• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपथ्यको धुनमा रमायो पृथ्वीकै तल्लो सहर होबार्ट

64x64
नेपाल लाइभ बुधबार, चैत ६, २०८१  ०९:४१
1140x725

अस्ट्रेलिया – एक त थोरै जनसंख्या, त्यसमाथि बेलुकीको साढे ५ बज्नासाथ सारा बजार बन्द गर्नुपर्ने चलन छ । एन्टाकर्टिका महादेशनजिकै पर्ने अस्ट्रेलियाली टापु तास्मेनियाको राजधानी सुनसान भइसकेकै बेला मंगलबार एउटा कुनामा भने चर्को आवाजबीच ठूलो भिड नाचिरहेको थियो ।

त्यो ठाउँ थियो एक सय १० वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’, जहाँ नेपथ्यले नेपाली लोकरक सुनाइरहेको थियो । र, त्यहाँ दुई दिनपछि नै ख्यातिप्राप्त बेलायती गायक बब गेल्डफ प्रस्तुत हुनेवाला छन् ।  

अस्ट्रेलियाको केन्द्रीय राजधानी क्यानबेराबाट सुरु भएको यस वर्षको शृंखलाबद्ध यात्रामा वेस्टर्न अस्ट्रेलियाको पर्थ र क्विन्सल्यान्डको ब्रिसबेनपछि तास्मेनियाको होबार्टमा नेपथ्यले प्रस्तुति दिएको हो । भरिभराउ हलमा नेपाली दर्शक सुरुदेखि नै रमाइलोसँग नाचिरहेका थिए तर त्योभन्दा पनि कम रमाइलो थिएन मार्टिन हिंगिन्स लगायतका थुप्रै विदेशी रमाइरहेको दृश्य ।

मार्टिन सुरुदेखि नै आफूलाई मञ्चको ठीक सामुन्ने राखेर प्रत्येक गीतमा उफ्रिँदै नाचिरहेका देखिन्थे । त्यस्तरी रमाउने व्यक्ति विदेशीजस्तो देखिएका नेपाली नै पो हुन् कि भनेर छेउमा गई अंग्रेजीमा ‘के तपाईं नेपाली होरु’ भनी सोध्दा  जवाफ आयो, ‘होइन, म बेलायती हो  । र, केही वर्षदेखि यहाँ अस्ट्रेलियामा बसेर काम गरिरहेको छु ।’

‘भाषै नबुझी कसरी दुई घण्टासम्म लगातार नाच्न सकिन्छ रु’ कन्सर्टको चर्को आवाजबीच उनले जवाफ दिन अप्ठेरो माने र पछि कुरा गर्ने भन्दै आफ्नो मोबाइल नम्बर टिपाए ।

05-Nepathya-performing-in-Hobart,-Tasmania-of-Australia.-Photo---Dipit-Raz-1742356457.jpg
 

यहाँस्थित प्रसिद्ध संग्रहालय ‘मोना म्युजियम’ मा काम गर्ने मार्टिन त्यसै स्थानमा काम गर्ने नेपाली साथीहरूबाट प्रभावित भएका रहेछन् । पोहोर मात्रै नेपाल गएर दुई महिना बसेको बेला उनलाई ‘रेशम’ गीत असाध्यै मन परेको रहेछ ।

‘त्यसै पनि संगीतको विश्वव्यापी भाषा हुन्छ,’ कन्सर्ट सकिएपछि उनले मोबाइलमा प्रतिक्रिया दिए, ‘त्यसबाहेक त्यहाँ सबै जना सुरुदेखि झुमेर नाचिरहेको देख्दा म पनि स्वतः उनीहरूलाई साथ दिन पुगेँ ।’

Ncell 2
Ncell 2
nimb
nimb

हलको पछिल्लो लहरमा ओछ्याइएको कुर्सीमै बसेर कन्सर्ट हेरेकी मार्गरेटले भने एकपटक पनि नेपाल जाने मौका पाएकी रहिनछिन् । उनलाई फरकफरक मानिस र तिनका फरक संस्कृतिमा रुचि रहेछ । पछिल्लो समय होबार्टमा उल्लेख्य संख्यामा नेपाली देखिन थालेको र आफूलाई उनीहरू मन पनि पर्ने गरेको उनले सुनाइन् । त्यही मेसोमा नेपालीको गीतसंगीत कस्तो हुँदो रहेछ भन्ने जिज्ञासाले आफूजस्तै पाका उमेरका चार अस्ट्रेलियाली साथीसँग कन्सर्ट हेर्न आएको उनले बताइन् । ‘रमाइलो लाग्दै छ,’ उनको प्रतिक्रिया थियो ।

अस्ट्रेलियाकै सबैभन्दा शान्त यो प्रादेशिक राजधानीमा नेपालीको संख्या बढिरहेको छ । यस प्रदेशमै अंग्रेजीपछि सबैभन्दा बढी बोलिने भाषा नै नेपाली बन्न पुगेको स्थानीय रेकर्डले देखाउँछ । केही वर्षअघिसम्म दोस्रो बढी बोलिने भाषा चिनियाँ थियो तर भुटानी शरणार्थीको समेत आप्रवासन गराइएपछि र नेपालबाटै तन्नेरी पनि आउने क्रम बढेपछि चिनियाँलाई नेपालीभाषीको संख्याले उछिनेको हो ।  

‘अस्ट्रेलिया आएको छ वर्षमा पहिलोपटक नेपथ्यलाई सुन्ने मौका आज पाएँ,’ कुनै समय कान्तिपुर टेलिभिजनमा काम गरेका सञ्चारकर्मी कञ्चन अर्याल भनिरहेका थिए, ‘कोशीको पानी र पचासै वर्षमा गीत मैले पहिलोचोटि आजै कन्सर्टमा सुनेँ ।’ कञ्चन मोटरमा दुई घण्टा टाढा पर्ने लन्चेस्टनबाट परिवारसहित कन्सर्टमा आइपुगेका थिए ।

‘नेपथ्यले खोजीमा आधारित गीत तयार गर्ने भएकाले यो ब्यान्डसँग नयाँ के थपिएको छ भन्ने हुटहुटीले हेरूँहेरूँ पारिरहन्छ,’ उनी भनिरहेका थिए, ‘अर्को उल्लेखनीय पक्ष भनेको गायक अमृतले नेपालको सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा व्यक्त गर्ने धारणा हो ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

01-Nepathya-performing-in-Hobart,-Australia-1742356450.jpg
 

जस्तो कि मंगलबारै पनि अमृतले शिरफूल गीत सुनाउनुअघि ‘यो चैतमा उता डाँडाभरि चिमाल र लालीगुराँसको बास्ना फैलिरहेको होला । एकपटक मिलाएर भए पनि स्वदेश जानुस्’ भनिरहेका थिए । गाउँ(गाउँबाट उठ गाउने बेला ‘देशलाई फेर्छु भन्ने नेताहरू आफैँ फेरिए’ भनेर दुखेसो पोखिरहेका थिए । त्यसै गरी ‘भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततिसम्मै जोगाएर विस्तार गरौँ है’ भनिरहँदा पनि कञ्चनलाई उत्तिकै मनमा छोएको थियो ।

मंगलबारको कन्सर्टमा दर्शकको हुलमै स्थानीय आयोजक साजन परियार पनि थिए । ‘दर्शक रमाएको देख्दा आनन्द आउने नै भयो,’ उनले थपे, ‘नेपथ्य कन्सर्ट आयोजना गर्दा धेरै कुरा सिक्ने मौका पनि मिल्छ ।’

02-Nepathya-performing-at-the-Odeon-Theatre-in-Hobart.-Australia.-Photo---Dipit-Raz-1742356450.jpg
 

दर्शकदीर्घामै लठ्ठी टेकेर आएका ८१ वर्षीय केबी गुरुङ पनि थिए । नाति-नातिनी भेट्न बेलायतबाट दुई साताअघि मात्र यहाँ आइपुगेका उनले यसअघि पनि धेरैपटक नेपथ्यको कन्सर्ट हेरेका रहेछन् । ‘यहाँ आएको बेला पनि संयोग जुर्‍यो,’ उनले थपे, ‘यसपाला पनि उस्तै रमाइलो लाग्यो ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।

होबार्टपछि ब्यान्ड तास्मेनिया टापुबाट मास्तिर उक्लेर एडिलेड सहर पुग्नेछ । त्यहाँस्थित ‘हिन्डले स्ट्रिट म्युजिक हल’मा मार्च २१ मा नेपथ्यको पाँचौँ कन्सर्ट हुनेछ । मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’मा नेपथ्य प्रस्तुत हुनेछ । त्यसपछि अन्तिम शो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ ।

03-An-audience-in-Hobart-of-Australia-raise-Nepali-flag-at-the-Nepathya-concert.-1742356452.jpg
 

पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ को साँझ आयोजित कन्सर्टका लागि टिकट ‘सोल्ड आउट’ भइसकेको छ । शोका लागि सबै टिकट तीन साताअघि नै बिक्री भइसकेपछि दर्शकको चाहनालाई सम्मान गर्दै अर्को शो थपिएको छ । अब नेपथ्य साढे पाँच हजार क्षमताको ‘होर्डन पभिलियन’ हलमा मार्च ३० मा पनि प्रस्तुत हुनेछ । त्यसलगत्तै ब्यान्ड स्वदेश फिर्नेछ । सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट  www.nepathya.com.np  मार्फत् जानकारी पाउन सक्नेछन् ।

तस्बिरहरुः दिपित राज

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । आइतबार, कात्तिक १, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्