• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

नराम्रो सपना देख्नुहुन्छ? 

डा सिपी सेडाईं मंगलबार, असार ५, २०८०  १०:४६
1140x725
प्रतिकात्मक तस्बिर

नराम्रो सपना देखिएमा अब के हुन्छ भनेर मनमनै त्राशमा बस्ने मान्यता छ। तर, सपनाका कुरामा विश्वास गर्नु भ्रम मात्र हो। सपनाको त्राशले मनमा अशान्ति पैदा गर्छ भने राम्रो सपना देख्दा मन पनि खुसी हुन्छ। त्यसैले सपना सुल्टो वा उल्टो जे पनि हुन सक्छ, सपना नराम्रो देख्दा कुनै खतरा हुँदैन। हाम्रो मस्तिस्क एउटा कम्प्युटर हो। यसमा धेरै कुरा रेकर्ड भएर रहेका हुन्छन्। मान्छे निद्रामा हुँदा पनि मस्तिस्क चाँहि अर्ध चेतन अवस्थामा हुन्छ। त्यसबेला सपनामा  वर्षौदेखिका रेकर्डहरु फाइल टेप जस्तै गरि एक अर्कामा घुलमिल भएर प्रस्तुत हुन्छन। कहिले यी आनन्ददायी हुन्छन् भने कहिले पीडादायी हुन्छन्।

तनाव, व्यस्त जीवनशैली र प्रतिस्पर्धाका कारण मानिसमा निन्द्रा कम लाग्ने समस्या बढ्दै गएको पाइन्छ। उत्पादनशील उमेरमा मात्र होइन, वृद्धावस्थामा यो समस्याले निकै सताउँछ। ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार व्यूँझने, विहान चाँडै व्यूँझने आदि निद्राका समस्या हुन्।

हाम्रो शरीरको स्वास्थ्यकालागि निद्रा अति आवश्यक हुन्छ। निश्चित समयमा भोक लाग्नु जस्तै हामीलाई निश्चित समयमा निद्रा लाग्छ। निन्द्रा विभिन्न किसिमका हुन्छन्। गहिराईका आधारमा निद्रालाई हलुका निद्रा, गहिरो र आरामदायी निद्रा तथा आँखाको गेडी हल्लिने निद्रा गरी तीन किसिममा बाँड्न सकिन्छ। खासगरी यी विभिन्न निद्रा हामी सुतेको बेलामा एकपछि अर्काे हुदै चक्रीय रुपमा आइरहेका हुन्छन्। हलुका निद्रामा कसैले वोलेको थाहा पाएर झसंग उठिन्छ।

आँखाको गेडी हल्लिने निद्रामा पनि यस्तै अनुभव हुन्छ। तर जव गहिरो निद्रामा परेपछि केही थाहा हुँदैन। यस्तो निद्रालाई भाते निद्रा पनि भनिन्छ।  मस्तिस्कको आरामकालागि यो अति आवश्यक छ। मानव शरीरको स्वास्थ्यकालागि करिब ६ घन्टा निद्राको आवश्यकता पर्छ। वालक तथा विरामीलाई लामो निद्रा आवश्यक पर्छ। कहिलेकाहिँ १ दिनको निद्रा विथोलिएमा अर्को दिन यसले असर देखाउँछ। त्यसैले एक दिनको निद्राले ७ दिन पिरोल्छ पनि भन्ने गरिन्छ।

धेरै मानिस आफूलाई निद्रा कम पर्ने गरेको गुनासो गर्छन्। कसैलाई ओछ्यानमा पुगेपछि निद्रा लाग्न घण्टौ कुर्नुपर्छ। कोही चाहिँ चाँडै निदाउने गरे पनि बीचमा व्यूँझने गर्छन्, कसै कसैलाई निदाएर उठेपछि फेरि निदाउन गाह्रो हुन्छ। यसले गर्दा भोलिपल्टसम्म फुर्तिलो देखिँदैन। कोही निकै वढी निदाउने गर्छन्। कसै कसैलाई दिउँसो वढी निद्रा लाग्ने, निद्राले गर्दा काम गर्न गाह्रो हुने, पढ्न नसक्ने र पटकपटक कार्य स्थलमै निदाउने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कसैकसैलाई निद्रामै शरीर चलाउन नसक्ने पनि हुन्छ। यो अवस्थामा अचानक निद्रावाट मानिस व्यूँझन्छ। त्यतिबेला आत्तिने वा सपनाकै कारण  डराइरहने हुन्छ। त्यसबेला शरीर चलाउन सकिँदैन, वोल्न पनि सकिँदैन, त्यसैले निसासिए जस्तो लाग्छ। केही मिनेटपछि सपनाले पूरै छाडेपछि मात्रै बोल्न सक्ने हुन्छ र शरीर चलाउन सकिन्छ। यो अवस्थालाई सामान्य भाषामा ऐंठन परेको र गाउँघरमा वोक्सीले छलेको भन्ने गरिन्छ। वास्तवमा यो सही होइन, यो निद्राको अवस्थामा देखिने प्यारालाइसिस हो जुन १–२ मिनेट मात्र रहन्छ।

यो समस्या बाहेक निद्रामा डराउने, आत्तिने, चिच्याउने, नराम्रो सपना देख्ने, भोलिपल्ट कुनै कुरा सम्झन नसक्ने हुन्छ। कोही कोही निदाएको वेलामा घरवाट वाहिर निस्कने र हिँड्ने गर्छन्। उनीहरु धेरै हिँडिसकेपछि मात्र चेत आउने र फेरि घर फर्कने गर्छन्। कसैकसैलाई निदाएको वेलामा पिसाव छुट्ने गर्छ भने कोही निद्राको वेलामा बर्बराउने, दाँत चपाउने, निद्रामा धुर्ने, खुट्टा हल्लाउने आदि गतिबिधि थाहै नपाइ गरिरहेका हुन्छन्।

धेरै मानिसमा उमेर ढल्कदै जाँदा निद्रा कम पर्ने हुन्छ। राती निद्रा नपर्नु अत्यन्त पीडादायी हुन्छ। मनमा अनेकौ कुरा खेल्छन् र दिमागले आराम पाउँदैन। छटपटी हुन्छ र वारम्बार पिसाव फेर्नुपर्ने हुन्छ। डर लाग्छ, पेट पोल्छ, खानामा अरुची हुन्छ, पसिना आउँछ र शरीरका मांशपेशी दुख्छन्। भोलिपल्ट मन कमजोर हुने र शरीर स्वस्थ्य नहुने हुन्छ। धेरै मनोरोगका विरामीहरु आफ्नो निद्रा गडवड भएको वताउँछन्। कतिपय स्वस्थ व्यक्ति पनि  निद्रा नपर्नाले शारीरिक समस्या देखिएको बताउँछन्।

Xtrem
Xtrem

निद्रा लगाउने उपाय
सुत्ने कोठा शान्त र हल्ला नहुने खालको हुनुपर्छ। बिहान उठेर दैनिक रुपमा शारीरिक व्यायाम गर्ने, दिउँसो नसुत्ने, सुत्नु अगाडि चिया, कफी नपिउने गर्नाले पनि निद्राको समस्याबाट मुक्ति पाउन सकिन्छ।  त्यस्तै वढी वा ज्यादै कम खानाले पनि निद्राको  समस्या देखिन्छ। त्यसैले बेलुकाको खाना सन्तुलित रुपमा खाने गर्नुपर्छ। जहिले पनि एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ। निद्रा लाग्ने वेलामा मात्र ओछ्यानमा जाने र जाँड रक्सी सेवन नगर्ने बानीले पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

डिप्रेसन रोगका बिरामी गहिरो निद्रा नपरेको वताउँछन्। उनीहरु डरलाग्दो सपना देखेर आत्तिन्छन्। मेनिया रोगमा २ घण्टा सुते पनि उनीहरुलाई निद्रा पुग्छ। विरामी राति पनि टिभी हेरिरहने, कराउने र यताउता हिँड्ने गर्छन्। सिर्जाेफेनियाका विरामी रातभरी यताउता डुल्छन् र दिउँसो सुत्छन्। सन्तुलित भोजन र शारीरिक व्यायाम गर्ने मानिस राति राम्रोसँग निदाउँछन्। एक प्रकारको छारेरोग लागेका बिरामी अचानक ओछ्यानवाट खस्ने, शरीर कडा हुने, तन्किने, मुखवाट फिँज काढ्ने र १५ मिनेटपछि फेरि उठ्ने गर्छन्।

एन्जाइटी डिसअर्डर भन्ने रोगका बिरामी अँध्यारोमा डराउँछन। झ्यालढोका लगाउँदा आफू निसासिएजस्तो ठान्छन्। डराएर एक्लै वस्न सक्दैनन्। पुरानो अन्धविश्वासले गर्दा रात वढ्दै जाँदा भूत, वोक्सी आदि आउँछ  भनेर डराउँछन्। तर त्यस्तो केही भएको हुँदैन। कोही निद्रामा वेसरी घुर्ने गर्छन्। मोटो शरीर, कम शारीरिक व्यायाम र रक्सी सेवनले गर्दा प्रायः यस्तो भएको हुन्छ। रात लामो हुँदा शरीरको मेलाटोनिन भन्ने हर्माेन वढी प्रवाह हुँदा जाडो महिनामा कसैमा डिप्रेसन रोग देखिएको छ। सामान्य निद्रा नपर्दैमा औषधि लिनु हुँदैन। औषधिबिना गरिने उपचार सफल नभए मात्र औषधि प्रयोग गर्नुपर्छ। चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्नु हुँदैन।

(डा सेडाईं नशा तथा मानसिक रोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्