मस्को- रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ। विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो।
यसै बर्षको सुरुमा उनको नेतृत्वमा भएको प्रदर्शन गैरकानुनी भएको ठहर गर्दै अदालतले जेल सजाय तोकेको समाचारमा जनाइएको छ। उनकै नेतृत्वमा आयोजना गरिएको अर्को राजनीतिक र्याली हुन लागेको अघिल्लो दिन उनलाई अदालतले यस्तो फैसला सुनाएको हो।
टिभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लियभले नाभाल्नीबाट पटकपटक रुसी कानुनको उल्लङ्घन भएकाले जेल सजाय दिनुपरेको बताएका छन्।
नाभाल्नीलाई शनिबार बेलुका नै मस्कोमा रहेको उनको घरबाहिरबाट पक्राउ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।