• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च
नाटक समीक्षा

‘बुद्ध र भिखारी’ : कागजका पात्रहरूमा कलाकारको प्राण

64x64
समर्पण श्री बिहीबार, जेठ ३२, २०८०  १६:२५
1140x725

‘यो रुख हो। यो चाहिँ बादल, यो हेर्नु त घर। सब हाम्रा कलाकारले बनाएका!’

नाटक ‘बुद्ध र भिखारी’को रिहर्सल चलिरहेको थियो। मण्डला थिएटरको अँधेरो कोठामा पुग्दा वरिपरी सामान छरपष्ट थिए। कलाकारहरू कोही चित्र कोर्दै थिए। कोही कागजका घर, रुख र बादलजस्ता आकृति बनाउँदै थिए। 

निर्देशक अनिल सुब्बाले ती कलाकृतिबारे भने, ‘तपाईंलाई लाग्ला यी सामान कहाँबाट ल्याइयो। यी प्रयोगविहीन मानेर फालिएका कार्टुन, कागजबाट बनेका हुन्।’

महत्व नठानिएका कुराको उपयोगिता कति हुन्छ। नाटक ’बुद्ध र भिखारी’ हेरेपछि पात्रहरूले अनुभूत गराए। इलामको चुलाचुली रंगमञ्चले यसपालि काठमाडौंको थिएटरमा नयाँ स्वाद पनि चखाइदियो। चुलाचुलीले ‘स्याडो प्ले’मार्फत् आफ्नो फरक अनुहार पनि देखायो।

कागजको मान्छे, कागजका कछुवा, चिल, कुखुरा र कागजका मुसाहरू नाटकमा सजीव भएर आउँछन्। १ घण्टा अवधिको नाटकलाई उनीहरूले नै धान्छन्। 

नाटकमा कलाकाहरू कोरस छन्। उनीहरू पात्रका आवाज र मस्तिष्क बन्छन् र  हृदय छुन्छन्।

उसो त नेपाली रंगमञ्चमा ‘स्याडो प्ले’ शुन्यप्राय: छ। निर्देशक अनिल सुब्बाले थिएटरमा भएको यही अभावमा नयाँ जमर्को गरे। यो जमर्कोले केही मान्यता पनि बदलेको छ। 

पर्दामा पात्रहरूको छायाँ देखिनेछ र आवाज सुनिनेछ। ‘हुन त अँधेरोमा छायाँँको भर हुन्न भनिन्छ। तर मलाई त्यस्तो लाग्दैन। अँध्यारोमा झन् छायाँँ त आफूभित्र समाहित हुन्छ। हरेक दिन छायाँँ हेर्दा हेर्दा त्यो फिल भयो। यसकारण छायाँँलाई बिम्बको रुपमा प्रयोग गरेँ,’ अनिल भन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

नाटकमा मात्र हैन, नाटक हेर्ने तरिकामा पनि अनिलले पृथक् शैली अपनाए। थिएटरमा दर्शकदीर्घामा रहेको चेयर हटाएर सुकुल ओछ्याइएको छ। नाटक हेरिरहँदा ब्याक इन ह्वाइट टिभीको समयको झल्को दर्शकहरूलाई आइरहन्छ, यदि दर्शकहरूले त्यो समय भोगेका छन् भने। त्यो समय नभोग्ने दर्शकको लागि भने यो नयाँ महसुस हुन्छ। नाटकका दृश्यहरू पनि अधिकांश श्यामश्वेत नै छन्, केही दृश्यबाहेक। 

आत्मविश्वासले मोलेको जोखिम

‘प्रचलित लोककथामा आधारित बुद्ध र भिखारीको कथा नै किन छनोट गरे त अनिलले?’

उनी नाटक निर्माण गर्नुअघिको पृष्ठभूमितर्फ फर्कन्छन्। ‘बुद्ध थिएटर फेस्टिभलमा हामीलाई भाग लिनु थियो। त्यसका लागि बुद्धका किंवदन्तीसँग जोडिएका कथा चाहिन्थ्यो। बुद्धको जीवनीसँग नजिक भएका कथा खोज्दै जाँदा यो रमाइलो लाग्यो,’ उनी भन्छन्।

एउटा भिखारीले हरेक दिन मागेर अन्न थुपारिरहेको हुन्छ। तर जति थुपारे पनि अन्न कहिल्यै बढ्दैन। एकदिन आफ्नै आँखाले देख्छ– उसले थुपारेको अन्न मुसाले चोरिरहेका छन्।

मुसा र भिखारीको संवाद हुन्छ। आफ्नो अन्न चोरेकोमा मुसालाई भिखारीले गाली गर्छ। त्यतिबेला मुसाले भन्छ– तैँले अन्न थुपारेर हुन्न। तेरो भाग जति छ, त्यति मात्र खान पाउँछस्। सबैले आ आफ्नै भागको कुरामात्र खान पाइन्छ। हैन भने गएर बुद्धलाई सोध्।’

सानो मुसाले बुद्धलाई गएर सोध् भन्दा भिखारीले मनन गर्छ। त्यसपछि ऊ बुद्धलाई प्रश्न सोध्न यात्रामा निस्कन्छ। यात्रामा आउने उतारचढाव, भेटिने पात्र र संयोगहरूलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

अनिललाई सुरुमा यो नाटक कसरी प्रस्तुत गर्ने भन्ने आइडिया थिएन। ‘बुद्ध भन्ने बित्तिकै शान्तवाला तस्वीर आउँछ। भगवानको स्वरुप आउने। यसो हेर्छु, हाम्रो एक्टरहरू कोही भगवान देख्दिनँ,’ उनी ठट्यौली भावमा भन्छन्। 

जति रिहर्सल गरे पनि नभएपछि मनमा एउटा ‘उत्पट्याङ’ आयो– ‘फूल लेन्थ स्याडो गरिदिऊँ।’

कलाकारले पनि आत्मविश्वासका साथ भने– हुन्छ, गरौँ।

‘तर स्याडो प्लेबारे न कतै पढेको। न कतै गरेको। खोज्दै, अध्ययन गर्दै, सिक्दै गर्यौँ ,’ अनिल भन्छन्।

यो नाटक सुरुमा उनीहरूले चुलाचुली रंगमञ्चमार्फत् आफ्नै ठाउँ इलाममा मञ्चन गरे। प्रतिक्रियाले उनीहरूलाई झनै हौस्यायो। त्यसपछि अघिल्लो वर्ष नाटक काठमाडौंमा आयोजित बुद्ध थिएटर फेस्टिभलमा मञ्चन भयो।

दर्शनमाथि प्रयोग 

‘बुद्धको कथामाथि नाटक बनाउँदै हुनुहुन्छ। दर्शनसँग जोडिएको गम्भीर विषयमाथिको चुनौतीचाहिँ कतिको हुँदो रहेछ?’ रिहर्सल भइरहेको बेला निर्देशक अनिललाई यो प्रश्न गरेको थिएँ। तर नाटक हेरिसकेपछि त्यो जवाफ सहजै मेटिने रहेछ। सरल प्रस्तुतिबाट नाटकले ठूलो बोध गराउनेछ।

त्यतिबेला अनिलको जवाफ पनि उतिकै अर्थपूर्ण थिए। ‘जुनै पनि कुरालाई सहज लिँदै गयो भने त्यसले सहजै बाटो खोज्छ। यदि नाटक बनाउँदा मैले बुद्ध भगवान हुन्। आधा संसार बुद्धको दर्शनबाट प्रभावित छ भन्ने हिसाबले गरेको भए सक्दिनँ थिएँ। गाह्रै हुन्थ्यो।  मेरो लागि मैले बुझेको बुद्ध के हो त?  त्यो बुझाइमा गएँ,’ अनिलले भने। 

सँगै उनले एउटा प्रसंग पनि सम्झिए, ‘अघि म बाटोमा हिँड्दै गर्दा एकजना सर सम्झिएँ। धेरै ठाउँमा म उहाँको कुराले प्रभावित छु। धेरै अगाडि उहाँले भन्नुहुन्थ्यो– भोलिका लागि काम गर केटा हो। त्यतिबेला हो जस्तो लाग्थ्यो। मसँग जवाफ थिएन। तर अब भेटें भने सरलाई म जवाफ दिनसक्छु– भोलि  त के थाहा र सर। भोलिको निर्धारण आजको कामले गर्छ।’

मानिस र प्रकृतिबीचको सम्बन्ध
नाटकमा भिखारीले नदी पारी गर्न कछुवालाई आग्रह गर्छ। आइरहेको कछुवाको सुस्त चाल देखेपछि भिखारीले भन्छ– छिटो आऊ न। 

कछुवाको जवाफ हुन्छ– ‘के को छिटो, मेरो छिटो नै यही हो।’

भिखारी र कछुवाको अर्को पनि रोचक संवाद छ। पारी तरेपछि भिखारीको शरीरमा लेऊ नै लेऊ लाग्छ। भिखारीले भन्छ– ‘के हो पानीमा बस्नेहरू नुहाउँदैनन् कि क्या हो?’ 

कछुवाको जवाफ हुन्छ, ‘पानीले सबैकुरा कहाँ पखाल्छ र?’

यो संवाद र दृश्यले मानिस र जनावरबीचको अन्तरसम्बन्ध र उनीहरूको स्वभावलाई नजिकबाट नियाँल्न खोजेको छ।

नाटकमा मानवीय क्रियाकलापले प्रकृतिमा पारेको असरबारे चिन्तन गरिएको छ। मुसाहरूले पहिले जसरी अन्न खान नपाउनु,  कछुवाले पानीको सतह घट्दै गएकोमा चिन्ता व्यक्त गर्नु। यी संवाद र दृश्यले जलवायु परिवर्तनको विषय पनि उठान गरेका छन्। 

नाटकमा प्राण भर्ने काम पात्रसँगै सँगीतले पनि गरेका छन्। पृष्ठभूमिका गुन्जिरहने संगीतले पात्रहरूलाई दर्शकसँग कनेक्ट गराउँछ।

काठमाडौंमा अघिल्लो वर्ष ‘चोरको स्वर’ निर्देशन(अन्वेश थुलुङ राई र अनिलको संयुक्त निर्देशन) गरेर अनिलले निकै प्रशंसा पाएका थिए। लिम्बु संस्कृतिमा विवाहको प्रकियामाथि बनेको नाटकले निकै दर्शक पनि पायो। 

यसपालि ‘बुद्ध र भिखारी’बाट स्याडो प्लेमा पनि अनिलले आफूलाई प्रमाणित गरे। 

नाटकमा वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा,गणेश ताण्डव, नवीन चन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनिष मगर, मोहन राईको भूमिका र अभिनय उतिकै प्रशंसनीय छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १६:२५
  • #बुद्ध र भिखारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस आइतबार, वैशाख २७, २०८३
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ आइतबार, वैशाख २७, २०८३
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन आइतबार, वैशाख २७, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने आइतबार, वैशाख २७, २०८३
काभा महिला भलिबल प्रतियोगिता जेठ दोस्रो साता, ८ देश सहभागी हुने आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्