एजेन्सी- अमेरिकाको फ्लोरिडमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली हानी आफूले पनि आत्महत्या गरेका छन्।
फ्लोरिडास्थित एक मलमा भिडियो गेम प्रतियोगिता चलिरहेको बेला उनले गोली हानेका हुन्। सो क्रममा उनले दुई जनाको ज्यान लिए। घटनामा घाइते ९ जनाको अस्पतालमा उपचार भइरहेको छ।
अधिकारीहरुका २४ वर्षीय डेभिड काट्ज नाम गरेका ती बन्दुकधारी बाल्टिमोरबाट आएका थिए। उनको साथमा एक ह्यान्डगन थियो।
उनी आफै पनि मेडन एनएफएल १९ भिडियो गेममा सहभागी थिए। ती बन्दुकधारी २०१७ का च्याम्पियन समेत रहेका बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।