काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट प्रस्तुत गरिरहेका छन्। उनको बजेटमाथि सांसदहरुले संसदभित्रैबाट प्रतिक्रिया व्यक्त गर्न थालेका छन्।
उनले सांसद् विकास कोष (संसदीय विकास पूर्वाधार कार्यक्रम) ब्युँताउने बताएका छन्। सांसदमार्फत खर्च हुने उक्त कोषबाट जथाभावी खर्च भएको भन्दै यसअघि हटाइएको थियो।
उक्त निर्णयको सांसद् सुमना श्रेष्ठले विरोध गरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रेष्ठले प्रोजेक्ट म्यानेजर बनाउने खोजिएको भन्दै विरोध गरेकी हुन्।
बजेटकै बीचमा उनको प्रतिक्रिया छ, 'गलत, गलत, गलत निर्णय। सांसदको काम के हो अर्थमन्त्रीज्यू? किन भौतिक प्रोजेक्टको म्यानेजर बनाउन खोज्नभएको? किन स्थानीय सरकारको कार्य गर भन्ने? किन चुनाव लक्षित बजेट? नीतिगत भ्रष्टाचार लाग्छ- सांसद विकास कोष।'
प्रति निर्वाचन क्षेत्र ५ करोडका दरले बजेट छुट्याइएको छ। जसका लागि रु. ८ अर्ब २५ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिकका क्रममा बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।