राजविराज- विद्युत् चोरी नियन्त्रण अभियान अन्तर्गत सप्तरीका विभिन्न सहरी तथा ग्रामीण भेगमा पाँच दिन लगातार गरिएको अनुगमनका क्रममा ३० जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा खम्बाबाट सिधै तानी अनधिकृत रुपमा चोरी गर्ने ३० जनालाई पक्राउ गरी विद्युत् ऐनानुसार कारबाही गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताए।
उनीहरुका साथबाट २४ थान पानी तान्ने मोटर तथा आठ थान टिभीसमेत बरामद गरिएको छ। अभियुक्तलाई जनही रु पाँच हजारका दरले राजस्व तिराएर छाडिनाका साथै आगामी दिनमा विद्युत् चोरी गरिएको फेला परेमा कडा कारबाही गरिने चेतावनी दिइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।