काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज सुनको भाउ आइतबारको बजारमा कायम भएको मूल्यलाई नै आधार मानेर कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।