• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय सुनुवाइ समितिले पूर्णता पायो, सर्वोच्चले कहिले पाउला प्रधानन्यायाधीश?

64x64
नेपाल लाइभ मंगलबार, जेठ १६, २०८०  ०६:१३
1140x725

काठमाडौं– आइतबार संघीय संसद्‌को संयुक्त बैठकले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको टुङ्गो लगाएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका  ४–४, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपा १–१ जना सदस्य रहने गरी १५ सदस्यीय सुनुवाइ समितिलाई पूर्णता दिइएको छ। 

अव समितिका सभापति चयन नहुञ्जेल जेष्ठ सदस्यको नेतृत्वमा बैठक बस्न सक्ने छ। उक्त समितिमा राप्रपाका पशुपति शमशेर राणा जेष्ठ सदस्यको रुपमा रहेका छन्। उनको नेतृत्वमा छिट्टै बैठक बस्ने तयारी रहेको संसद सचिवलायले जनाएको छ। 

आइतबार नै संघीय संसद्‌को संयुक्त बैठकले संयुक्त समितिहरुको बैठक सञ्चालनसम्बन्धी नियमावली पनि पारित गरेको छ। उक्त नियमावलीअनुसार अव संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि सिफारिस भएका नामहरुलाई प्रक्रियामा अघि बढाउने छ। 

संसदीय सुनुवाइ समितिमा २ वटा सिफारिसहरु रहेका छन्। अघिल्लो संसद् रहँदै गर्दा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका ३ नाम पनि विचाराधीन रहेको छ। त्यस्तै नयाँ संसद आएपछि वैशाख २५ गते संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस गरेको नाम पनि रहेको छ। यसअघि न्याय परिषद्‌ले २०७९ भदौ २१ गते उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित र न्यायाधीश विनोद शर्मा गौतम र नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो। यी मध्ये गौतमले अवकाश पाइसकेकी छन्। 

प्रधानन्यायाधीशको मात्र अघि बढाउने तयारी 
यसअघि सिफारिस भएका सर्वोच्चका न्यायाधीशको विषयमा हाल कुनै पनि प्रक्रिया अघि नबढाउने सहमति दलका बीचमा भएको छ। यही सहमतीअनुसार सर्वोच्चका नयाँ नामहरु सिफारिस हुने भएकाले उक्त सिफारिसलाई छोडेर सर्वोच्चको प्रधानन्यायाधीशको मात्र प्रक्रिया अघि बढाउने सचिवालयको तयारी छ। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको हकमा सुनुवाइको प्रक्रिया सुरु गरिने छ। सुरुमा समितिले कार्यविधी निर्माण गर्ने छ अनि सुनुवाइका लागि सार्वजनिक सूचना जारी गर्ने प्रक्रिया सुरु गर्ने छ। सार्वजनिक सुचनापछि उजुरी दर्ता हुने छ। उजुरीमा छलफल गर्दै समितिले सुनुवाइ सुरु गर्ने छ। उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीशसँग समितिले छलफल गर्ने छ। त्यसपछि अनुमोदनको प्रक्रिया हुने छ।  

सर्वोच्च अदालत १७ महिनादेखि कायम मुकायमको नेतृत्वमा चल्दै आएको छ। संसदीय सुनुवाइबाट अनुमोदन भएमा कार्की सर्वोच्चको प्रधानन्यायाधीश हुनेछन्। संवैधानि परिषद्‌ले गरेको सिफारिसअनुसार संसदीय सुनुवाइबाट अनुमोदन भएमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध १ फागुन २०७८ मा संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका थिए। उनले कामुकै रुपमा अवकाश पाए। 

२०७९ भदौ ५ गते कार्कीले अवकाश पाएपछि हरिकृष्णले कामुको जिम्मेबारी पाएका थिए।  औपचारिक रुपमा उनले असोज ९ गते देखि सर्वोच्चको नेतृत्व गरेका हुन्। 

उनले कामु पाउनुभन्दा एक महिना अघि संवैधानिक परिषदवाट नाम सिफारिस हुनुपर्ने संवैधानिक प्रावधान भए पनि विभिन्न कारणले हुन सकेन। जसले गर्दा ९ महिनापछि उनको नाम सिफारिस भएर सुनुवाइ समितिमा पुगेको छ।  

कार्की २०७३ साउन  १७ गते सर्वोच्चको न्यायाधीश भएका थिए। उनी अब करिब २ महिना मात्र सर्वोच्चमा रहनेछन्। २०८० साउन १९ मा ६५ वर्ष पुगेपछि उनी अनिवार्य अवकाशमा जानेछन्। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा भने उनले त्यतिबेलासम्म प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व गर्न पाउनेछन्।  

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
सम्बन्धित सामग्री
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार धारणा राख्नेमध्ये उपमहासचिव योगेश भट्टराईले खुलेरै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे । महासचिव पोखरेलले भने घुमाउरो शैली प्र... शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विक... शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले निर्वाचित सांसदहरूविरुद्ध प्रदर्शन ग... शनिबार, जेठ ९, २०८३
ताजा समाचारसबै
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्