राजविराज– सप्तरीमा रक्षा बन्धनका दिन एक युवतीको सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
२० वर्षीय पीडितका परिवारले न्यायको माग गर्दै प्रहरीमा उजुरी गरेपछि घटना बाहिर आएको हो।
खडक नगरपालिकास्थित अर्नाहामा लाग्ने ‘राखी मेला’ भरेर फर्कने क्रममा राति करिब ९ बजे ती युवतीको बलात्कार भएको हो। घटनामा मादक पदार्थ सेवन गरेका ६/७ जना संलग्न रहेको पीडितले जनाएकी छिन्।
७/८ जना साथीसहित मेला भर्न गएका बेला अचानक पानी पर्न थालेपछि उनीहरु तितरवितर भएका थिए। एक्लै घर फर्किने क्रममा अर्नाहा र कठौनाको बीचमा पर्ने वसन्तपुर भन्ने स्थानमा बाटो छेकेर एकान्त स्थानमा लगी उनीहरुले बलात्कार गरेको पीडितले बताएकी छिन्।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ। अरु पनि संलग्न रहेको र ती सबै चाँडै नियन्त्रणमा आउने सप्तरीका डिएसपी भावेश रिमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।