• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

महाकालेश्वरमा प्रचण्ड : स्खलनको गहिरो बिन्दु

64x64
किशोर दहाल आइतबार, जेठ २१, २०८०  ०९:२१
1140x725

काठमाडौं– चार दिने भारत भ्रमणमा रहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार मध्यप्रदेशको इन्दौर-उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगे। गेरुवा वस्त्रले बेरिएका उनले तीन धर्के तेर्सो चन्दन लगाए। गर्भगृहमा फूल चढाए, दूध चढाए। नेपालबाटै लगिएको रुद्राक्ष चढाए। जानी-नजानी आरती समेत गरे। रुद्राक्ष भने परराष्ट्रमन्त्रीले लगेको र आफूले छोइदिएको उनको भनाइ छ। चर्चा भए जस्तो, आफ्नी पत्नीको स्वास्थ्यको कामना गर्दै त्यहाँको पूजाआजामा सहभागी नभएको पनि उनले प्रष्टीकरण दिएका छन्।

प्रचण्डले उज्जैनमा उजागर गरेको धार्मिक व्यक्तित्वको अहिले नेपालमा आलोचना भइरहेको छ। मध्यप्रदेशको इन्दौर पुगेका बेलामा महाकालेश्वर जानु स्वाभाविक भएकाले आफू त्यहाँ पुगेको प्रधानमन्त्री प्रचण्डले बताएका छन्। त्यहाँको धार्मिक पर्यटनको आकार हेर्ने र लाखौं पर्यटकलाई व्यवस्थापन गर्ने उपायहरु सिक्ने काममा मात्रै केन्द्रित भएको भए अहिले उठेका प्रश्न उनीमाथि उठ्ने थिएनन्। तर, उनले त मुख्य अतिथि भएर सबै ‘प्रोटोकल’ पूरा गर्दै पूजाअर्चना गरेका छन्।

शनिबार त्रिभुवन विमानस्थलमा यसबारे प्रतिक्रिया दिँदै उनले आफू कम्युनिस्ट मात्रै नभएर प्रधानमन्त्री पनि भएको र सबैलाई समेटेर लैजानुपर्ने भएकाले त्यहाँ पूजा गरेको बताए। प्रचण्डको तर्क यस्तो छ कि मानौँ, प्रधानमन्त्री भइसकेपछि कम्युनिस्ट नामको लुगा फुकालेर हिँड्नुपर्छ। कि त उनले भन्नुपर्छ, प्रधानमन्त्री रहुञ्जेल आफूले कम्युनिस्ट आदर्श अपनाएको छैन, पदबाट बाहिरिएपछि पुनः अपनाउने छु। 

अर्कोतिर, उनले आफूले त्यहाँ पुगेर पनि पूजा नगरेको भए भारतका एक अर्ब मान्छेको मनमा चीसो पस्ने बताएका छन्। यो पनि यस्तो तर्क छ कि मानौँ, दिल्ली पुगेका उनलाई झुक्याएर इन्दौर पुर्‍याइयो र उज्जैनको महाकालेश्वर मन्दिरभित्र हुत्याइयो। तर भ्रमण तालिका त काठमाडौंमै तय भएको विषय हो। उनले नचाहेको भए त्यो पूजाअर्चनाको कार्यक्रम समावेश हुने नै थिएन। फेरि उनैले परराष्ट्रमन्त्रीले  ‘रुद्राक्ष लैजान्छु’ भन्दा उनैले ‘लैजानुस्, राम्रो हुन्छ’ भनेको पनि खुलाएका छन्।

आफ्नो महाकालेश्वर यात्रालाई प्रचण्डले सांस्कृतिक कूटनीतिको रुपमा अर्थ्याएका छन्। ‘यसलाई हामीले सांस्कृतिक कूटनीतिको रुपमा किन नबुझ्ने?’, उनको भनाइ थियो, ‘प्रधानमन्त्रीले नेपालको बृहत्तर हितमा यसलाई सदुपयोग गर्न खोजेको र एउटा नयाँ पहल लियो भनेर पो बुझिदिनुपर्छ। तर कतिपयले उल्टो बुझेका छन्।’

प्रचण्ड जस्ता चतुर नेताले आफ्नो व्यक्तिगत विरोधाभाषलाई राष्ट्रिय हित तथा कूटनीतिका अनेक पक्षसँग जोड्नु र सिधै देखिएको विषयलाई घुमाएर प्रस्तुत गर्न खोज्नु अनौठो होइन। महाकालेश्वर यात्राको सन्दर्भमा उनले प्रस्तुत गरेको प्रष्टीकरणमा पनि त्यही देखियो। तर भौतिकवादी दर्शनलाई अंगीकार गरेका नेताको यस किसिमको धार्मिक-व्यवहार बहसको विषय हो।

भौतिक वा लौकिक संसारलाई बेवास्ता गर्ने, अभौतिक र अलौकिक संसारमा आस्था र विश्वास गर्ने, संसारका सबै कामकुरा ईश्वर, अल्लाह, प्रभुले बनाएको र उनीहरुकै आदेशअनुसार चल्ने प्रणालीलाई भौतिकवादीले स्विकार नगर्ने तर त्यसप्रति आस्था र विश्वास राख्ने मानिसहरुका व्यक्तिगत अधिकारलाई सकार्दै आफ्ना विचारको प्रचार प्रसार र अभ्यास गर्ने बताउँछन्, लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जन। ‘धर्मनिरपेक्ष राज्य’का सञ्चालकहरु समधर्म समभावको नाममा, लोकाचारका लागि पनि धार्मिक कार्यमा व्यक्तिगत संलग्नता प्रश्नयोग्य हुने उनको मत छ। ‘यसबारे व्यापक बहस र सम्यक विचार निर्माण अपेक्षित छ,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

प्रधानमन्त्री भएदेखि नै अस्वाभाविक 
२७५ सदस्यीय प्रतिनिधि सभामा ३२ सिट मात्रै प्राप्त गरेको तेस्रो ठूलो पार्टीको अध्यक्षले प्रधानमन्त्री बन्ने अवसर पाउनु जति अस्वाभाविक थियो, उनको गतिविधि त्यसैगरी अस्वाभाविक छन्। भौतिकवादी नेताको पृष्ठभूमिमा उनको कैयौँ गतिविधि अस्वाभाविक देखिएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ गते राष्ट्रपति निवासमा सपथ ग्रहण गर्न जाँदा दौरा सुरुवाल लगाएका थिए। त्यसबारे टीकाटिप्पणी भएपछि उनले प्रतिनिधि सभाबाट स्पष्टीकरण पनि दिएका थिए। १३ गते बालुवाटार प्रवेश गर्नुअघि साइत हेराएका थिए। विवाद र आलोचना खेपेरै भए पनि पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर पुस २७ गते सार्वजनिक बिदा पनि दिए।

संसारभरका कैयौँ धार्मिक व्यक्तिहरुले यस्तो कार्य निर्बाध गरिरहेकै हुन्छन्। प्रचण्ड त्यही लाइनमा उभिए भनेर यस्ता घटनाक्रमलाई स्वाभाविक रुपमा लिन पनि सकिन्छ। उनको व्यक्तिगत स्वतन्त्रताको रुपमा अर्थ्याउन पनि सकिन्छ। तर, प्रचण्डको विगतले नै उनको वर्तमानमाथि प्रश्न गर्छ। कम्तीमा उनले विगतमा आफूले नेतृत्व गरेको भौतिकवादी वैचारिकीसँग जोडिएका आम कार्यकर्तासँग एक वाक्य माफी पनि नमागी आफूलाई धार्मिक नेताको रुपमा प्रस्तुत गर्दा उनको आलोचना स्वाभाविक बन्न जान्छ। शुक्रबारदेखि उनीमाथि उठिरहेका प्रश्नको सार पनि त्यही हो।

कम्युनिस्ट आदर्शबाट ओतप्रोत भएर उनैले नेतृत्व गरेको जनयुद्धमा पोशाक, भाषा, धर्म, समुदायका सन्दर्भमा अपनाएका व्यवहार र व्यक्त गरेका धारणाको एउटा पक्ष थियो। त्यहाँ दौरा सुरुवाल, ज्योतिषशास्त्र वा कुनै किसिमको धार्मिक व्यवहार अटाउँदैथ्यो। त्यस्ता व्यवहार अपनाउनेहरु कैयौँले तत्कालीन माओवादी कार्यकर्ताको कारबाही भोगेका छन्। तर आज उनै प्रचण्डले युद्धकालका 'कारबाहीयोग्य' व्यवहारलाई आफूभित्र सर्लक्क वरण गरिरहेका छन्।

यसअघि दुई पटक प्रधानमन्त्री बन्दा यस किसिमको शैली अपनाएका थिएनन्। तर तेस्रो पटक प्रधानमन्त्री भएदेखि नै उनलाई आफ्नै विगत बोझ भएको जस्तो देखिन्छ। मार्गपरिवर्तनको प्रयत्न थालेको जस्तो देखिन्छ।

यो यस्तो समय छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दूत्वको राजनीतिले त्यहाँको सामाजिक सहिष्णुता खलबल्याएको र राज्य संयन्त्रलाई नै गेरुवाकरण गरेको भनेर आलोचना भइरहेको बेला छ। नेपालमै पनि हिन्दू राष्ट्रको पुनर्प्राप्तिका लागि एकथरी राजनीतिक दल र नेताहरु सक्रिय छन्। कतिपय मौन रहेर त्यसका सहयोगी देखिन्छन्। तर, यही बेला भौतिकवादी स्कुलिङ भएका धर्मनिरपेक्ष मुलुकको प्रधानमन्त्रीले भने मोदी-राजनीतिलाई फाइदा पुग्ने गरी आफ्नो भारत भ्रमणको महत्त्वपूर्ण समय धार्मिक गतिविधिलाई दिएका छन्।

‘मोदीको हिन्दुत्वको गुदी हो– सांस्कृतिक राष्ट्रवादको राजनीति। हिन्दु धर्म मान्ने सबै उनीहरुको राष्ट्रका नागरिक हुन्, अरु सबै म्लेच्छ, अराष्ट्रिय, विधर्मी, नास्तिक। यही राजनीतिबाट फाइदा लिने लिङ्देन, ओली, देउवा वा दाहालको रणनीति होला, तर यो सांस्कृतिक रुपमा सर्वग्रासी छ, क्षेत्रीय वा राष्ट्रिय रुपमा विस्तारवादी छ’, महर्जन भन्छन्, ‘जसरी हिटलरले आर्य नश्लको शुद्धता र संसारमा शासन गर्न जर्मन राष्ट्रको दायित्व र अधिकारको वकालत गरे, त्यसकै भिन्न रुपमा हिन्दूत्वले अरु धर्म, समुदाय र नश्ललाई घृणा र तिरस्कार गर्छ, शासन र शोषणयोग्य मान्छ, अरु देशलाई आफ्नो हिन्दू राष्ट्रको झण्डामुनि राख्न खोज्छ। यसबाट सबै सेकुलर वा धर्म–पन्थ–सम्प्रदाय निरपेक्ष विचार राख्ने मानिसको सचेत हस्तक्षेप जरुरी हुन्छ।’

स्खलनको गहिरो बिन्दु
‘भौतिकवादी’ प्रचण्डको अध्यात्म, ज्योतिषशास्त्र र धार्मिक गतिविधिप्रतिको आस्था प्रकट भएको यो पहिलोपटक भने होइन। शान्ति प्रक्रियामा आएका १७ वर्षमा उनले अनेक सन्दर्भमा झल्याकझुलुक आफूलाई धार्मिक-अध्यात्मिक गतिविधिमा संलग्न गराएका छन्। जसकारण उनीभित्रको सुषुप्त धार्मिक आस्था प्रकट हुने गरेको छ।

प्रचण्डले पहिलोपटक प्रधानमन्त्री भएर बाहिरिएको केही समयपछि भैंसी पूजा गरेका थिए। त्यसपछि पनि उनले पुराण उद्घाटन गरेर र म्याग्दीस्थित गलेश्वर मन्दिरमा दर्शन गरेर चर्चा पाएका थिए। उनले सार्वजनिक रुपमा रामदेवलाई क्रान्तिकारी र वैज्ञानिक समेत भनेका छन्। त्यस्तै, आदित्य दाहालको कार्यक्रममा पनि पुगेका थिए।

तर महाकालेश्वरको जस्तो भक्तिभाव उनमा यसअघि देखिएको थिएन। परिणामतः यसअघि दिनु नपरेको स्पष्टीकरण यसपटक उनले दिइरहनुपरेको छ। उनी मात्रै होइन, उनको सचिवालय पनि महाकालेश्वर यात्राको बचाउ गरिरहेको छ।

तर आलोचकहरुले यो प्रकरणलाई स्खलनकै रुपमा अर्थ्याएका छन्। त्यसमा पार्टीभित्रकै मान्छे समेत छन्। नेकपा माओवादी केन्द्रकै एक जना नेता लेखनाथ न्यौपानेले प्रचण्डप्रति संकेत गर्दै स्खलनको यो मात्राले निकै नमिठो अनुभूति भएको लेखेका छन्। ‘गेरुवस्र लगाएर योजनाबद्ध पूजापाठ गर्नु, वर माग्नु, दान चढाउनु र पुजारीको पाउ समातेर पुण्य प्राप्त गरेको ठान्नु सामान्य धार्मिक कुटनीतिक विषय होइन, भौतिकवादी दृष्टिकोणको टाट पल्टाइ हो,’ न्यौपानेले फेसबूकमा लेखेका छन्, ‘मोदीले कम्युनिस्ट नेताहरुलाई नाङ्गै बनाएको देख्दा यस्तो नरमाइलो लाग्यो कि सायदै जिन्दगीमा यस्तो अनुभूति भएको थियो!?’

भौतिकवादी दर्शन अपनाउँदै राजनीतिको उचाइमा पुगेका प्रचण्ड जस्ता नेतालाई राजनीतिक जीवनको उत्तरार्द्धमा त्यही आदर्श जोगाउन किन कठिन पर्छ त?

जीवनमा द्वन्द्वात्मक भौतिकवादको अभ्यास र आत्म रुपान्तरण सहज नभएको महर्जनको भनाइ छ। ‘समाजमा बलियो र वर्चस्वशाली रहेको धार्मिक पाखण्ड र रुढीवादसँग निरन्तर सामूहिक लडाइँ लडिएन भने व्यक्ति त कमजोर नै भएको देखिन्छ। ३ हजार वर्षको ब्राह्मणवादी धार्मिक स्कुलिङका कारण व्यक्तिभित्रको ब्राह्मण निस्कन थाल्छ,’ उनी भन्छन्।
 
धेरैजसो राजनीतिकर्मी व्यावहारिक बन्ने नाममा व्यवहारवादी हुने गरेको र धार्मिक पाखण्ड र रुढिवादमा जन–मत, बहुसंख्यक मतदाता र निहित स्वार्थको मिलन हुने सम्भावना देखेपछि रातो रंगलाई गेरुवाकरण गरेका उदाहरण दिन्छन् उनी। भन्छन्, ‘मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित वा खड्गप्रसाद शर्माले जस्तै धेरैले यही कारणले आफूलाई गेरुवाकरण गरेका छन्।’

त्यसो त यो प्रकरणपछि प्रचण्डको व्यक्तित्वको मूल्यांकन गरिने एउटा रोचक कोण पुनः बहसमा आएको छ। उनको राजनीतिक उतारचढावलाई गहिरो गरी हेर्नेहरु भन्छन्- ‘प्रचण्ड’ त कतै छुटिसके। कुनै बेलाका ‘प्रचण्ड’ कति हदसम्म ‘प्रचण्ड’ थिए, कति द्वन्द्वात्मक भौतिकवादी थिए, कति हदसम्म सबै खालका शोषण, शासन र उत्पीडनबाट मुक्तिका पक्षधर थिए, त्यसलाई इतिहासले केलाउने नै छ। तर अहिले प्रधानमन्त्री भएका ‘प्रचण्ड’ खासमा ‘प्रचण्ड’ नै होइनन्। बरु, लोकाचारको नामा भैंसीपूजादेखि महाकालेश्वरको लिंग पूजा गर्ने असली पुष्पकमल दाहाल हुन्। त्यसैले अब उनमा द्वन्द्वात्मक भौतिकवादको पाठ पढाउने र सबै खालका शोषण, शासन र उत्पीडनबाट मुक्तिका लागि भन्दै युद्धको अगुवाइ गर्ने प्रचण्ड खोज्नु नै बेकार हुने उनीहरुको मत छ।

महर्जनको भनाइ छ, ‘पार्टी र सत्ताको राजनीतिक दाउपेचमा बदलिएका उनको सक्कली–नक्कली विचार र व्यवहार छिनोफानो गर्ने त आखिर आचरणबाटै हो, सांस्कृतिक अभ्यासबाटै हो, जसमा द्वन्द्वात्मक भौतिकवादका व्याख्याता प्रचण्डभन्दा एक ब्राह्मण पुरुष दाहाल बेसी देखिएको छ।’

यो पनि पढ्नुहोस

ओली अभिव्यक्ति : 'भौतिकवादी' स्कुलिङको 'अलच्छिन' अवतार

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बैठकले देउवाले नेपाली कांग्रेसको गौरवशाली इतिहास निर्माणमा पुर्‍याएको योगदान तथा लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भू... बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकै दिन विद्रोही कांग्रेसले आगामी राष्ट्रिय भेलाको तालिका... बिहीबार, साउन २८, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे राजीनामाको घोषणा राजीनामा अघि प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहले राजनीतिक बेइमानीका कारण वर्तमान सरकार अल्पमतमा परेको बताए । बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्