• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सत्तापक्षकै टिप्पणी: बजेट संघीयताको मर्म विपरीत 

64x64
नेपाल लाइभ आइतबार, असार ३, २०८०  १७:५८
1140x725

काठमाडौं– वर्तमान सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सत्तापक्षमै असन्तुष्टि र संघीयताको मर्म विपरीत भएको टिप्पणी हुन थालेको छ। सत्तापक्षका सांसदहरुले केन्द्र, प्रदेश र स्थानीय तह अनुसार बजेट विनियोजन हुनुपर्नेमा केन्द्रले मात्र धेरै बजेट राख्ने कार्य भएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतको आलोचना गरेका छन्।

वर्तमान सरकारमा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपा लगायत सहभागी छन्। सत्ता पक्षभित्रै रहेको एकीकृत समाजवादीले त बजेट संशोधन हुनुपर्ने नत्र पारित नहुने चेतावनी दिँदै आएको छ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक ढंगले नआएको टिप्पणी गरे।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले राष्ट्रका प्राथमिकतालाई चयन गरेर बजेट निर्माण गर्न नसकिएको भन्दै यसरी बजेट विनियोजन हुने क्रम २०७२ सालदेखि नै रहेको बताए। उनले बजेट बनाउने प्रक्रियालाई सच्याउनुपर्ने पनि बताए।

‘यो बजेटलाई हेर्दा संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक ढंगले आएको छैन। तर, यो अहिलेको आर्थिक वर्षको मात्रै कुरा होइन, यो २०७२ सालदेखिको हो। हामीले राष्ट्रका प्राथमिकतातर्फ फर्किनुपर्छ,’ उनले भने, ‘यो बजेट मिलेन, प्रक्रिया मिलेन। त्यसमा छलफल गर्दैछौं। सम्भवतः यसलाई करेक्शन गर्नेछौं। बजेटमा आएका वस्तुहरुलाई कार्यान्वयन गर्न दृढताकासाथ लागौं।’

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक रहेको टिप्पणी गरे।

उनले बजेट केन्द्रिकृत हुने गरेको भन्दै यसलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए। बजेट संघीयताअनुसारको बनाउने कुरामा सबैले काम गर्नुपर्ने भन्दै उनले सशर्त अनुदान विषयगत बनाइ स्थानीय तहमा पठाउनुपर्नेमा जोड दिए।

संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउनु पर्ने भन्दै बजेटले यस्तो गर्न नसकेको टिप्पणी गरे। ‘यो अहिलेमात्रै होइन, २०७२, २०७३ देखि हुँदै आएको छ तर बेठिक कुरा छन् भने परिवर्तन गर्नुपर्छ। यही बजेटमा के गर्न सकिन्छ?,’ लेखकले भने, ‘आगामी दिनमा कसरी सच्याउनुपर्छ भन्ने मुख्य कुरा हो। सशर्त अनुदान भनेर दिएको छ, यदी केन्द्रले नै सशर्त अनुदान भनेर दिएकोमा तल जाने नै भयो, तल निश्चित नभनी विषयगत बनाएर पठाउन सकिन्छ की? संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउनुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रमुख सचेतक लेखकले साना बजेटहरु केन्द्र सरकारले नभइ स्थानीय तहकै अधिकार हुनुपर्ने भन्दै त्यस्तो योजना केन्द्रले राख्ने कार्य बन्द गर्नुपर्ने बताए। सत्ता साझेदार दल एकीकृत समाजवादीले सुरुदेखि नै बजेटमाथि विरोध गर्दै आएको छ। केही समयअघि सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट सत्ता गठबन्धनको सहमतिमा संशोधन गर्न सकिने बताएपछि एकीकृत समाजवादी केही सकारात्मक दिएको छ। 

तर एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी फेरि दोहोर्‍याए। उनले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरु त्यसमा समर्थन गर्न नसक्ने बताए।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने बताए। सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको उनको टिप्पणी छ।

‘हामी सबै सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्यौं। बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले ५ वर्षको लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ तर मन्त्रीहरु सबैले आफूलाई अस्थायी ठान्यौं,’ उनले भने, ‘हामीले जसमात्रै खोज्यौं। राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन।’

Xtrem

Xtrem

उनले अघि भने, ‘यही अवस्थामा यो बजेट पास हुँदैन। मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु। भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौं भनेको छु।’

प्रतिपक्षको पनि विरोध 
सत्ता पक्षले नै विरोध गरेको अवस्थामा बजेटमाथि प्रतिपक्षले पनि विरोध जारी राखेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताए।

उनले आर्थिक रुपमा संघीयताको बारेमा उल्लेख्य काम हुन नसकेको गुनासो गर्दै केन्द्रले स्थानीय तहको अधिकार मिचेर सशर्त अनुदान दिएको बताए। कार्यविधि केन्द्रले बनाएर स्थानीय तहमापठाउने कुरा गलत भएको उनले टिप्पणी गरे।

‘आर्थिक रुपमा संघीयताको बारेमा उल्लेख्य काम भएको छैन। अहिलेको बजेटले संघीयताको मर्मलाई बुझेन,’ उनले भने, ‘जस्तो सशर्त अनुदानको कुरा छ। त्यो भनेको के हो? त्यो भनेको केन्द्र हावी भएको हो। केन्द्रले स्थानीय तहको अधिकार मिचेको हो। कार्यविधि केन्द्रले बनाएर तल पठाउने काम पनि गलत हो।’

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी रहेको बताए। उनले वडाले पनि विनियोजन गर्न नसुहाउने खालको बजेट केन्द्रीय सरकारले विनियोजन गरेको आरोप लगाए।

‘वडाले पनि विनियोजन गर्न नसुहाउने खालको कार्यविधि केन्द्रीय सरकारले विनियोजन गरेको छ। अहिलेको पुँजीगत खर्च जुन छ, साढे ३ खर्ब अराउण्डको। हामी त्यो भन्दा ठूलो आकारको वैदेशिक, आन्तरिक ऋण लिएर हामीले त्यो खर्च गर्दैछौं,’ उनले भने, ‘हाम्रो नियमित खर्च हाम्रो राजश्व परिचालनबाट धान्नसक्ने अवस्था छैन। यस्तो परिस्थितिमा हामीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गर्दैछौं। खर्च प्रतिफल दिने ठाउँमा भएको छैन। हामीले ऋण काढेर घिउ खाने खालको कार्यक्रम बनाएका छौं। हामीले यसबाट समृद्धिको एक पाइला पनि अघि बढाउन सक्दैनौं।’

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
सम्बन्धित सामग्री
आज विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... सोमबार, असोज १२, २०८३
राजमार्ग अवरुद्ध हुँदा डेढ लाख बढी सिलिन्डर ग्यास बाटोमै, काठमाडौंमा अभावको जोखिम नेपाल आयल निगमका अनुसार वीरगञ्ज भन्सारबाट ग्यास लोड भएर आएका बुलेटमध्ये केही चितवनको रामनगर, केही हेटौंडा तथा अन्य सुरक्षित स्थानमा... आइतबार, असोज ११, २०८३
हिमलुङमा १४ नेपाली सम्पर्कविहीन, उद्धारमा मौसम बाधक हिमालयन होलिडेजको टोलीका शेर्पा, गाइड तथा सहयोगी कर्मचारी सम्पर्कविहीन भएपछि उद्धारका लागि काठमाडौं र पोखरामा हेलिकोप्टर तयारी अवस्थ... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्