काठमाडौं– त्रिवि समाजशास्त्र संकायका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।
नेविसंघका विद्यार्थी नेताको सांघातिक आक्रमणबाट घाइते भएका चलाउनेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेकै बेला सरकारले मुद्दा फिर्ता लिएसँगै उनी सर्वोच्च पुगेका हुन्।
मंगलबार चलाउनेले आफ्ना कानुन व्यवसायीसँगै न्यायको माग गर्दै अदालतमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। चलाउनेमाथि आक्रमण गर्ने विद्यार्थीलाई उन्मुक्ति दिनेगरी सरकारले मुद्दा फिर्ताको निर्णय गरेपछि सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ। उक्त मुद्दाको पेसी बिहीबार तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।