रेक्जाभिक– आइसल्यान्ड फिफा विश्वकपमा फुटबल प्रतियोगितामा पहिलोपटक छनोट भएको छ। युरोप छनोट अन्तर्गत निर्णायक खेलमा कोसोभोलाई २–० ले हराएर आइसल्यान्डले आगामी वर्ष रसियामा हुने विश्वकपमा स्थान पक्का गरेको हो।
समूह 'ई' को निर्णायक खेलमा आइसल्यान्डलाई जित दिलाउने क्रममा सिगुर्सनले ४० तथा जोहान गिडमुर्सनले ६८ मिनेटमा गोल गरे। जितपछि आइसल्यान्डले समूहमा २२ अंक जोड्यो। यो समूहमा क्रोएसियाले २० अंक जोडेर प्ले अफमा स्थान बनायो। क्रोएसियाले निर्णायक खेलमा युक्रेनलाई २–० ले हरायो। क्रोएसियाको जितमा दुवै गोल क्रामिकले गरे। हारपछि १७ अंकमा सीमित युक्रेन बाहिरियो।
सर्बिया समूह 'डी' मा शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भयो। सर्बियाले अन्तिम खेलमा जर्जियालाई १–० ले पराजित गर्योे। जितपछि २१ अंकक जोडेर सर्बियाले ८ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो। सर्बियाले पछिल्लो पटक सन् २०१० को विश्वकप खेलेको थियो।यो समूहमा आयरल्यान्ड गणतन्त्र दोस्रो हुँदै प्ले अफमा छनोट भयो।

आयरल्यान्डले समूहको अन्तिम खेलमा वेल्सलाई १–० ले हरायो। हारसँगै वेल्सको विश्वकप खेल्ने सपना पूरा हुन सकेन। आयरल्यान्डले १९ अंक जोड्दा वेल्स १७ अंकमै रोकियो।समूह 'जी' मा पूर्व विश्वविजेता इटाली प्ले अफमा धकेलियो। इटालीले अन्तिम खेलमा अल्बानियालाई १–० ले हरायो। स्पेनले इजारायललाई पनि १–० ले नै पराजित गर्योि। समूहमा स्पेनले यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ। समूहमा स्पेनले २८ तथा इटालीले २३ अंक जोडे। तेस्रो स्थानको अल्बानियाले १३ अंक बटुल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।