• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नागरिकताका लागि संघर्ष गर्दै दलित समुदाय

64x64
रासस शनिबार, असार ९, २०८०  १५:५८
1140x725

सप्तरी– सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिराका जीवछ सदा ७२ वर्ष पूरा भएका छन्। उनी हालसम्म पनि नागरिकताविहीन छन्।

नेपाली भएको प्रमाण प्राप्त गर्न ठूलै संघर्ष गरे पनि सफलता पाउन नसकेका सदा अझै पनि नागरिकता बन्ला भन्ने आशमा बसेका छन्। सदाले नागरिकता पाउन नसक्दा उनको सिंगो परिवार नै यतिबेला नेपाली भएको पहिचान पाउनबाट वञ्चित छन्।

‘नेपालमै जन्मिएँ, यही हुर्किएँ तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन सकेको छैन’, सदाले गुनासो गरे। घरकै मूल व्यक्तिको नागरिकता नबन्दा उनका २१ वर्षीय छोरा जितेन्द्र सदा, २० वर्षीया बुहारी सरस्वती सदाको नागरिकता बन्न सकेको छैन भने नाती आठ वर्षीय रुपक, पाँच वर्षीय दीपक र एक वर्षीया नातिनी जन्मदर्ताविहीन छन्।

नेपाली भएको प्रमुख पहिचान नै नागरिकता भएको भन्दै नागरिकता नहुँदा परिवारका सदस्यहरुले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित भएका छन्। स्थानीय साहुमहाजनमा खेतीपातीको काम गर्दै आएका जीवछले नागरिकताका लागि सम्बन्धित निकायमा धाउँदै आए पनि पहिचान पाउन नसकेको दुखेसो पोखे।

जन्मेपछि कानुनी रुपमा नै राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्ने भए पनि जीवछका बुबा बिलट सदाको नागरिकता नहुँदा उनको पूरै परिवार अहिले पहिचानविहीन भएको छ। ‘बुबाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बन्न सकेन, अहिले मेरो नागरिकता नहुँदा छोराछोरीदेखि नातिनातिनीसम्मको पहिचान बन्न सकेन’, जीवछले भने, ‘जन्मदर्ता नबन्दा छोराछोरीले विद्यालयमा पढ्न पाएन, अहिले नातिनातिनीको अवस्था पनि यस्तै बनेको छ।’

आर्थिक अवस्था कमजोर भएकाले केही समय रोजगारीका लागि भारतको पञ्जाब गएको भन्दै अब स्वदेशमै केही गर्ने योजना रहेको जीवछका छोरा जितन्द्रले बताए। उनले नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको सुनाए। ‘नागरिकता बनाउन गाएको नेतादेखि सिडियोसम्मलाई गुहारे पनि बुबाको नागरिकता नभएकाले नागरिकता नहुने भन्दै फर्काउँदै आएको छ’, जीवछले भने, ‘गाउँमा नागरिकता टोली आएको बेला नागरिकता बनाउन प्रयास गरे। त्यति बेला छरछिमेकको नागरिकता बन्यो, कुनै प्रमाण नरहेको भन्दै हामीलाई नागरिकता बनाइदिएनन्।’

नागरिकताको लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म धाउँदै आए पनि नागरिकता पाउन नसकिएको उनको भनाइ थियो।

‘नागरिकताको सिफारिसका लागि जन्मदर्ता र श्रीमान्‌को नागरिकता खोज्छन्। आफ्नो न त जन्मदर्ता छ न त श्रीमान्‌को नागरिकता’, सरस्वती सदाले भनिन्, ‘नेपालमा जन्मिएँ, तर नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

नागरिकता नहुँदा राज्यबाट मात्रै नभइ समाजबाट पनि अलग हुनु परेको दुखेसो उनले सुनाएइन्। ‘नागरिकता नभएकाले गाउँमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेकी छैन’, सरस्वतीले भनिन्। आफ्नो नागरिकता नभएकाले विवाह दर्ता हुन नसकेको भन्दै अहिले छोराछोरीको जन्मदर्ता पनि नबनेको उनको दुखेसो छ।

सोही ठाउँका ६५ वर्षीय देवनारायण सदाले पनि नागरिकता पाएका छैनन्। उनको नागरिकता नबन्दा उनको सिङ्गो परिवार नागरिकताविहीन छ। उनकी श्रीमती ६० वर्षीया सोसिलादेवी सदा र ३० वर्षीय छोरा खजेन सदाले पनि नागरिकता बन्न नसकेको गुनासो गरेका छन्।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको हरिपुरमा जन्मिएर करिब ४५ वर्षदेखि बोदे बर्साइन नगरपालिकाको बगबिरामा बस्दै आएका देवनरायण सदाले बाल्यकालमा नै बुबा र आमालाई गुमाएका थिए। ‘अहिले न त बुबाको कुनै प्रमाण छ न त आमाकै’, देवनारायणले भने, ‘जति प्रयास गर्दा पनि नागरिकता पाउन सकिनँ।’

पछिल्लो समय सरकारले नागरिकताविहीनका लागि ल्याएको नागरिकता विधेयक सम्बन्धी समाचारले उत्साहित भएको देवनारायणले सुनाए। उनले कुनै उपायले नागरिकता पाइन्छ कि भन्ने आशा जगाएको बताए।

सप्तरीको बोदे बर्साइन नगरपालिका–५, ६ र ७ स्थित दलित बस्तीमा नागरिकताको समस्या अझै भयावह रहेको एक तथ्यांकले देखाएको छ। वडाहरुमा जन्मदर्ता, विवाह दर्ता र नागरिकताको ठूलो समस्या पाइएपछि ‘व्यक्तिगत घटना दर्ता गराऔं’अभियानसमेत सुरु गरिएको छ।

द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले बोदे बर्साइन नगरपालिका–५, ६ र ७ वडाका दलित समुदायलाई लक्षित गरी व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक लालु रामले जानकारी दिए। 

नागरिकता र जन्मदर्ताबाट वञ्चित रहेका अधिकांशले जन्मदर्ताकै कारण पढ्न नसकेकाले व्यक्तिगत विवरण दर्ताको अभियान थालिएको उनले बताए। जनचेतनाको अभावमा नागरिकता र जन्मदर्ताको महत्त्व नबुझेर पूर्वजले समयमा जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता नबनाइदिँदा अहिलेका सन्तति पहिचानविहिन बन्नुपरेको बोदे बर्साइन नगरपालिका–७ का वडाअध्यक्ष बिजली कापैरले बताए। 

आवश्यक प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको उनको भनाइ छ। वडाअध्यक्ष कापैरले नागरिकताविहीन परिवारको नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गरिरहेको बताए।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल नेपाल लाइभको अनामनगरस्थित कार्यालयमा पब्लिकेशनका अध्यक्ष अनिल न्यौपानेले दाहाललाई नियुक्ति पत्र प्रदान गर्दै स्वागत गरे। उनले दाहालक... बिहीबार, साउन २१, २०८३
ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबा... बिहीबार, साउन २१, २०८३
नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नागेन्द्र साह नियुक्त बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । बिहीबार, साउन २१, २०८३
ताजा समाचारसबै
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ बिहीबार, साउन २१, २०८३
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति बिहीबार, साउन २१, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्