• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

त्यो वृद्धभत्ता दिने एमाले,  यो वृद्ध भइरहेको एमाले

64x64
डिबी खड्का आइतबार, असार ३, २०८०  १२:१२
1140x725

काठमाडौं– नेकपा एमालेले २०५१ सालमा ९ महिना चलाएको सरकारले वृद्धभत्ता दिने नीति लियो। जुन यति धेरै लोकप्रिय भयो कि उक्त पार्टीले हालसम्म त्यसको ब्याज खाइरहेको छ। अन्य पार्टीहरुमा वृद्ध बन्ने उमेर घटाएर भत्ता दिने होडबाजी चलेको छ।

वृद्धभत्ता बजेटमार्फत् ल्याउँदा अर्थमन्त्री थिए भरतमोहन अधिकारी। ७० वर्ष उमेर पुगेकालाई वृद्ध भन्दै भत्ता दिने अधिकारी आफू पनि विधानत: वृद्ध हुँदै सक्रिय राजनीतिबाट अवकाश भए। एमालेले गरेको ७०वर्षे उमेर हदको व्यवस्थाले उनलाई पार्टीबाट बाहिरिन बाध्य पारेको थियो। नवौं महाधिवेशनबाट उमेरहदका कारण बिदा हुनेमा अधिकारीसँगै सिद्धिलाल सिंह थिए। १०औं महाधिवेशनबाट अमृत बोहोरा, केशव बडाल, सत्यनारायण मण्डल पार्टी कमिटीबाट बाहिरिए।

एमालेले ७० वर्षमा जनतालाई वृद्धभत्ता दिनुको अर्थ हो- त्यो उमेरपछि उनीहरु काम गर्न सक्दैनन्। जनताले काम गर्न नसक्ने भन्दै राज्यबाट भरणपोषण दिलाउने एमाले, ‘नेताले’ चाहिँ काम गर्ने सक्ने निष्कर्षमा पुगेको छ। आफैंले तय गरेका पूर्व मानकहरु भत्काउँदै फेरि उमेर हद निलम्बन गर्ने ठाउँमा आइपुगेको छ। केही दिनअघि सचिवालय बैठक बसेर ७० वर्षे उमेर हद निलम्बन गर्ने निर्णय लिएको छ। 

चाहिएका छन् युवा, नीति वृद्धमैत्री
एमालेले केही दिनअघि जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) हालसम्मकै विरोधाभाषपूर्ण दस्तावेज बन्न पुगेको छ। अपानिलाई नियाल्ने हो भने एमालेलाई अहिले युवाहरु पार्टीमा जोड्नुपर्छ भन्ने लागेको छ। युवाहरु टाढिन लागेको संकेत नेतृत्व तहले पाएको छ। युवाहरु टाढिनु भनेको पार्टी वृद्ध हुँदै जानु हो। त्यसको महसुस नेतृत्व पंतिमा देखिएको छ।

त्यसैले ‘अपानि’मा युवा लक्षित केही कार्यक्रम सञ्चालन गर्ने भनिएको छ। एक महिनाअघि सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव अनुसारकै कार्यक्रम लागू गर्न निर्देशन गरिएको हो। एमालेका युवा लक्षित कार्यक्रममा एक हो- ‘देशैभरी–छोराछोरी’। एमाले नेता-कार्यकर्ताकै सन्तान पार्टीबाट टाढिन लागेको महसुस भएपछि अघि सारिएको अवधारणा हो यो। यस्तै अन्य कार्यक्रम छन्,  प्रत्येक वडा– कम्तीमा १० युवा।

यो अभियानबारे व्याख्या गर्दै भनिएको छ, ‘हाम्रो पार्टी संरचनामा पाका उमेर समूह र युवा उमेर समूहका नेता-कार्यकर्ताको संख्यामा असन्तुलन देखिँदैछ, त्यसैले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न नयाँ अभियान आवश्यक छ।’ अहिलेका युवाहरु ‘आफैं नेता, आफैं प्रधानमन्त्री’ जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिएको बताउँदै यस्तो अभियान थालिनुपर्ने आवश्यकता बोध गरिएको पनि त्यहाँ उल्लेख छ। 

नेता अनुकूल नीति 
हरेक संगठनमा नीति प्रमुख कुरा हो। त्यही नीतिअन्तर्गत रहेर नेता अघि बढ्नुपर्ने मान्यता हुन्छ। तर, एमाले लगातार नेता अनुकूल नीति बनाएर अघि बढ्न खोजिएको देखिएको छ। १०औं महाधिवेशनअघि एमालेले विधान अधिवेशन गर्‍यो। जहाँ ७० वर्षे उमेर हद कायम राखियो, तर त्यसको व्याख्या त्यहाँ भएको थियो। 

वर्तमान एमाले उपाध्यक्ष विष्णु पौडेल विधानबारे व्याख्या गर्ने क्रममा रमाइलो ढंगले प्रस्तुत भएका थिए। ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभरि जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गर्नुपर्छ,’ पौडेलले प्रस्ताव गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिले कुरा नबुझिएला भनेर पौडेलले मुसुक्क मुस्कुराउँदै थपेका थिए- ‘कमरेडहरुले बुझ्नुभयो होला।’ त्यहाँ उपस्थित अधिकांसले कुरा बुझे र गलल हाँसे। 

त्यो समय एमाले अध्यक्ष ओली ७० वर्षको लाइनमा पुगेका थिए। फागुनमा उनी ७० वर्ष नै पूरा हुँदै थिए। यदि त्यस्तो व्याख्यासहित विधान पास नगरिएको भए मंसिरमा अध्यक्ष चुनिएका उनले फागुनदेखि अनिवार्य अवकाश लिनुपर्ने अवस्था थियो। उनी अध्यक्ष भइसकेपछि ७० वर्ष पूरा भएकाले पदबाट राजीनामा दिनुपरेन। 

एमालेका एक नेताका अनुसार यो ७० वर्षे उमेरहद पनि कुनै नेतालाई रोक्न र कसैलाई सजिलो पार्नकै लागि घुसाइएको थियो। एमालेको नवौं महाधिवेशनका क्रममा उक्त प्रावधान घुसाइएको थियो। अध्यक्ष ओलीकै डिजाइनमा तत्कालीन महासचिव ईश्वर पोखरेलले यसलाई ‘इन्डोर्स’ गरेको ती नेताको आरोप छ। 

एमालेको नेतृत्व गर्ने उत्कट चाहना बोकेर कुदिरहेका बामदेव गौतमको रफ्तार रोक्न उक्त प्रावधान घुसाइएको उनी बताउँछन्। १०औं महाधिवेशनमा अध्यक्षका लागि गौतम अघि सर्ने अवस्थालाई पहिल्यै रोक्न उक्त प्रावधान ल्याइएको उनको दाबी छ। 

Xtrem

Xtrem

अहिले तिनै गौतमलाई समेत पार्टीमा भित्र्याउन उमेर हद निलम्बन गर्न खोजिएको नेताहरुको तर्क छ। अहिले ७२ वर्ष पुगेका मुकुन्द न्यौपानेलाई पार्टी केन्द्रमा समेट्न उक्त उमेर हद हटाइएको एमाले नेताहरुको दाबी छ। पार्टी विभाजनका क्रममा एकीकृत समाजवादीतर्फ लागेका न्यौपानेले त्यहाँ उपयुक्त अवसर प्राप्त गर्न नसकेपछि एमालेमै फर्किएका छन्। नेकपा ब्युँताउने भनेर कहीँकतै नलागेका गौतम पनि यतिबेला एमालेमै फर्किने तयारी गरिरहेका छन्।

एक्सन एक,  शंका अनेक
उमेर हद निलम्बन पार्टी भित्रिन चाहने नेताहरुका लागि भनिएको छ। तर,  एमालेकै युवा नेताहरु यसप्रति आश्वस्त छैनन्। एमालेको केन्द्रीय कमिटीमा रहेकी एक युवा अनुहार उषाकिरण तिमिल्सिनाले यसलाई प्रतिगामी कदम भनेकी छिन्। एमालेमा फर्किन लागेका न्यौपाने र गौतमलाई मोहरा बनाएर प्रणालीमै गडबड गर्ने खोजिएको आशंका उनले समेत गरेकी छिन्।  उनी भन्छिन्, ‘उहाँहरुलाई झटारोको रुपमा किन प्रयोग गर्नुपर्‍यो? पार्टीभित्रको प्रक्रिया हो। उहाँहरु पार्टीमा फर्किँदा ७० वर्ष कटिसकेको किन आएको कसैले भन्थ्यो र?’ 

कुनै समय कक्षा नदोहोर्‍याउने घोषणा गरेका एमाले अध्यक्ष ओलीले आफ्नै उक्त बोली उल्लंघन गरेर दोस्रोपटक अध्यक्ष भए। एमालेमा अहिले ओली जसरी हाबी छन् र जुन रुपमा सक्रिय छन्,  दोस्रो पुस्ताका नेतामा सक्रियता र प्रभाव दुवै देखिएको छैन। ओलीको उत्तराधिकारी अनुहार प्रस्ट चिनिने गरी देखिसकेको छैन। काकतालीमा प्रतिष्पर्धा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच हुने देखिएको छ। विधानत: ७० वर्षे उमेर हद कायम रहँदा उनीहरु नै दाबेदार पनि हुन्। 

उमेर हद निलम्बनले भने अरु नै आशंका सिर्जना गरेको छ। उमेरले ७० वर्ष पार गरिसकेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ पनि प्रतिष्पर्धामा देखिनेछन्। 

उनीहरुमध्ये एकलाई नेतृत्व सुम्पन अहिलेदेखि नै अभ्यास गरिएको हुनसक्ने एकथरी नेताहरुको आशंका छ। अर्कोथरी नेताहरु अध्यक्ष ओली नै तेहरिन सक्ने बताउन थालेका छन्। यो आशंका पुष्टि हुनेगरी अध्यक्ष ओलीले अभिव्यक्ति समेत दिन थालेका छन्। शनिबार मात्रै अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीको कार्यक्रममा उनले ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको बताए।  चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको समेत उनको जिकिर थियो। 

‘युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ?’  उनले प्रश्न गरे, ‘काम गर्न सक्छन् भने ७० वर्ष कटेकाहरुलाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण छैन।’

एमाले ओलीअनुकूल रहेकाले दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाइने विधानको व्यवस्था परिमार्जन गर्न कठिन देखिँदैन। तर, एमालेले आफ्ना नीतिहरुमा युवाहरुलाई नेतृत्व दिने वातावरण बनाएन भने वृद्ध भत्ताको नीति ल्याउने पार्टी, वृद्ध उमेरका नेताहरुको सुस्ताउने चौतारी जस्तो बन्नेछ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कार्टुन सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुः... सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्य... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्