एजेन्सी– बंगलादेशका राष्ट्रिय टिमका क्रिकेट खेलाडी मोसाद्देक हुसन श्रीमतीका कारण विवादमा परेका छन्। दाइजोका कारण आफूलाई घरबाट निकालेको उनकी श्रीमती शर्मिन समिरा उसाले बताएकी छिन्।
उनीहरुले ६ वर्षअघि बिहे गरेका थिए। पहिलो वर्षदेखि नै उनीहरुबीच सम्बन्ध बिग्रिएको थियो।
१० लाख टाका अर्थात् करिब १३ लाख रुपैयाँ बराबरको दाइजो नपाउँदा उनले श्रीमतीलाई घरबाट निकालेको समिराका वकिलले बंगलादेशी मिडियामा बताएका छन्।
विवादपछि उनीहरु डिभाेर्सको प्रक्रियामा छन्।
बंगलादेशका चर्चित क्रिकेटर हुसन एसिया कपका लागि टिममा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।