काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा टुक्रे आयोजना रोक्न खोजेको तर नसकेको बताएका छन्।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै उनले संघ,प्रदेश र स्थानीय तहमा आयोजना एकरुपता ल्याउनुपर्ने पनि बताए। आगामी वर्षमा तीनै तहका सरकारका बीचमा नीतिहरुलाई एकरुपता दिइने उनले बताए। अर्थमन्त्री महतले बजेट कार्यान्वयन र दोहोरो नहोस् भनेर यस्तो गरेको दाबी गरेका छन्।
उनले साना बजेट रोक्न खोजेको तर पूर्ण रुपमा सफल नभएको बताए। उनले आगामी दिनमा यस्ता साना आयोजनाहरुमा पूर्नसंरचना गर्ने दाबी गरे। हरेक वर्ष स्थानीय सरकार र प्रदेशवाट टुक्रे आयोजनाका लागि बजेट छुट्टाउने भएपनि केन्द्रको बजेटले पनि यस्तो आयोजनामा बजेट दिने गरेको छ।
जसले दोहोरो पर्नुका साथै कार्यान्वयनमा समस्या आउने गरेको छ। यसलाई रोक्न सरकारले नयाँ बजेटमा केही कमि गरेको दाबी अर्थमन्त्रीले गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।