काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छैठौं तहका अधिकृत (ल्याब टेक्निसियन ) लेखनाथ भट्टराईलाई घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई संखुमुलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरि दिने भन्दै ५० हजार घुस लिएको अख्तियारले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।