बेनी- माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता छन्।
म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीय सिमन पुन बेपत्ता भएका हुन्। बेनपा–४ तातोपानीको फापरखेत पहिरोनजिक माछा मार्ने क्रममा आइतबार उनलाई खोलाले बगाएको थियो।
सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययनरत पुनसँगै खोलाले बगाएका अर्का बालक पौडी खेलेर बाहिर आएको स्थानीयवासी केशव कँडेलले जानकारी दिए।
दशैँतिहारको अवसरमा सामुदायिक तथा निजी विद्यालय बन्द भएको मौका छोपी बालबालिका खोलामा पुग्ने गरेकाले अभिभावकलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको छ।
म्याग्दी र कालीगण्डकीमा करेन्ट, बल्छी र जालको माध्यमबाट माछा मार्न कलिला बालबालिकादेखि पाका मान्छे जाने गरेका छन्। बजारमा माछाको माग धेरै हुने भएकाले पनि तातोपानी लगायत आसपासका क्षेत्रमा व्यावसायिक रुपमै माछा मार्ने गरिन्छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।