• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च
नाटक समीक्षा

‘बुद्ध र भिखारी’ : कागजका पात्रहरूमा कलाकारको प्राण

64x64
समर्पण श्री बिहीबार, जेठ ३२, २०८०  १६:२५
1140x725

‘यो रुख हो। यो चाहिँ बादल, यो हेर्नु त घर। सब हाम्रा कलाकारले बनाएका!’

नाटक ‘बुद्ध र भिखारी’को रिहर्सल चलिरहेको थियो। मण्डला थिएटरको अँधेरो कोठामा पुग्दा वरिपरी सामान छरपष्ट थिए। कलाकारहरू कोही चित्र कोर्दै थिए। कोही कागजका घर, रुख र बादलजस्ता आकृति बनाउँदै थिए। 

निर्देशक अनिल सुब्बाले ती कलाकृतिबारे भने, ‘तपाईंलाई लाग्ला यी सामान कहाँबाट ल्याइयो। यी प्रयोगविहीन मानेर फालिएका कार्टुन, कागजबाट बनेका हुन्।’

महत्व नठानिएका कुराको उपयोगिता कति हुन्छ। नाटक ’बुद्ध र भिखारी’ हेरेपछि पात्रहरूले अनुभूत गराए। इलामको चुलाचुली रंगमञ्चले यसपालि काठमाडौंको थिएटरमा नयाँ स्वाद पनि चखाइदियो। चुलाचुलीले ‘स्याडो प्ले’मार्फत् आफ्नो फरक अनुहार पनि देखायो।

कागजको मान्छे, कागजका कछुवा, चिल, कुखुरा र कागजका मुसाहरू नाटकमा सजीव भएर आउँछन्। १ घण्टा अवधिको नाटकलाई उनीहरूले नै धान्छन्। 

नाटकमा कलाकाहरू कोरस छन्। उनीहरू पात्रका आवाज र मस्तिष्क बन्छन् र  हृदय छुन्छन्।

उसो त नेपाली रंगमञ्चमा ‘स्याडो प्ले’ शुन्यप्राय: छ। निर्देशक अनिल सुब्बाले थिएटरमा भएको यही अभावमा नयाँ जमर्को गरे। यो जमर्कोले केही मान्यता पनि बदलेको छ। 

पर्दामा पात्रहरूको छायाँ देखिनेछ र आवाज सुनिनेछ। ‘हुन त अँधेरोमा छायाँँको भर हुन्न भनिन्छ। तर मलाई त्यस्तो लाग्दैन। अँध्यारोमा झन् छायाँँ त आफूभित्र समाहित हुन्छ। हरेक दिन छायाँँ हेर्दा हेर्दा त्यो फिल भयो। यसकारण छायाँँलाई बिम्बको रुपमा प्रयोग गरेँ,’ अनिल भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नाटकमा मात्र हैन, नाटक हेर्ने तरिकामा पनि अनिलले पृथक् शैली अपनाए। थिएटरमा दर्शकदीर्घामा रहेको चेयर हटाएर सुकुल ओछ्याइएको छ। नाटक हेरिरहँदा ब्याक इन ह्वाइट टिभीको समयको झल्को दर्शकहरूलाई आइरहन्छ, यदि दर्शकहरूले त्यो समय भोगेका छन् भने। त्यो समय नभोग्ने दर्शकको लागि भने यो नयाँ महसुस हुन्छ। नाटकका दृश्यहरू पनि अधिकांश श्यामश्वेत नै छन्, केही दृश्यबाहेक। 

आत्मविश्वासले मोलेको जोखिम

‘प्रचलित लोककथामा आधारित बुद्ध र भिखारीको कथा नै किन छनोट गरे त अनिलले?’

उनी नाटक निर्माण गर्नुअघिको पृष्ठभूमितर्फ फर्कन्छन्। ‘बुद्ध थिएटर फेस्टिभलमा हामीलाई भाग लिनु थियो। त्यसका लागि बुद्धका किंवदन्तीसँग जोडिएका कथा चाहिन्थ्यो। बुद्धको जीवनीसँग नजिक भएका कथा खोज्दै जाँदा यो रमाइलो लाग्यो,’ उनी भन्छन्।

एउटा भिखारीले हरेक दिन मागेर अन्न थुपारिरहेको हुन्छ। तर जति थुपारे पनि अन्न कहिल्यै बढ्दैन। एकदिन आफ्नै आँखाले देख्छ– उसले थुपारेको अन्न मुसाले चोरिरहेका छन्।

मुसा र भिखारीको संवाद हुन्छ। आफ्नो अन्न चोरेकोमा मुसालाई भिखारीले गाली गर्छ। त्यतिबेला मुसाले भन्छ– तैँले अन्न थुपारेर हुन्न। तेरो भाग जति छ, त्यति मात्र खान पाउँछस्। सबैले आ आफ्नै भागको कुरामात्र खान पाइन्छ। हैन भने गएर बुद्धलाई सोध्।’

सानो मुसाले बुद्धलाई गएर सोध् भन्दा भिखारीले मनन गर्छ। त्यसपछि ऊ बुद्धलाई प्रश्न सोध्न यात्रामा निस्कन्छ। यात्रामा आउने उतारचढाव, भेटिने पात्र र संयोगहरूलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

अनिललाई सुरुमा यो नाटक कसरी प्रस्तुत गर्ने भन्ने आइडिया थिएन। ‘बुद्ध भन्ने बित्तिकै शान्तवाला तस्वीर आउँछ। भगवानको स्वरुप आउने। यसो हेर्छु, हाम्रो एक्टरहरू कोही भगवान देख्दिनँ,’ उनी ठट्यौली भावमा भन्छन्। 

जति रिहर्सल गरे पनि नभएपछि मनमा एउटा ‘उत्पट्याङ’ आयो– ‘फूल लेन्थ स्याडो गरिदिऊँ।’

कलाकारले पनि आत्मविश्वासका साथ भने– हुन्छ, गरौँ।

‘तर स्याडो प्लेबारे न कतै पढेको। न कतै गरेको। खोज्दै, अध्ययन गर्दै, सिक्दै गर्यौँ ,’ अनिल भन्छन्।

यो नाटक सुरुमा उनीहरूले चुलाचुली रंगमञ्चमार्फत् आफ्नै ठाउँ इलाममा मञ्चन गरे। प्रतिक्रियाले उनीहरूलाई झनै हौस्यायो। त्यसपछि अघिल्लो वर्ष नाटक काठमाडौंमा आयोजित बुद्ध थिएटर फेस्टिभलमा मञ्चन भयो।

दर्शनमाथि प्रयोग 

‘बुद्धको कथामाथि नाटक बनाउँदै हुनुहुन्छ। दर्शनसँग जोडिएको गम्भीर विषयमाथिको चुनौतीचाहिँ कतिको हुँदो रहेछ?’ रिहर्सल भइरहेको बेला निर्देशक अनिललाई यो प्रश्न गरेको थिएँ। तर नाटक हेरिसकेपछि त्यो जवाफ सहजै मेटिने रहेछ। सरल प्रस्तुतिबाट नाटकले ठूलो बोध गराउनेछ।

त्यतिबेला अनिलको जवाफ पनि उतिकै अर्थपूर्ण थिए। ‘जुनै पनि कुरालाई सहज लिँदै गयो भने त्यसले सहजै बाटो खोज्छ। यदि नाटक बनाउँदा मैले बुद्ध भगवान हुन्। आधा संसार बुद्धको दर्शनबाट प्रभावित छ भन्ने हिसाबले गरेको भए सक्दिनँ थिएँ। गाह्रै हुन्थ्यो।  मेरो लागि मैले बुझेको बुद्ध के हो त?  त्यो बुझाइमा गएँ,’ अनिलले भने। 

सँगै उनले एउटा प्रसंग पनि सम्झिए, ‘अघि म बाटोमा हिँड्दै गर्दा एकजना सर सम्झिएँ। धेरै ठाउँमा म उहाँको कुराले प्रभावित छु। धेरै अगाडि उहाँले भन्नुहुन्थ्यो– भोलिका लागि काम गर केटा हो। त्यतिबेला हो जस्तो लाग्थ्यो। मसँग जवाफ थिएन। तर अब भेटें भने सरलाई म जवाफ दिनसक्छु– भोलि  त के थाहा र सर। भोलिको निर्धारण आजको कामले गर्छ।’

मानिस र प्रकृतिबीचको सम्बन्ध
नाटकमा भिखारीले नदी पारी गर्न कछुवालाई आग्रह गर्छ। आइरहेको कछुवाको सुस्त चाल देखेपछि भिखारीले भन्छ– छिटो आऊ न। 

कछुवाको जवाफ हुन्छ– ‘के को छिटो, मेरो छिटो नै यही हो।’

भिखारी र कछुवाको अर्को पनि रोचक संवाद छ। पारी तरेपछि भिखारीको शरीरमा लेऊ नै लेऊ लाग्छ। भिखारीले भन्छ– ‘के हो पानीमा बस्नेहरू नुहाउँदैनन् कि क्या हो?’ 

कछुवाको जवाफ हुन्छ, ‘पानीले सबैकुरा कहाँ पखाल्छ र?’

यो संवाद र दृश्यले मानिस र जनावरबीचको अन्तरसम्बन्ध र उनीहरूको स्वभावलाई नजिकबाट नियाँल्न खोजेको छ।

नाटकमा मानवीय क्रियाकलापले प्रकृतिमा पारेको असरबारे चिन्तन गरिएको छ। मुसाहरूले पहिले जसरी अन्न खान नपाउनु,  कछुवाले पानीको सतह घट्दै गएकोमा चिन्ता व्यक्त गर्नु। यी संवाद र दृश्यले जलवायु परिवर्तनको विषय पनि उठान गरेका छन्। 

नाटकमा प्राण भर्ने काम पात्रसँगै सँगीतले पनि गरेका छन्। पृष्ठभूमिका गुन्जिरहने संगीतले पात्रहरूलाई दर्शकसँग कनेक्ट गराउँछ।

काठमाडौंमा अघिल्लो वर्ष ‘चोरको स्वर’ निर्देशन(अन्वेश थुलुङ राई र अनिलको संयुक्त निर्देशन) गरेर अनिलले निकै प्रशंसा पाएका थिए। लिम्बु संस्कृतिमा विवाहको प्रकियामाथि बनेको नाटकले निकै दर्शक पनि पायो। 

यसपालि ‘बुद्ध र भिखारी’बाट स्याडो प्लेमा पनि अनिलले आफूलाई प्रमाणित गरे। 

नाटकमा वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा,गणेश ताण्डव, नवीन चन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनिष मगर, मोहन राईको भूमिका र अभिनय उतिकै प्रशंसनीय छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १६:२५
  • #बुद्ध र भिखारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्