महिना बसेको बेला उनलाई ‘रेशम’ गीत असाध्यै मन परेको रहेछ ।

‘त्यसै पनि संगीतको विश्वव्यापी भाषा हुन्छ,’ कन्सर्ट सकिएपछि उनले मोबाइलमा प्रतिक्रिया दिए, ‘त्यसबाहेक त्यहाँ सबै जना सुरुदेखि झुमेर नाचिरहेको देख्दा म पनि स्वतः उनीहरूलाई साथ दिन पुगेँ ।’

Ncell 2
Ncell 2
nimb
nimb

हलको पछिल्लो लहरमा ओछ्याइएको कुर्सीमै बसेर कन्सर्ट हेरेकी मार्गरेटले भने एकपटक पनि नेपाल जाने मौका पाएकी रहिनछिन् । उनलाई फरकफरक मानिस र तिनका फरक संस्कृतिमा रुचि रहेछ । पछिल्लो समय होबार्टमा उल्लेख्य संख्यामा नेपाली देखिन थालेको र आफूलाई उनीहरू मन पनि पर्ने गरेको उनले सुनाइन् । त्यही मेसोमा नेपालीको गीतसंगीत कस्तो हुँदो रहेछ भन्ने जिज्ञासाले आफूजस्तै पाका उमेरका चार अस्ट्रेलियाली साथीसँग कन्सर्ट हेर्न आएको उनले बताइन् । ‘रमाइलो लाग्दै छ,’ उनको प्रतिक्रिया थियो ।

अस्ट्रेलियाकै सबैभन्दा शान्त यो प्रादेशिक राजधानीमा नेपालीको संख्या बढिरहेको छ । यस प्रदेशमै अंग्रेजीपछि सबैभन्दा बढी बोलिने भाषा नै नेपाली बन्न पुगेको स्थानीय रेकर्डले देखाउँछ । केही वर्षअघिसम्म दोस्रो बढी बोलिने भाषा चिनियाँ थियो तर भुटानी शरणार्थीको समेत आप्रवासन गराइएपछि र नेपालबाटै तन्नेरी पनि आउने क्रम बढेपछि चिनियाँलाई नेपालीभाषीको संख्याले उछिनेको हो ।  

‘अस्ट्रेलिया आएको छ वर्षमा पहिलोपटक नेपथ्यलाई सुन्ने मौका आज पाएँ,’ कुनै समय कान्तिपुर टेलिभिजनमा काम गरेका सञ्चारकर्मी कञ्चन अर्याल भनिरहेका थिए, ‘कोशीको पानी र पचासै वर्षमा गीत मैले पहिलोचोटि आजै कन्सर्टमा सुनेँ ।’ कञ्चन मोटरमा दुई घण्टा टाढा पर्ने लन्चेस्टनबाट परिवारसहित कन्सर्टमा आइपुगेका थिए ।

‘नेपथ्यले खोजीमा आधारित गीत तयार गर्ने भएकाले यो ब्यान्डसँग नयाँ के थपिएको छ भन्ने हुटहुटीले हेरूँहेरूँ पारिरहन्छ,’ उनी भनिरहेका थिए, ‘अर्को उल्लेखनीय पक्ष भनेको गायक अमृतले नेपालको सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा व्यक्त गर्ने धारणा हो ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

01-Nepathya-performing-in-Hobart,-Australia-1742356450.jpg
 

जस्तो कि मंगलबारै पनि अमृतले शिरफूल गीत सुनाउनुअघि ‘यो चैतमा उता डाँडाभरि चिमाल र लालीगुराँसको बास्ना फैलिरहेको होला । एकपटक मिलाएर भए पनि स्वदेश जानुस्’ भनिरहेका थिए । गाउँ(गाउँबाट उठ गाउने बेला ‘देशलाई फेर्छु भन्ने नेताहरू आफैँ फेरिए’ भनेर दुखेसो पोखिरहेका थिए । त्यसै गरी ‘भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततिसम्मै जोगाएर विस्तार गरौँ है’ भनिरहँदा पनि कञ्चनलाई उत्तिकै मनमा छोएको थियो ।

मंगलबारको कन्सर्टमा दर्शकको हुलमै स्थानीय आयोजक साजन परियार पनि थिए । ‘दर्शक रमाएको देख्दा आनन्द आउने नै भयो,’ उनले थपे, ‘नेपथ्य कन्सर्ट आयोजना गर्दा धेरै कुरा सिक्ने मौका पनि मिल्छ ।’

02-Nepathya-performing-at-the-Odeon-Theatre-in-Hobart.-Australia.-Photo---Dipit-Raz-1742356450.jpg
 

दर्शकदीर्घामै लठ्ठी टेकेर आएका ८१ वर्षीय केबी गुरुङ पनि थिए । नाति-नातिनी भेट्न बेलायतबाट दुई साताअघि मात्र यहाँ आइपुगेका उनले यसअघि पनि धेरैपटक नेपथ्यको कन्सर्ट हेरेका रहेछन् । ‘यहाँ आएको बेला पनि संयोग जुर्‍यो,’ उनले थपे, ‘यसपाला पनि उस्तै रमाइलो लाग्यो ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।

होबार्टपछि ब्यान्ड तास्मेनिया टापुबाट मास्तिर उक्लेर एडिलेड सहर पुग्नेछ । त्यहाँस्थित ‘हिन्डले स्ट्रिट म्युजिक हल’मा मार्च २१ मा नेपथ्यको पाँचौँ कन्सर्ट हुनेछ । मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’मा नेपथ्य प्रस्तुत हुनेछ । त्यसपछि अन्तिम शो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ ।

03-An-audience-in-Hobart-of-Australia-raise-Nepali-flag-at-the-Nepathya-concert.-1742356452.jpg
 

पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ को साँझ आयोजित कन्सर्टका लागि टिकट ‘सोल्ड आउट’ भइसकेको छ । शोका लागि सबै टिकट तीन साताअघि नै बिक्री भइसकेपछि दर्शकको चाहनालाई सम्मान गर्दै अर्को शो थपिएको छ । अब नेपथ्य साढे पाँच हजार क्षमताको ‘होर्डन पभिलियन’ हलमा मार्च ३० मा पनि प्रस्तुत हुनेछ । त्यसलगत्तै ब्यान्ड स्वदेश फिर्नेछ । सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट  www.nepathya.com.np  मार्फत् जानकारी पाउन सक्नेछन् ।

तस्बिरहरुः दिपित राज

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समितिले श... शनिबार, असोज ३१, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्