• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

टेकनाथ रिजाललाई पक्राउ गरिएकोमा भुटानी संस्थाहरुको आपत्ति, स्वास्थ्य स्थितिको ख्याल गर्न आग्रह

64x64
नेपाल लाइभ बिहीबार, जेठ १८, २०८०  १२:५४
1140x725

काठमाडौँ- संसारभरि रहेका भुटानी सामुदायिक संस्थाहरूले नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरणको सिलसिलामा आफ्ना नेता टेकनाथ रिजाललाई पक्राउ गरिएकोमा आपत्ति र चिन्ता व्यक्त गरेका छन्। अमेरिका, युके, अष्ट्रेलिया, क्यानाडा लगायतका मुलुकमा पुनर्वास गराइएका भुटानी शरणार्थी समुदायसंग आवद्ध ती संस्थाहरुले उक्त प्रकरणले नेपालको छविलाई ध्वस्त पारेको र भुटानी शरणार्थी सङ्कटको स्थायी समाधान खोज्ने वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनामाथि गम्भीर असर पारेको बताएका छन्।

‘भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको हालैको गिरफ्तारी अविश्वसनीय र सन्दिग्ध छ। भुटानी शरणार्थीहरूको नाम र अंशमा हुने अपराधको गम्भीरतालाई नियाल्दा, मानवअधिकारका लागि समर्पित अविभक्त र भुटानमा लोकतान्त्रिक परिवर्तनका कट्टर समर्थक रिजाललाई आरोप लगाउँदै केही कथित व्यक्तिहरूले नियोजित षडयन्त्र गरेका हुन्। उहाँको छवि धमिलो पार्न सबै दोष उहाँमाथि थोपरेर शक्तिशाली अपराधीहरूलाई बचाउने प्रपञ्च देखिन्छ,’ वक्तव्यमा भनिएको छ। 

बुधबार प्रकाशित वक्तव्यमा सन् १९८० को दशकको उत्तरार्धमा रिजालले नेपालमा शरण मागेको तर तत्कालीन पञ्चायती सत्ताले उनलाई पक्राउ गरी १९८९ मा जबरजस्ती भुटान सुपुर्दगी गरिएको उल्लेख छ। ‘पछि रिजाल  भुटानी जेलमा आजीवन कारावास, शारीरिक र मनोवैज्ञानिक यातना सहेर अन्ततः अन्तर्राष्ट्रिय दबाबमा एक दशकको कारावासपछि रिहाइ गरिए र शरण खोज्दै फेरि नेपाल पसे। अहिले फेरि उनी पक्राउ परेका छन्, यस पटक ऊनीमाथि भ्रष्टाचार र नेपाली नागरिकलाई कागजी भुटानी शरणार्थी बनाएको अपराधको आरोप लगाइएको छ। शरणार्थी समुदायका नेतालाई यस्तो गलत आरोप लगाउनु निन्दनीय छ,’ वक्तव्यमा भनिएको छ।

भुटानी संस्थाहरुले ७६ वर्षीय रिजालको मानसिक स्वास्थ्य चुनौतीपूर्ण रहेको भन्दै उनलाई प्रभावकारी रूपमा आफ्नो प्रतिनिधित्व गर्न वा उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपको जटिल प्रकृतिलाई पूर्ण रूपमा बुझ्नको लागि आवश्यक सहयोग उपलब्ध गराउन पनि माग गरेका छन्। 

ती संस्थाहरुले टेकनाथ रिजालको नाजुक स्वास्थ्य अवस्था, मानसिक समस्या, बढ्दो उमेर र जोखिम तथा उनी  विरुद्धको षडयन्त्रलाई ध्यानमा राखी उनलाई अविलम्ब रिहा गर्न नेपाल सरकारलाई अपिल पनि गरेका छन्।

हेर्नुहोस् वक्तव्यको पूर्ण पाठ:

संयुक्त वक्तव्य              
मिति: ३१-०५-२०२३

हामी निम्न भुटानी (शरणार्थी) सामुदायिक संस्थाहरूको प्रतिनिधि गर्दै हाम्रा नेता श्री टेक नाथ रिजाललाई नक्कलीभुटानी शरणार्थी बनाउने गैर कानुनी गिरोहमा संलग्न अपराधमा तानिएकोमा घोर आपत्ति र चिन्ता व्यक्त गर्छौँ। यस जघन्य कार्यले नेपालको छविलाई ध्वस्त पारेको छ र आफ्नो आसन्न सङ्कटको स्थायी समाधान खोज्ने वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनालाई गम्भीर असर पारेको छ। यस विषयमा छानबिन गरी यस अपराधमा संलग्न प्रभावशाली व्यक्तिहरूलाई कारबाही गरेकोमा नेपाल सरकारको प्रशंसा गर्दै यस घोटालाको सम्बन्धमा भुटानी मानवअधिकारवादी नेता श्री टेक नाथ रिजालको हालैको गिरफ्तारी अविश्वसनीय र सन्दिग्ध छ। भुटानी शरणार्थीहरूको नाम र अंशमा हुने अपराधको गम्भीरतालाई नियाल्दा, मानवअधिकारका लागि समर्पित अविभक्त र भुटानमा लोकतान्त्रिक परिवर्तनका कट्टर समर्थक श्री रिजाललाई आरोप लगाउँदै केही कथित व्यक्तिहरूले नियोजित षड्यान्त्र गरेका हुन्। उहाँको छवि धमिलो पार्न, सबै दोषहरू उहाँ माथि थोपरेर र शक्तिशाली अपराधीहरूलाई बचाउने प्रपञ्च देखिन्छ। उनी नेपाल सरकारको दयामा बाँचिरहेका छन् र उनलाई अहिले सबैभन्दा बढी सहयोगको आवश्यकता छ।

nimb
nimb
Ncell 2
Ncell 2

हामी, श्री रिजालको पृष्ठभूमि र विगतमा न्यायको अटुट प्रयासमा उनले सामना गर्नु भएका चुनौतीहरूप्रति ध्यानाकर्षण गराउन चाहन्छौँ। सन् १९८० को दशकको उत्तरार्धमा, उनले नेपालमा शरण मागे, तर दुःखको कुरा, उनलाई पक्राउ गरी १९८९ मा जबरजस्ती भुटान सुपुर्दगी गरियो। पछि, श्री रिजनलले भुटानी जेलमा आजीवन कारावास, शारीरिक र मनोवैज्ञानिक यातना सहेर अन्ततः अन्तर्राष्ट्रिय दबाबमा एक दशकको कारावास पछि रिहाइ गरिए र शरण खोज्दै फेरी नेपाल पसे। अहिले फेरि उनी पक्राउ परेका छन्, यस पटक ऊनीमाथि भ्रष्टाचार र नेपाली नागरिकलाई कागजी भूटानी शरणार्थी बनाएको अपराधको आरोप लगाइएको छ। शरणार्थी समुदायका नेतालाई यस्तो गलत आरोप लगाउनु निन्दनीय छ।

हामी, संयुक्त राज्य अमेरिका र विश्व भरका भुटानी (शरणार्थी) समुदायहरू श्री रिजालको गिरफ्तारीको वरपरका परिस्थितिहरूका सम्बन्धमा हाम्रो चिन्तालाई दृढतापूर्वक व्यक्त गर्छौँ। हामीलाई भय छ उनलाई अन्याय पूर्ण बलिपशु बनाइँदै छ, र हाम्रो प्राथमिक चिन्ता उनले उचित न्याय पाउने हुन कि होइनन् भन्ने हो।

श्री रिजालको स्वास्थ्य नाजुक छ र भुटानी जेलबाट रिहा भएदेखि उनले मानसिक स्वास्थ्यसँग सङ्घर्ष गरिरहेका छन्। श्री रिजाललाई प्रभावकारी रूपमा आफ्नो प्रतिनिधित्व गर्न वा उहाँ माथि लगाइएको भ्रष्टाचार आरोपको जटिल प्रकृतिलाई पूर्ण रूपमा बुझ्नको लागि आवश्यक सहयोग उपलब्ध गराउन हामी तुरुन्त अनुरोध गर्दछौँ।

यसबाहेक, हामी स्थायी समाधानको रूपमा स्वदेश फिर्ता, स्थानीय एकीकरण, र पुनर्वासको लागि प्रतीक्षारत बाँकी शरणार्थीहरूको सम्भावनाहरूमा यस काण्डले प्रतिकूल प्रभाव पार्ने देख्छौ। हाम्रा नेतालाई अनैतिक रूपमा मार्गच्युत गरेर, तीन दशकदेखि शिविरमा शरण खोजेका वास्तविक शरणार्थीहरूको प्रतिष्ठालाई यस गतिविधिले गम्भीर रूपमा कलङ्कित गरेको छ। तसर्थ, श्री रिजालको अविलम्ब रिहाइको लागि, नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाउने नियतले गरेकाे कार्यको भर्त्सना गर्दै घटनामा संलग्न दोषीहरूलाई छिट्टै कानुनी कठघरामा ल्याइने विश्वासका साथ चलिरहेको अनुसन्धानलाई समर्थन गर्न हस्ताक्षरकर्ता हार्दिक आह्वान गर्दछौ। श्री रिजालको नाजुक स्वास्थ्य अवस्था, मानसिक समस्या, बढ्दो उमेर र जोखिम तथा उहाँ विरुद्धको षडयन्त्रलाई ध्यानमा राखी उहाँलाई अविलम्ब रिहा गर्न नेपाल सरकारसँग संयुक्त रूपमा अनुरोध गर्दछौँ। यदि आवश्यक भएमा, उहाँलाई अनुसन्धान प्रक्रियाको क्रममा आवश्यक पर्दा अदालतमा उपस्थित हुन आग्रह गर्न सकिन्छ। हामी सरकारलाई छिटो, पारदर्शी र निष्पक्ष न्यायिक प्रक्रिया सुनिश्चित गर्न र श्री रिजालको पछि लाग्ने, उहाँको नेतृत्व र नेपालमा रहेका भुटानी शरणार्थीहरू र भुटानी प्रवासीहरूको मुद्दालाई बरबाद गर्न सक्रिय सबैलाई अदालतमा पेस गर्न आग्रह गर्छौँ।

निम्नद्वारा अनुमोदित
भुटनीज कम्युनिटी अफ सेन्ट्रल ओहायो (संयुक्त राज्य अमेरिका)
भुटनीज वेलफेयर एसोसियसन (युके)
ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (द नेदरल्यान्ड्स)
सदर्न तस्मनिया इंकको भुटानी सामुदायिक संगठन (अष्ट्रेलिया)
भुटनीज कम्युनिटी अफ लेक्सिंगटन, केन्टकी (संयुक्त राज्य अमेरिका)
श्री भानु ढुंगाना, का पूर्व अध्यक्ष, भुटानी क्यानेडियन एसोसिएसन (क्यानडा)
श्री भोजराज सुब्बा, अध्यक्ष , न्युजिल्याण्डको भुटानी समुदाय (न्युजिल्याण्ड)
डा. गोविन्द रिजाल, भुटानी अध्येता (नेपाल)
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
सम्बन्धित सामग्री
कोशीमा भारी वर्षाको चेतावनी जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्... शनिबार, असार १३, २०८३
विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन् । शुक्रबार, असार १२, २०८३
राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित) समितिले आज (शुक्रबार)एक सूचना जारी गर्दै आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो । शुक्रबार, असार १२, २०८३
ताजा समाचारसबै
‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन शनिबार, असार १३, २०८३
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन शनिबार, असार १३, २०८३
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने शनिबार, असार १३, २०८३
काठमाडौंमा बर्डफ्लू बढ्दै, एघार जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्