• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वैदेशिक शिक्षाका नाममा विद्यार्थी ठग्दै कन्सल्टेन्सी

64x64
नेपाल लाइभ मंगलबार, भदौ १२, २०७५  ००:५४
1140x725

काठमाडौं– पछिल्लो समय अध्ययनका लागि विदेश जाने लहर चलेको छ। विदेशका विभिन्न विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिन खोलिएका कन्सल्टेन्सीबाट विद्यार्थी ठगिने क्रम बढदै गएको छ।

राजधानीलगायत देशका प्रमुख सहरमा खोलिएका धेरैजसो कन्सल्टेन्सी भने कुनै पनि सरकारुी निकायमा दर्ता नै नगरी संचालनमा रहेका छन्। अध्ययन गर्न विदेश पठाइदिने भन्दै विद्यार्थीसँग ठूलो रकम ठगेर कन्सल्टेन्सीका संचालक फरार हुने क्रम पनि बढदै गएको छ।

कन्सल्टेन्सीको उद्देश्य विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीलाई विदेशी कलेज र भर्ना प्रक्रियाका साथै भिसा प्रक्रियाको जानकारी दिएर सहयोग गर्ने हो। तर, कन्सल्टेन्सीले आवश्यकताभन्दा बढी पैसा असुल्ने र विद्यार्थीसँग पैसा उठाएर भाग्ने गरेको उजुरी प्रहरीमा पर्ने गरेका छन्। 

विदेश अध्ययन गर्ने जाने चाहने धेरै विद्यार्थी मारमा पर्छन्। अध्ययन गर्न विदेश जाने विद्यार्थीबाट उच्च रकम असुल्ने र बिचल्ली बनाएर भाग्ने गरेका कारण कल्सल्टेन्सीप्रति समाजको दृष्टिकोण नकारात्मक हुन थालेको छ।

सरकारले कन्सल्टेन्सीको नियमन गर्न नसक्दा शैक्षिक परामर्श क्षेत्रमा व्यवसायीको मात्र एकपक्षीय मनोमानी चल्दै आएको छ। एकातिर थोरै लगानी गरेर राम्रो कमाई गर्ने र विद्यार्थी  पठाए बापत् सम्बन्धित कलेजसँग कमिसन समेत लिने गरेका छन्।

लाखौं ठगेर फरार हुन्छन् कन्सल्टेन्सी संचालक

ब्रोड–वे एजुकेशन कन्सलटेन्सी थापाथलीका सञ्चालक दिपककुमार देवले बंगलादेशमा एमबिबिएस् अध्ययनका लागि पठाइदिने भनेर सिराहाका उज्वल यादवसँग ३३ लाख २३ हजार रकम ठगेर फरार भए। न्याय खोज्दै प्रहरी र शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखासम्म पुगेका यादवलाई ठग्ने देव भने फरार छन्। फरार देवको खोजी गरिदिन आग्रह गर्दै यादव दिनहुँजसो प्रहरीको ढोका ढकढक्याउन पुग्ने गरेको छन्। ‘एकतिर पैसा स्वाहा भयो, अर्कातिर पढाई बिग्रियो’ उनले भने।

कोटेश्वरस्थित पब्लिक एजुकेशन फाउन्डेशन सञ्चालक दिनेश शाहले भारतको राम्रो विश्वविद्यायलमा अध्ययन गर्न पठाइदिने भन्दै दुई जना विद्यार्थीसँग लाखांैै ठगेर फरार भए। ठगिएका ती दुई विद्यार्थी रजिव राना र विकास खत्री न्यायको खोजीमा कहिले शिक्षा मन्त्रालय र कहिले प्रहरीमा भौंतारिरहेका छन्। दुई जना विधार्थीसँग ३५ लाख रुपैयाँ उठाएर फरार भएका शाहको उजुरी महानगरीय अपराध महाशाखा टेकुमा विचाराधीन छ।

Ncell 2
Ncell 2
nimb
nimb

जिपिसी कन्सल्टेन्सीका संचालक कृष्णप्रसाद गुप्ताले रौतहटका अंकित गुप्तालाई अध्ययनका लागि सिंहापुर पठाइदिने भन्दै ८ लाख ठगेर फरार भएपछि उजुरी लिएर वैदेशिक रोजगार विभाग धाउने गरेका छन्। एभिन्यु एजुकेशन कन्सलटेन्सीका सञ्चालकद्वय सिताराम पाण्डे र अमृत खरेलले गलत विज्ञापन छापी नक्कली कागजात बनाएर विद्यार्थी ठगी गर्ने गरेको उजुरी प्रहरीमा पटक पटक परेको छ। सुनौलो प्रकास कन्सलटेन्सीका आर्यन लामामाथि पनि वैदेशिक अध्ययनका नाममा ठगी गरेको आरोप लागेको छ।

गुप्ता, यादव, बस्नेत त प्रतिनिधि पात्र मात्र हुन्। कन्सल्टेन्सीबाट ठगिएका विद्यार्थीको संख्या कति छ यकिन छैन। ठगीमा परेका सबैले समयमा नै उजुरी गर्ने नगरेकाले पनि ठगिएका विद्यार्थीको संख्या निश्चित गर्न गाह्रो भएको हो।

सहरमा चिया पसलजस्तै खोलिएका कन्सल्टेन्सीबाट शिक्षित युवा नै आर्थिक शोषणमा पर्ने गरेको पाइन्छ। पाँच लाखदेखि ४० लाख रुपैयाँसम्म ठगी गरेर फरार भएको उजुरी पर्ने गरेको प्रहरीको भनाई छ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढ्दै गएसँगै यसका विकृति पनि देखा पर्न थालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्याल बताउँछन्। यो समस्या समाजकै भएकाले सबै मिलेर समाधान खोज्नुपर्ने उनको भनाई छ। यसरी ठगीमा संलग्न कन्सल्टेन्सीलाई मन्त्रालयले बन्द गर्न सक्ने अर्यालको दाबी छ। 

Xtrem

Xtrem

तर अर्यालले भने जस्तो ठगीमा संलग्न कन्सल्टेन्सीलाई बन्द गर्ने कारबाही चाँहि मन्त्रालयले हालसम्म गरेको छैन। वैदेशिक अध्ययन परामर्श क्षेत्रका विकृति रोक्न सरकारले जस्तोसुकै कदम चाल्न सक्ने उनले बताएका छन्। 

वार्षिक ९ सय ठगीका उजुरी 

महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रवक्ता नरेन्द्र उप्रेतीका अनुसार ठगी गर्ने कतिपय कन्सल्टेन्सी दर्ता नै नगरी सञ्चालन भइरहेका देखिएको छ। विद्यार्थी ठगेर भाग्ने कतिपय कन्सलटेन्सी सञ्चालकको पहिचान खुल्ने कुनै प्रमाण नहुँदा त्यस्ता व्यक्तिलाई कारबाही गर्न प्रहरीलाई समस्या भइरहेको प्रवक्ता उप्रेतीको भनाई छ। वार्षिक रुपमा ७ सयदेखि ९ सयवटा सम्म उजुरी पर्ने गरेको महाशाखाले जानकारी दिएको छ।

दर्ता नगरी कन्सल्टेन्सी चलाउने, विधार्थी ठग्ने, भ्रामक विज्ञापन गरेर प्रचारप्रसार गर्ने, विद्यार्थीका कागजात कब्जा गर्ने र बिना स्वीकृति सेमिनार गर्ने गरेकाले विद्यार्थी ठगिने क्रम  बढेको प्रहरीको भनाई छ। यी मुद्दामा शिक्षा मन्त्रालयले नियमन गरेको पाइँदैन। 

प्रतिवर्ष विदेशिने विद्यार्थी ५० हजारभन्दा बढी 

भारत, बंगलादेश, अष्टे«लिया, अमेरिका, जापान र चीनलगायत विभिन्न राष्ट्रमा नेपाली विद्यार्थी अध्ययनका लागि जाने गरेका छन्। सरकारी छात्रवृत्तिमा नै अध्ययनका लागि विदेशिने विद्यार्थी पनि छन्। तर सरकारी कोटामा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या नगण्य छ। सरकारी कोटामा र व्यक्तिगत तरिकाले वार्षिक रूपमा ५० हजारभन्दा धेरै विद्यार्थी अध्ययनका जाने विदेश पुग्ने गरेका छन्। 

आर्थिक  वर्ष २०७४/७५ मा ५० हजार ६ सय जना विद्यार्थी अध्ययनका लागि सरकारसँग अनुमति लिएर विभिन्न देश पुगेको जानकारी वैदेशिक शिक्षा अनुमति शाखाले दिएको छ।  

अघिल्लो आर्थिक वर्षको तुलनामा करीव आठ हजार बढी विद्यार्थी विदेशिएका छन्। शिक्षा मन्त्रालयका अनुसार हरेक दिन दुई सय विद्यार्थी विदेश अध्ययनका लागि अनुमति लिने गरेका छन्। अध्यनयको नाममा विदेशिने र उतै रोजगारीमा गरेर बस्ने क्रम पनि बढदै गएको छ।

इन्जिनियरिङ, पाइलट, डाक्टर, सिएलगायतका विषय अध्ययन गर्न विभिन्न देशका विश्वविद्यालयमा नेपाली विद्यार्थी जाने गरेको शिक्षा मन्त्रालयको वैदेशिक शिक्षा शाखाले उल्लेख गरेको छ। विदेशमा अध्ययनका लागि भन्दै वार्षिक १ खर्ब २५ अर्ब रुपैयाँ विदेशिने गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर २  हजार ६ सय कन्सल्टेन्सी सञ्चालनमा छन्। कन्सल्टेन्सीले लाखौं रुपैयाँ आम्दानी गर्ने गरेका भए पनि सरकारले करको दायरामा ल्याउन सकेको छैन। 


 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०७५  ००:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार)देखि औपचारिक रूपमा सुरु भएको छ। बुधबार, असोज ७, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्