काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय योगगुरु रामदेव वैज्ञानिक र आफूजस्तै क्रान्तिकारी भएको टिप्पणी गरेका छन्।
रामदेव र आचार्य बालकृष्णद्वारा सञ्चालित आस्था टेलिभिजन र पतन्जली टेलिभिजनको काठमाडौंमा उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले आफूसँग निकट्ता बढ्दै जाँदा रामदेवप्रति हेर्ने दृष्टिकोण फेरिएको बताए।
‘बाबा रामदेव नभेट्दा रुढीवादी अलि परम्परावादी हुनुहुन्छ होला भन्ने थियो। भेटेर छलफल गर्दै जाँदा, कुराकानी गर्दै जाँदा वैज्ञानिक हुनुहुँदो रहेछ। क्रान्तिकारी हुनुहुँदो रहेछ’ प्रचण्डले भने, ‘योगलाई नयाँ क्रान्ति बनाउनुभयो। योगका माध्यमबाट सामाजलाई निरोगीतिर लैजाने नेतृत्व गर्नुभयो। उत्पादन वृद्धिको महाभियान सञ्चालन गर्न थाल्नुभयो।’
नेपाल हिमालको काखमा भएकाले जडीबुटीको भण्डार समेत भएकाले त्यसलाई पतन्जलीका माध्यमबाट प्रयोगमा ल्याउनु पर्ने प्रचण्डले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।