काठमाडौं– नाट्य प्रशिक्षक एवं रङ्गकर्मी टंक चौलागाईंको सहकार्यमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा १२ वर्षदेखि नाट्य शिक्षा पठनपाठन भइरहेको छ।
विद्यार्थीहरुले थिएटरमा नाटक मञ्चन पनि गर्दै आइरहेका छन्। हरेक वर्ष विभिन्न थिएटर र विद्यालयमा ‘मोबाइल थिएटर’ स्थापना गरेर नाटक सप्ताह मनाउँदै आइरहेको छ।
यो वर्ष कक्षा पाँचदेखि दशसम्मका विद्यार्थीहरुले करिब ११ नाटक मञ्चन गर्दैछन्। यी सबै नाटक रङ्गकर्मी टंक चौलागाईंको लेखन/निर्देशन र सुरज मल्ल, सुरज तमु, मन्जु गिरीको निर्देशन सहयोगमा तयार भएका हुन्।
प्रज्ञा कुन्जले हरेक वर्ष एकल बाल नाटक महोत्सव आयोजना गर्दै आइरहेको छ।
यो वर्ष पनि यो महोत्सवलाई निरतरता दिनेछ। हरेक वर्ष विद्यालयका विद्यार्थीहरू नाट्य महोत्सवमाभाग लिन विभिन्न देशमा गइरहेका छन्। नाट्य निर्देशक सहित यो वर्ष १५ जना विद्यार्थी र एक जना शिक्षक फ्रान्समा सहभागी भए। यस विद्यालयका विद्यार्थीहरू पोल्यान्ड, बेलारुस, बंगलादेश, अष्ट्रेलियामा नाट्य उत्सवमा सहभागी भइसकेका छन्।
यो नाटक सप्ताह जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म स्टुडियो थिएटर पिङ्गलास्थानमा मञ्चन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।