काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भएको छ। बुधबार भारत भ्रमणका लागि दिल्ली पुगेका प्रचण्ड र मोदीबीच बिहीबार भेटवार्ता भएको थियो।
संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले उक्त सम्झौता भएको उल्लेख गरेका छन्। ‘दीर्घकालीन विद्युत व्यापार सम्झौता गरेका छौँ। जसअन्तर्गत आउँदो १० वर्षमा नेपालबाट १० हजार विद्युत आयात गर्ने लक्ष्य राखेका छौँ,’ मोदीले भने।
यस्तै, भारतले फोकोट–कर्णाली र तल्लो अरुण निर्माण गर्ने सम्झौता समेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।