• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विधिभन्दा माथि दलीय सहमति!

64x64
डिबी खड्का बिहीबार, जेठ ३२, २०८०  ०९:१८
1140x725

काठमाडौं– आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सत्ता पक्षकै दलहरुले संसद्‌मा असहमति प्रकट गरे। असहमति प्रकट गर्नेमा सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि कांग्रेस महामन्त्री गगन थापासम्म छन्। जसले वर्तमान बजेट अवास्तविक भएको उल्लेख गर्दै संशोधन जरुरी भएको कुरा संसदमा उठाए।

एकीकृत समाजवादीका नेपालले यथास्थितिमा बजेट पास भए वर्तमान सत्ता-गठबन्धनको सरकार ढल्नसक्ने चेतावनीसमेत दिए। प्रतिनिधि सभाको बैठकपछि आइतबार सञ्चारकर्मीसँग नेपालले यस्तो अभिव्यक्ति दिएका थिए। उनको भनाइ थियो, ‘यो बजेटप्रति धेरै साथीहरू असन्तुष्ट हुनुहुन्छ। आक्रोशित नै हुनुहुन्छ। त्यसैले बजेटमा लचकता नदेखाए के हुन्छ भन्न सकिँदैन। यही स्थिति रहने हो भने सरकार दुर्घटनामा जान्छ। तर त्यस्तो नजाओस्।’

सरकारलाई जोगाउनेमा प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यान जानुपर्ने बताउँदै उनले सबै चित्त बुझाएर, बेठीक कुरालाई सच्याएर जानुपर्ने र त्यसमा आफ्नो पनि प्रयास रहने बताएका थिए। त्यसअघि कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बजेट अवास्तविक भएको स्वीकार्नुपर्ने बताएका थिए। कमजोरी रहेको जानेर अघि बढ्दा लक्ष्य हासिल हुन नसक्ने धारणा उनले राखेका थिए।

सत्तापक्षका सांसदहरुले नै संसदमा खुलेर आलोचना गरेपछि बजेट संशोधन गर्ने निष्कर्षमा सरकार पुगेको छ। जनप्रतिनिधिहरुको सुझावलाई बजेटमा समेट्नका लागिभन्दा पनि सत्ता गठबन्धनभित्रै तिक्तताको विजारोपण हुन थालेपछि बजेट संशोधन गर्न सरकार तयार भएको देखिएको छ।

सांसदका सुझावका आधारमा बजेट संशोधन गर्ने सहमति भने संसद्‌मा नभइ सत्तारुढ गठबन्धनको बैठकमा भएको छ। मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले बजेट संशोधन गर्ने सहमति गरेको हो। ‘बजेट असन्तुलित भएको गुनासो आएकाले ती गुनासो सम्बोधनका लागि संशोधन गर्ने सहमति भएको हो। बजेट पारित नहुँदै केही शीर्षकमा मिलाउन सकिने भएकाले संशोधनको सहमति भएको हो,’ बैठकमा सहभागी एक नेताले भने।

संशोधन अनुसार कम बजेट परेका क्षेत्रमा थप्ने र बढी परेका क्षेत्रमा घटाउने विषयमा नेताहरुबीच सहमति भएको छ। संसद्‌मा प्रस्तुत बजेट जस्ताको तस्तै पारित गर्ने गरिए पनि अहिले कतिपय ठाउँमा धेरै गुनासो आएकाले मिलाउने प्रयास स्वरुप संशोधनको सहमति भएको बताइएको छ।

बजेट संशोधन गर्ने सरकारको कदम सही भए पनि बाटो भने गलत भएको पूर्व सभामुख दमनाथ ढुंगाना बताउँछन्। उनले भने, ‘गलत भएको कुरा संसद्‌मा कराएरै सुधार गर्ने हो। सुधार गर्नका लागि सहमति आवश्यक हुन्छ तर त्यो संसदीय दायराभित्रै खोजिनुपर्छ। त्यसका लागि कार्य व्यवस्था परामर्श समिति, संसदीय समिति र विशेष समिति गठनसमेतका व्यवस्था छन्।’ संसद्को हाताभन्दा बाहिर गर्ने सहमतिले संसद्को गरिमामा आँच आउने उनी बताउँछन्।

संसद्लाई दलीय सहमतिले ओभरटेक गरेको घटना भने यही पहिलो होइन। यसअघि नागरिकता विधेयक प्रमाणीकरण र पशुपतिमा चढाइएको सुनको जलहरी विवादमासमेत दलहरुले यस्तै अभ्यास गरेका थिए। राष्ट्रपति कार्यालयमा विचाराधीन नागरिकता विधेयकका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले बाहिरै छलफल चलाएका थिए। विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउने विषयमा उनीहरुले वकिलहरूसँग छलफल गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री निवास बालुवाटारमा वैशाख २३ गते छलफल गरेर राष्ट्रपतिले सोही अवस्थामा प्रमाणीकरण गर्न सक्ने निष्कर्ष निकालिएको थियो। त्यसपछि मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। सत्ता गठबन्धनका शीर्ष नेताहरुको निष्कर्षको परिणाम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणित गरिदिए।

संसद्‌मा उठाइएका प्रश्नहरुको हलसमेत नेताहरुले बाहिरै खोजिरहेका छन्। जसको अर्को उदाहरण हो, प्रतिनिधि सभामा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा चढाइएको सुनको जलहरीमाथि उठाएको सवाल। दाहालले जेठ १० गतेको बैठकमा दाहालले भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दाखेर कति भ्रष्टाचारका काण्डहरु आए? यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार। त्यति मात्रै होइन, पशुपतिनाथको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरु हजारौं, सयौं यस्ता भ्रष्टाचारका काण्डहरु छन्।’

संसद्‌मा दाहालले दिएको उक्त अभिव्यक्तिबाट एमाले चिढियो। जेठ १२ गतेको बैठकमा उसका सांसदहरुले असन्तुष्टि र आक्रोश मात्रै व्यक्त गरेनन्, वेल पनि घेराउ गरे। नाराबाजी गरे। बजेट प्रस्तुत गर्ने समयमा संसद्‌मा भइरहेको अवरोध हटाउन दलहरुले विधिबाहिरको पद्धति अवलम्बन गरे। सामान्यतया संसद्‌मा आएका यस्ता समस्याको समाधान कार्य व्यवस्था तथा परामर्श समितिमा खोजिन्छ। तर,  यो समस्या समाधानका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बाहिरै बैठक बस्यो।

प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्दै लेखनाथ दाहालले इंगित गरेको भ्रष्टाचारमा एमाले अध्यक्ष केपी शर्मा ओलीको संलग्नता नरहेको प्रष्ट्याउने, सभामुखले पनि उनको अभिव्यक्ति-अंशलाई रेकर्डबाट हटाउने र एमालेले अवरोध नगर्ने सहमति भयो। त्यही सहमतिअनुसार संसद्‌मा बाँकी प्रक्रिया अघि बढ्यो।

उक्त विषयमा गत शुक्रबार कांग्रेस सांसद अर्जुननरसिंह केसीले सवाल उठाएका थिए। केसीले संविधानको धारा १०३ ले दिएको विशेषाधिकार संविधानको धारा १०५ ले मात्र तोड्नसक्ने बताउँदै अन्य कुनै सहमतिले तोड्न नसक्ने बताएका थिए। ‘त्यो संसदीय परम्परा मैले कहिँ पनि नदेखेको परम्परा हो। मैले त्यही दिनदेखि बोल्न खोजेको हो। मैले निकै प्रयत्न गरेँ हामी गलत दिशातर्फतिर जाँदै त छैनौं भनेर। सहमतिले संविधान परिर्वतन गर्न सकिन्छ र तर संविधान तोड्न सक्दैनौं,’ उनले भने।

पूर्व सभामुख दमनाथ ढुंगाना, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र कांग्रेसका नेता डा शेखर कोइरालाले उक्त कदमको त्यहीबेला सार्वजनिक रुपमा विरोध जनाएका थिए। सत्ताधारी र प्रतिपक्ष दलका नेताहरुले बाहिरैबाट प्रतिनिधि सभालाई ‘कब्जामा’ लिने विषयमा पूर्व निर्वाचन आयुक्त पोखरेलले प्रश्न उठाएका थिए। ‘संसद्‌को अधिकार सीमित दलका नेताले नै उनीहरुको स्वार्थ अनुकूल प्रयोग गर्ने हो भने संसद्को औचित्य के रह्यो? देशको सार्वभौमसत्ता अधिकार संसद्‌मा कि सीमित दलका नेतृत्वमा हो?’ उनको प्रश्न थियो।

गएका तीन महिनामा भएका यी घटनाले स्थापित विधिभन्दा माथि दलीय सहमति हुन थालेको देखिएको छ। जसको असर संसदीय प्रणालीमासमेत परिरहेको पूर्व सभामुख दमनाथ ढुंगाना बताउँछन्।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्