• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

टेकनाथ रिजाललाई पक्राउ गरिएकोमा भुटानी संस्थाहरुको आपत्ति, स्वास्थ्य स्थितिको ख्याल गर्न आग्रह

64x64
नेपाल लाइभ बिहीबार, जेठ १८, २०८०  १२:५४
1140x725

काठमाडौँ- संसारभरि रहेका भुटानी सामुदायिक संस्थाहरूले नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरणको सिलसिलामा आफ्ना नेता टेकनाथ रिजाललाई पक्राउ गरिएकोमा आपत्ति र चिन्ता व्यक्त गरेका छन्। अमेरिका, युके, अष्ट्रेलिया, क्यानाडा लगायतका मुलुकमा पुनर्वास गराइएका भुटानी शरणार्थी समुदायसंग आवद्ध ती संस्थाहरुले उक्त प्रकरणले नेपालको छविलाई ध्वस्त पारेको र भुटानी शरणार्थी सङ्कटको स्थायी समाधान खोज्ने वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनामाथि गम्भीर असर पारेको बताएका छन्।

‘भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको हालैको गिरफ्तारी अविश्वसनीय र सन्दिग्ध छ। भुटानी शरणार्थीहरूको नाम र अंशमा हुने अपराधको गम्भीरतालाई नियाल्दा, मानवअधिकारका लागि समर्पित अविभक्त र भुटानमा लोकतान्त्रिक परिवर्तनका कट्टर समर्थक रिजाललाई आरोप लगाउँदै केही कथित व्यक्तिहरूले नियोजित षडयन्त्र गरेका हुन्। उहाँको छवि धमिलो पार्न सबै दोष उहाँमाथि थोपरेर शक्तिशाली अपराधीहरूलाई बचाउने प्रपञ्च देखिन्छ,’ वक्तव्यमा भनिएको छ। 

बुधबार प्रकाशित वक्तव्यमा सन् १९८० को दशकको उत्तरार्धमा रिजालले नेपालमा शरण मागेको तर तत्कालीन पञ्चायती सत्ताले उनलाई पक्राउ गरी १९८९ मा जबरजस्ती भुटान सुपुर्दगी गरिएको उल्लेख छ। ‘पछि रिजाल  भुटानी जेलमा आजीवन कारावास, शारीरिक र मनोवैज्ञानिक यातना सहेर अन्ततः अन्तर्राष्ट्रिय दबाबमा एक दशकको कारावासपछि रिहाइ गरिए र शरण खोज्दै फेरि नेपाल पसे। अहिले फेरि उनी पक्राउ परेका छन्, यस पटक ऊनीमाथि भ्रष्टाचार र नेपाली नागरिकलाई कागजी भुटानी शरणार्थी बनाएको अपराधको आरोप लगाइएको छ। शरणार्थी समुदायका नेतालाई यस्तो गलत आरोप लगाउनु निन्दनीय छ,’ वक्तव्यमा भनिएको छ।

भुटानी संस्थाहरुले ७६ वर्षीय रिजालको मानसिक स्वास्थ्य चुनौतीपूर्ण रहेको भन्दै उनलाई प्रभावकारी रूपमा आफ्नो प्रतिनिधित्व गर्न वा उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपको जटिल प्रकृतिलाई पूर्ण रूपमा बुझ्नको लागि आवश्यक सहयोग उपलब्ध गराउन पनि माग गरेका छन्। 

ती संस्थाहरुले टेकनाथ रिजालको नाजुक स्वास्थ्य अवस्था, मानसिक समस्या, बढ्दो उमेर र जोखिम तथा उनी  विरुद्धको षडयन्त्रलाई ध्यानमा राखी उनलाई अविलम्ब रिहा गर्न नेपाल सरकारलाई अपिल पनि गरेका छन्।

हेर्नुहोस् वक्तव्यको पूर्ण पाठ:

संयुक्त वक्तव्य              
मिति: ३१-०५-२०२३

हामी निम्न भुटानी (शरणार्थी) सामुदायिक संस्थाहरूको प्रतिनिधि गर्दै हाम्रा नेता श्री टेक नाथ रिजाललाई नक्कलीभुटानी शरणार्थी बनाउने गैर कानुनी गिरोहमा संलग्न अपराधमा तानिएकोमा घोर आपत्ति र चिन्ता व्यक्त गर्छौँ। यस जघन्य कार्यले नेपालको छविलाई ध्वस्त पारेको छ र आफ्नो आसन्न सङ्कटको स्थायी समाधान खोज्ने वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनालाई गम्भीर असर पारेको छ। यस विषयमा छानबिन गरी यस अपराधमा संलग्न प्रभावशाली व्यक्तिहरूलाई कारबाही गरेकोमा नेपाल सरकारको प्रशंसा गर्दै यस घोटालाको सम्बन्धमा भुटानी मानवअधिकारवादी नेता श्री टेक नाथ रिजालको हालैको गिरफ्तारी अविश्वसनीय र सन्दिग्ध छ। भुटानी शरणार्थीहरूको नाम र अंशमा हुने अपराधको गम्भीरतालाई नियाल्दा, मानवअधिकारका लागि समर्पित अविभक्त र भुटानमा लोकतान्त्रिक परिवर्तनका कट्टर समर्थक श्री रिजाललाई आरोप लगाउँदै केही कथित व्यक्तिहरूले नियोजित षड्यान्त्र गरेका हुन्। उहाँको छवि धमिलो पार्न, सबै दोषहरू उहाँ माथि थोपरेर र शक्तिशाली अपराधीहरूलाई बचाउने प्रपञ्च देखिन्छ। उनी नेपाल सरकारको दयामा बाँचिरहेका छन् र उनलाई अहिले सबैभन्दा बढी सहयोगको आवश्यकता छ।

Ncell 2
Ncell 2

हामी, श्री रिजालको पृष्ठभूमि र विगतमा न्यायको अटुट प्रयासमा उनले सामना गर्नु भएका चुनौतीहरूप्रति ध्यानाकर्षण गराउन चाहन्छौँ। सन् १९८० को दशकको उत्तरार्धमा, उनले नेपालमा शरण मागे, तर दुःखको कुरा, उनलाई पक्राउ गरी १९८९ मा जबरजस्ती भुटान सुपुर्दगी गरियो। पछि, श्री रिजनलले भुटानी जेलमा आजीवन कारावास, शारीरिक र मनोवैज्ञानिक यातना सहेर अन्ततः अन्तर्राष्ट्रिय दबाबमा एक दशकको कारावास पछि रिहाइ गरिए र शरण खोज्दै फेरी नेपाल पसे। अहिले फेरि उनी पक्राउ परेका छन्, यस पटक ऊनीमाथि भ्रष्टाचार र नेपाली नागरिकलाई कागजी भूटानी शरणार्थी बनाएको अपराधको आरोप लगाइएको छ। शरणार्थी समुदायका नेतालाई यस्तो गलत आरोप लगाउनु निन्दनीय छ।

हामी, संयुक्त राज्य अमेरिका र विश्व भरका भुटानी (शरणार्थी) समुदायहरू श्री रिजालको गिरफ्तारीको वरपरका परिस्थितिहरूका सम्बन्धमा हाम्रो चिन्तालाई दृढतापूर्वक व्यक्त गर्छौँ। हामीलाई भय छ उनलाई अन्याय पूर्ण बलिपशु बनाइँदै छ, र हाम्रो प्राथमिक चिन्ता उनले उचित न्याय पाउने हुन कि होइनन् भन्ने हो।

श्री रिजालको स्वास्थ्य नाजुक छ र भुटानी जेलबाट रिहा भएदेखि उनले मानसिक स्वास्थ्यसँग सङ्घर्ष गरिरहेका छन्। श्री रिजाललाई प्रभावकारी रूपमा आफ्नो प्रतिनिधित्व गर्न वा उहाँ माथि लगाइएको भ्रष्टाचार आरोपको जटिल प्रकृतिलाई पूर्ण रूपमा बुझ्नको लागि आवश्यक सहयोग उपलब्ध गराउन हामी तुरुन्त अनुरोध गर्दछौँ।

यसबाहेक, हामी स्थायी समाधानको रूपमा स्वदेश फिर्ता, स्थानीय एकीकरण, र पुनर्वासको लागि प्रतीक्षारत बाँकी शरणार्थीहरूको सम्भावनाहरूमा यस काण्डले प्रतिकूल प्रभाव पार्ने देख्छौ। हाम्रा नेतालाई अनैतिक रूपमा मार्गच्युत गरेर, तीन दशकदेखि शिविरमा शरण खोजेका वास्तविक शरणार्थीहरूको प्रतिष्ठालाई यस गतिविधिले गम्भीर रूपमा कलङ्कित गरेको छ। तसर्थ, श्री रिजालको अविलम्ब रिहाइको लागि, नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाउने नियतले गरेकाे कार्यको भर्त्सना गर्दै घटनामा संलग्न दोषीहरूलाई छिट्टै कानुनी कठघरामा ल्याइने विश्वासका साथ चलिरहेको अनुसन्धानलाई समर्थन गर्न हस्ताक्षरकर्ता हार्दिक आह्वान गर्दछौ। श्री रिजालको नाजुक स्वास्थ्य अवस्था, मानसिक समस्या, बढ्दो उमेर र जोखिम तथा उहाँ विरुद्धको षडयन्त्रलाई ध्यानमा राखी उहाँलाई अविलम्ब रिहा गर्न नेपाल सरकारसँग संयुक्त रूपमा अनुरोध गर्दछौँ। यदि आवश्यक भएमा, उहाँलाई अनुसन्धान प्रक्रियाको क्रममा आवश्यक पर्दा अदालतमा उपस्थित हुन आग्रह गर्न सकिन्छ। हामी सरकारलाई छिटो, पारदर्शी र निष्पक्ष न्यायिक प्रक्रिया सुनिश्चित गर्न र श्री रिजालको पछि लाग्ने, उहाँको नेतृत्व र नेपालमा रहेका भुटानी शरणार्थीहरू र भुटानी प्रवासीहरूको मुद्दालाई बरबाद गर्न सक्रिय सबैलाई अदालतमा पेस गर्न आग्रह गर्छौँ।

निम्नद्वारा अनुमोदित
भुटनीज कम्युनिटी अफ सेन्ट्रल ओहायो (संयुक्त राज्य अमेरिका)
भुटनीज वेलफेयर एसोसियसन (युके)
ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (द नेदरल्यान्ड्स)
सदर्न तस्मनिया इंकको भुटानी सामुदायिक संगठन (अष्ट्रेलिया)
भुटनीज कम्युनिटी अफ लेक्सिंगटन, केन्टकी (संयुक्त राज्य अमेरिका)
श्री भानु ढुंगाना, का पूर्व अध्यक्ष, भुटानी क्यानेडियन एसोसिएसन (क्यानडा)
श्री भोजराज सुब्बा, अध्यक्ष , न्युजिल्याण्डको भुटानी समुदाय (न्युजिल्याण्ड)
डा. गोविन्द रिजाल, भुटानी अध्येता (नेपाल)
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसी यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग सात विकेटले पराजित
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता
शोधनान्तर स्थिति ३ खर्बले बचतमा
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले... सोमबार, मंसिर २९, २०८२
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध... सोमबार, मंसिर २९, २०८२
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी आइतबार बिहान करिब साढे ११ बजेको समयमा लालबन्दी नगरपालिका १४ स्थित माईस्थान लगायत आसपासको क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फ... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
एसीसी यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग सात विकेटले पराजित सोमबार, मंसिर २९, २०८२
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्