• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिमको नीति तथा कार्यक्रममाथि छलफल: सत्ता पक्षको प्रशंसा, प्रतिपक्षको कडा आलोचना

64x64
शेरबहादुर ऐर शनिबार, जेठ २७, २०८०  १०:२७
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल शुरु भएको छ। प्रदेश सभामा शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा सत्तापक्षका सांसदहरु नीति तथा कार्यक्रमको बचाउमा उत्रिएका छन् भने प्रतिपक्षी दलका सांसदहरु भने कडा आलोचना गरिरहेका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा दीर्घकालिन योजनाहरु समेट्न नसकिएको बताए। उनले नीति तथा कार्यक्रममा सोच परिवर्तन हुन नसकेको र संकुचन रहेको बताए। पूर्व मुख्यमन्त्री समेत रहेका रावलले भने, ‘अहिले मुख्यमन्त्री जताको भयो त्यतैको विकास हुने देखिन्छ। फराकिलो हृदयका साथ नीति तथा कार्यक्रम बन्नुपर्ने थियो। त्यो भएन। बजेट समावेशी बनोस्।’

उनले नीति तथा कार्यक्रम चुनावी नाराजस्तै बनेको बताए। ‘नीति तथा कार्यक्रम प्रदेशबासीले स्वागत गर्ने खालका हुनुपर्छ। खानेपानीको व्यवस्था गर्छु, विद्युत् पुर्‍याउँछु लगायतका कुरा उल्लेख गरेर हुँदैन। यो चुनावी नारा हो। यस्ता हुनुहुँदैन। प्रदेशका प्रमुख समस्यालाई समाधान गर्ने गरी ल्याउनुपर्थ्यो। त्यो देखिएन्।’

उनले सरकारलाई व्यक्तिमुखी र आत्ममुखी नबन्न सुझाव दिए। उनले चुरेजस्तो संवेदनशील क्षेत्रलाई संरक्षण गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताए। उनले भने, ‘बुँदा नम्बर ५८ मा सामुदायिक वन हस्तान्तरण कार्यलाई व्यवस्थित गर्न तराई, चुरे र महाभारत क्षेत्रमा थप नयाँ सामुदायिक वन हस्तान्तरण सकिने व्यवस्था उल्लेख छ। संघीय सरकारले नै चुरे संरक्षणका लागि काम गरिरहेको छ। तर प्रदेश सरकारले चुरेजस्तो संवेदनशील क्षेत्रमा संरक्षण गर्नतर्फ ध्यान दिएन्।’ उनले सरकारको बजेट बालुवामा पानी हालेको जस्तै नीति तथा कार्यक्रम आएको बताए।

प्रतिपक्षी नेता तारा जोशीले अनावश्यक खर्चमा रोक लगाउने गरी नीति तथा कार्यक्रम बन्नुपर्ने बताए। उनले भने, ‘अहिले चिडियाखाना आवश्यक हो जस्तो लाग्दैन र यसले प्रदेश सरकारलाई उपलब्धि देला भन्ने पनि देखिँदैन। अनावश्यक खर्चमा रोक लगाउनुको सट्टा सरकार आफैं त्यो बाटोमा हिँडिरहेको छ।’ उनले नीति तथा कार्यक्रमको दस्तावेज ४ वर्ष अगाडि ल्याइएको जस्तै रहेको बताउँदै जोशीले भने, ‘नीति तथा कार्यक्रम हिजोको निरन्तरता भयो। सारमा परिवर्तन छैन। यसले के परिणाम दिन्छ? कर्मकाण्ड जस्तै भयो। त्यहि बाटो हिँडेर कसरी गन्तव्यमा पुगिन्छ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टले सरकारले स्वास्थ्य र शिक्षामा प्राथमिकता भने पनि ठोस योजना दिन नसकेको बताइन्। उनले एकल महिलाका छोराछोरीलाई पनि विद्यालयमा छात्रवृत्तिको व्यवस्था गरिनुपर्ने माग अघि बढाइन्। उनले भनिन्, ‘दलित, असहाय, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित, सिमान्तकृत लगायतका बालबालिकालाई विद्यालयमा छात्रवृत्तिको व्यवस्था गर्ने नीति लिइएको छ। एकल महिलाले पाएको भत्ताबाट आफना छोराछोरी पढाउनुपर्ने अवस्था छ। उनीहरुलाई पनि छात्रवृत्तिको व्यवस्था गर्नतर्फ सरकारको ध्यान जाओस्।’ 

विष्टले गोदावरी क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले सरकारले त्यसको विकासका लागि बजेटको व्यवस्थापन गर्नुपर्ने बताइन्।

नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले प्राविधिक र व्यवहारिक शिक्षामा सरकारले जोड दिनुपर्ने बताए। उनले अहिले पनि ग्रामिण र शहरबीचको खाडल कायम रहेको बताए। उनले भने, ‘शिक्षा गुणस्तरीय मात्र होइन अब प्राविधिक र व्यवहारिक शिक्षा हुनुपर्छ। प्रदेशमा सांस्कृतिक पहिचानसहितको विश्वविद्यालय आवश्यक छ।’ उनले नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउँदै भने, ‘यसलाई कागजमै सीमित राख्नुभन्दा कार्यान्वयन जाने गरी बजेट ल्याउनुपर्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा एकीककृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आफनो अधिकार क्षेत्रलाई पहिचान गरी कार्यक्रम बनाउनुपर्ने बताए। उनले भने, ‘प्रदेश सरकारको अधिकार क्षेत्रका काममा बढी ध्यान दिएर बजेट निर्माण गरौं। स्थानीय तहसँग मिलेर अघि बढ्नुपर्छ।’

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले नीति तथा कार्यक्रम उपयुक्त रहेको बताए। उनले भने, ‘नीति तथा कार्यक्रमले सबै क्षेत्र समेटेको छ। तर पनि सुदूरपश्चिम प्रदेशका केही गौरवका योजना थप्नुपर्ने थियो। त्यो भएन। बजेट ल्याउँदा समेटिन्छ भन्ने आशा लिएको छु।’ 

उनले ‘एक जिल्ला एक उद्योग’ भन्दा एक निर्वाचन क्षेत्र एक उद्योग निर्माण गर्नेगरी कार्यक्रम बनाउन सुझाव दिए। 

नेपाली कांग्रेसका नेता मेखराज खड्काले नीति तथा कार्यक्रमले थुप्रै क्षेत्रलाई समेटिएको भन्दै सरकारको बचाउ गरे। उनले प्रश्न गर्दै भने, ‘नीति तथा कार्यक्रममा राम्रा पक्ष थुप्रै छन्। सभामुखको बायाँपट्टी बसेपछि सबै कुरा खराव देख्ने दिनको अन्त्य कहिले होला?’

उनले वर्षात्‌को मौसम सुरु भइरहेकाले सरकारले बाढी, पहिरो तथा डुवानतर्फ ध्यान दिनुपर्ने सुझाव दिँदै भने, ‘मेरो निर्वाचन क्षेत्रमा रहेको बैजनाथ धाम मन्दिर पहिरोको जोखिममा रहेको छ। त्यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ।’

सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको जानकारी दिएका छन्। प्रदेश सभाको अर्को जेठ २८ गते विहान ८ बजे बस्ने छ। 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको विविधतालाई आत्म... शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शुक्रबार उद्घाटन भएर शनिबार बिहानैदेखि बन्दसत्र चलिरहेको थियो । विभिन्न समितिका प्रतिवेदनहरु पेस भइरहेका बेला आयोजकले राष्ट्रिय भेला... शनिबार, साउन ३०, २०८३
शशांक भन्छन्: नयाँ पार्टी खोल्ने पक्षमा छैन, देउवाकै नेतृत्वमा नियमित महाधिवेशन हुन्छ कांग्रेसको विद्रोही पक्षको राष्ट्रिय भेलामा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले अहिले आफूहरु नयाँ पार्टी खोल्ने योजनामा नभएको बत... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्