काठमाडाै- राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊन सरकारसँग आग्रह गरेको छ ।
आयोगले यस्ता अपराधहरुमा कारवाही नभएको पाइएको र यसले दण्डहिनता वढाएको भन्दै सरकारसँग यस्तो माग गरेको हो । नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा आयोगले सरकारसँग यस्तो माग गरेको हो ।
आयोगले दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित गर्न पनि सरकारलाई आग्रह गरेको छ।
जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन र कानूनको प्रभावकारी कार्यान्वयन गर्न आयोगको विज्ञप्तिमा भनिएको छ।
आयोगले सवै राजनीतिक दलहरुलाई जातीय विभेद तथा छुवाछूतका घटनालाई निर्मूल गर्नका लागि कानुनको कार्यान्वयनमा सहयोग पु¥याउन आग्रह गरेको छ। जनप्रतिनिधिहरु, नागरिक समाज, सबै धार्मिक संघसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा आम नागरिकलाई समेत आयोगले यस्तो आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।