महोत्तरी– नौ महिने बालकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ। उनको अपहरणपछि हत्या भएको परिवारका सदस्यले बताएका छन्।
जिल्लाको औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी नौ महिने छोरी सोनालिकाको हत्या भएको हो। आइतबार हराएकी उनको सोमबार नजिकै आँप बगौचामा शव भेटिएको प्रहरीले जनाएको छ।
एक स्थानीय युवकले बालिकलाई बोकेर लिएर गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
अपहरणको आशंका गरिएपछि फिरौती भने मागिएको थिएन। बालिकाको बुबाको औरही बजारमा पसल छ।
बालिकालाई स्थानीय युवकले उठाएर लिएर गएको सिसिक्यामेरामा पनि देखिएको छ। विस्तृत अनुसन्धान भइरहेको एसपी ईश्वर कार्कीले बताए।
संकित व्यक्ति टोपी किन्ने वहानामा चौधरीको पसलमा गएका थिए। पसल गएका थिए। आमा सामान बेच्न व्यस्त भएको बेला उनले बालिका लिएर गएको आँकलन गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।