• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसियाली खेलकुद : नवौं दिन प्याराग्लाइडिङले आसा जगायो, अन्य खेलमा हार

64x64
नेपाल लाइभ आइतबार, भदौ १०, २०७५  १२:५१
1140x725

जाकर्ता (इन्डोनेसिया) -  इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपालको खराब प्रदर्शन नवौं दिन पनि जारी रह्यो। नवौं दिन भारोत्तोलनमा तारादेवी पुनले राष्ट्रिय कीर्तिमान बनाउनु र प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा तेस्रो हुनु नेपालका लागि उपलब्धि रह्यो। 

प्लाराग्लाइडिङ 
प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको दोस्रो चरण सकिँदा नेपाली पुरुष टिम तेस्रो स्थानमा रहेको छ । नेपाली टिमले दोस्रो चरणसम्म २९ सय ४९ अंक जोडेको छ । नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले खेलिरहेका छन्। ३८ सय १८ अंक जोडेर इन्डोनेसिया शीर्ष स्थानमा छ ।  दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको ३१ सय ३९ अंक छ । २७ सय ७५ अंक जोडेर चौथो स्थानमा रहेको जापानले नेपाललाई पछ्याइरहेको छ।

महिलातर्फ दोस्रो चरणको खेल सकिँदा नेपाली टिम पाँचौ स्थानमा झरेको छ । अघिल्लो दिन नेपाली महिला टिम चौथो स्थानमा थियो । नेपाली महिला टिमले अहिलेसम्म ६ सय ३८ अंक जोडेको छ । नेपाली टिममा प्रतिभा भुजेल, त्रिसा श्रेष्ठ बम्जन तामाङ र सविता तामाङ छन् । यो इभेन्टमा दक्षिण कोरिया पहिलो, जापान दोस्रो, इन्डोनेसिया तेस्रो र थाइल्यान्ड चौथोमा छन् । 
प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्ट पाँच राउन्डसम्म चल्नेछ । बुधबार यो इभेन्टको पदकको टुंगो लाग्नेछ ।

भारोत्तोलन

भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबार ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कुलमा १७५ केजीको भार वहन गरिन्। यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो। ताराले स्न्याचमा तेश्रो लिफ्टमा कीर्तिमान रचेकी हुन्। पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोश्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन्। तेश्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् ।

क्लिन एन्ड जर्कमा ९७ केजी र कुलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो। तीनै कीर्तिमान ताराले नेपालगन्जमा गत जेठमा भएको एसियाली खेलकुदको छनोटमा राखेकी थिइन्। क्लिन एन्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भार वहन गरेकी थिइन् । ताराले दोश्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन्।
भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ। तारासहित ४ खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा सन्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल रहे।

टेबलटेनिस 
टेबलटेनिसको पुरुष÷महिला दुवैको टिम इभेन्टमा नेपाल पराजित भएको छ। जेआई एक्सपो हल बीमा पुरुषमा नेपाल चीनसंग ३–० को सोझो सेटमा पराजित भयो। महिलामा नेपाल मलेसिया र सिंगापुरसंग समान ३–० को सीधा सेटमा हार्यो। 
पुरुष टोलीमा नेपालबाट अमरलाल मल्ल, श्यान्टु श्रेष्ठ र दीप साउनले प्रतिस्पर्धा गरेका थिए। महिलामा नवीता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जनले खेलेका थिए।

बक्सिङ बक्सिङको पुरुष ६९ केजीमा नेपालका विष्णुप्रसाद घले गुरुङ पराजित भएका छन्। विष्णुलाई कतारका थुलासिमारान थारुमालिङगमले ५–० ले पराजित गरे। पुरुष ५२ केजीमा नेपालका प्रेम चौधरीलाई फिलिपिन्सका रोगन लादोनले ५–० ले स्तब्ध पारे ‍।

nimb
nimb
Ncell 2
Ncell 2

कराते 
करातेमा आइतबार तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। तीनै खेलाडी पहिलो चरणमै पराजित भए। 

जेसीसी प्लेनरी हलमा भएको पुरुष ६० केजीमा नेपालका सोनाम लामा भियतनामका हाइभान नुयेनसंग ३–० तथा ६७ केजीमा नेपालका विजय लामा जापानका सिनोहारा हिरोतोसंग १–० ले पराजित भए। महिला ६१ केजीमा थाइल्यान्डकी आर्म सुक्कीआउले नेपालकी सुनीता महर्जनलाई ४–१ ले निराश पारिन्।

सोमबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा दिवस श्रेष्ठ र महिलामा अनु अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पहिलो दिन शनिबार तीन नेपाली खेलाडी पराजित भइसकेका छन् ।

सेपाकताक्रो 
एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपाल चीनसंग २–० ले पराजित भएको छ। जेएससी रनाउ हलमा चीन २१–४ र २१–९ ले विजयी भयो। यसअघि नेपाल मलेसिया र दक्षिण कोरियासंग समान २–० को नतिजामा पराजित भएको थियो । नेपालले सोमबार भारत विरुद्ध खेल्नेछ।


गल्फ 
गल्फको व्यक्तिगत स्पर्धामा नेपालका शुक्रबहादुर राई ५७ औं, टंकबहादुर कार्की ६० औं, पृथ्वी मल्ल संयुक्त रुपमा ७४ औं र अजित विक संयुक्त रुपमा ७८ औं स्थानमा रहे । यो स्पर्धामा ७८ खेलाडीले भाग लिएका थिए। जापानले स्वर्ण, दक्षिण कोरियाले रजत र चीनले कास्य पदक जिते। गल्फको टिम स्पर्धामा नेपाल १७ औं भएको छ। यो स्पर्धामा २० टिम सहभागी थिए। टिम स्पर्धाको स्वर्ण पनि जापानले जितेको छ । चीन दोस्रो तथा दक्षिण कोरिया तेस्रो भए। 
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०७५  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक शनिबार, जेठ २, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सरकारलाई कांग्रेसको प्रश्न : नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन शनिबार, जेठ २, २०८३
हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न संघलाई आग्रह शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्