एजेन्सी– चीनमा बलात्कारपछि एक युवतीको हत्या भएको छ। वेनजो सहरमा घटना भएको प्रहरीको भनाइ छ।
उक्त घटनापछि ट्याक्सी कम्पनी डिडी चुशिङ पुनः विवादमा तानिएको छ। तत्कालका कम्पनीको कारपुल सेवासमेत बन्द गरिएको छ।
यही घटनालाई लिएर कम्पनीले डिडी हाइटेकका भाइस प्रेसिडेन्टलाई बर्खास्त गरेको छ।केही महिनाअघि सोही कम्पनीको ट्याक्सी सेवा लिएकी २१ वर्षकी युवतीको पनि हत्या भएको थियो। त्यसबेला पनि कम्पनी केही समय बन्द गरी नयाँ नाम डिडी हाइटेकबाट सञ्चालन गरिएको थियो।
कसरी भयो घटना?
प्रहरीका अनुसार शुक्रबार दिउँसो १ बजे ती युवती ट्याक्सी चढेकी थिइन्। त्यसको एक घन्टापछि उनले मेसेस गरेर साथीलाई सहयोग मागेकी थिइन्। लगत्तै उनको मोबाइल सम्पर्क विच्छेद भएको थियो।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले २७ वर्षका चालक जुङलाई शनिबार पक्राउ गरेको छ। उनले बलात्कार गरी हत्या गरेको स्विकारेका छन्।कम्पनीले ती चालकको कुनै आपराधिक रेकर्ड नभए पनि उनीमाथि यसअघि गुनासा आउने गरेको जनाएको छ।
एकपटक उनले आफूलाई सुनसान ठाउँमा लगेर ओरालेको र त्यसपछि पिछा गरेको एक यात्रुले बताएका छन्।डिडी चुशिङ यात्रु सेवाका लागि विश्वमै ठूलो कम्पनीमा गनिन्छ। सन् २०१६ देखि अमेरिकामा सुरु भएको एपमा आधारित ट्याक्सी सेवा चीनमा पनि सञ्चालनमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।