काठमाडौं- सरकारले लगानी वृद्धी र झन्झट कम गर्नका लागि लगानी पोर्टल निर्माण गर्ने भएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले लगानीमा आइपर्ने समस्या समाधान गर्न यस्तो पोर्टल सञ्चालनमा ल्याइने उनले बताए। उनले यसमा लगानीका सबै विवरण राखिने र सहज रुपमा जानकारी पाउन सक्ने व्यवस्था गरिने बताए।
सूचना प्रविधिमा वैदेशिक लगानीको सीमा हटाउने र वैदेशिक लगानीका लागि अन्य सुविधाहरु पनि उपलव्ध गराउने महतले बताए। राष्ट्रिय महत्वका ठूला पूर्वाधारण आयोजनामा सरकार र निजी क्षेत्रले मिलेर लगानी गर्न कानून निर्माण गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।