• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
रेशम चौधरी प्रकरण: एमालेको ‘पहल गर्ने’ सहमति, कांग्रेस-माओवादीको माफी
64x64
डिबी खड्का सोमबार, जेठ १५, २०८०  ०८:५६
1140x725

काठमाडौं– रेशम चौधरीलाई आममाफी दिने सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयको स्वीकृतिलाई लिएर विवाद सिर्जना भएको छ। ठूला दल र त्यसका नेताहरुको आफू अनुकुल हुँदा पक्षमा र प्रतिकुल हुँदा विपक्षमा रहने प्रवृति यो घटनामा पनि देखिएको छ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङ कानुनमन्त्री छन्। जसले राष्ट्रपति रामचन्द्र पौडेललाई रेशमलाई माफी नेपालको संविधान र कानुनअनुसार नै भएको राय बुझाएका छन्। तिनै गुरुङ केही वर्षअघि भने यसको विपक्षमा थिए। पाँच वर्षअघि सरकारले उनको मुद्दा फिर्ता लिने तरखर गरिरहँदा उनले सार्वजनिक रुपमा समेत आलोचना गरे।

DhanRaj_Gurung1685329452.jpg

उनले ट्विटरमा लेखेका थिए,  ‘टीकापुर घटनालाई राजनीतिको पछ्यौरीले छोपेर छोपिँदैन सरकार। टीकापुर घटनाका अपराधीहरुको मुद्दा फिर्ता लिने निर्णय फिर्ता लिइयोस् सरकार।’ आज उनी आफैं सरकारमा मात्रै छैनन्, कानुनमन्त्री छन्। राजनीतिक दाउपेच नमिल्दा ‘अपराधी’ ठहर गर्ने गुरुङका आँखामा चौधरी यसपल्ट माफीयोग्य बनेका छन्। 

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले माफी दिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष दल राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यसको विरोध गरेका छन्। रास्वपाले विज्ञप्ति जारी गर्दै सरकारको निर्णय विधि र कानुन अनुकूल नभएको बताएको छ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले सदनको रोस्टमै उभिएर चौधरीलाई छुटाउन विद्यमान कानुनमा संशोधन गरेर होस् या अन्य तरिकाले सरकार लागिपरेको कुरा खुलेर बताउनुभयो। सरकारको यो कदम पूर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभइ पीडितका सन्दर्भमा अन्यायपूर्णसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ,’ विज्ञप्तिमा रास्वपाले भनेको छ।

यसैगरी एमालेका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन्। सचेतक बर्तौंलाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न लागेको भन्दै आक्रोशसमेत व्यक्त गरे। 

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पीडितलाई थप पीडित बनाउने गरी सरकारले कानुनी राज्यको खिल्ली उडाउँदै चौधरीलाई आममाफी दिने निर्णय लिएको जिकिर गरे। सचेतक बर्तौलाले राजनीतिक दाउपेचको आधारमा गरिएको सरकारको सो निर्णय उपयुक्त नभएको उल्लेख गर्दै त्यसमा ख्याल गरेर अघि बढ्न राष्ट्रपति रामचन्द्र पौडेललाई पनि आग्रह गरे। 

Ncell 2
Ncell 2

त्‍यसभन्दा अघि बढेर उनले  हिंसात्मक घटनालाई राजनीति बनाएर गलत नजिर बसाउने काम नगर्न पनि सरकारलाई सचेत गराए।

एमालेलाई अप्ठ्यारो
तर,  चौधरीलाई माफी मिनाहा दिने यो निर्णयको चर्को विरोध गर्ने नैतिक धरातल भने एमालेले उहिल्यै गुमाइसकेको छ। गठजोड गरेर सरकार बनाउने उपक्रममा २०७८ साल जेठ १८ गते एमाले सरकारले चौधरीलाई जेलबाट छुटाउन पहल गर्ने सहमति गरेको थियो। सरकार र थारु कल्याणकारिणी सभा तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिबीच भएको ६ बुँदे सहमतिमा  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार तथा वार्ता टोलीका सदस्य राजन भट्टराईले हस्ताक्षर गरेका छन्।  

उक्त सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको ‘दुःखद घटना’मा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने ।’

त्योबेला चौधरी  दुई तहका अदालतबाट दोषी ठहर भइसकेका थिए भने सर्वोच्च अदालतमा मुद्दा विचाराधीन थियो।  प्रतिनिधि सभा विघटन भएर कामचलाउ अवस्थामा रहेको सरकारमा जानका लागि जनता समाजवादी पार्टीको एक समूह लगातार वार्तामा रहेको थियो। उक्त समुहलाई सरकारमा लैजान उक्त सहमति गरिएको थियो।

Resham_Chaudhary_Barta_UML_govt1685329945.png
तत्कालीन गृहमन्त्री रामबहादुर थापासहित सरकारी वार्ता टोली र थारु कल्याणकारी सभाको वार्ता टोली

त्यहीबेला सरकारले गरेको सहमतिलाई कानुनले नचिन्ने भन्दा आलोचना गरिएको थियो। मुद्दा फिर्ताको कानुनी आधार नभएको, तर सरकारले सहमति गरेको देखिएको थियो। मुद्दा फिर्ताका सम्बन्धमा संविधानको धारा १५८ को उपधारा (३) मा सरकारका तर्फबाट दायर भएको मुद्दा फिर्ता लिँदा महान्यायाधिवक्ताको राय लिनुपर्ने भनिएको छ। यो व्यवस्थाअनुसार कुनै मुद्दा फिर्ता लिनका लागि महान्यायाधिवक्ताको राय लिने भनेको बुझिन्छ। मुद्दा फिर्ताको प्रक्रिया हुन सक्ने कानुनी व्यवस्था मुलुकी फौजदारी संहिताको परिच्छेद १२ को दफा ११६ मा व्यवस्था गरिएको छ। मुद्दा  फिर्ता लिने, मिलापत्र र मेलमिलापसम्बन्धी व्यवस्था त्यसमा समेटिएको छ। उक्‍त दफाको उपदफा (८) मा ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि पुनरावेदन, साधन जाँच वा पुनरावलोकनको रोहमा वा मुद्दा दोहोर्‍याउने अवस्थामा विचाराधीन रहेको मुद्दा फिर्ता लिन सकिने छैन’ भनिएको छ।

टीकापुर घटनाका सन्दर्भमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको मात्रै नभइ २ तहका अदालतबाट सदर सजाय सदर भइसकेको थियो। त्यसैले सरकारले मुद्दा फिर्ता लिन सकेन।

जिल्ला र उच्च अदालतको फैसला त्रुटिपूर्ण भएकाले उल्टिनुपर्ने जिकिर गर्दै चौधरीका कानुन व्यवसायीले २०७७ फागुन १२ गते सर्वोच्चमा पुनरावेदनको निवेदन दर्ता गराएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले यस मुद्दामा जिल्‍ला र उच्च अदालतले गरेको फैसला सदर गरेको छ। उक्त घटनाका लागि चौधरीलाई जन्मकैद सुनाइएको छ। फैसलाको पूर्णपाठ समेत नआउँदै जेलमुक्त हुने अवसर चौधरीले प्राप्त गरेका छन्।

माफी होइन, कैद मिनाहा
धेरैले सरकारले चौधरीलाई माफी दिएको रुपमा बुझेका छन्। तीनै तहका अदालतले उनलाई दोषी ठहर गरेका कारण सरकारले माफी दिने कुनै कानुनी आधार छैन। उनले यसपल्ट प्राप्त गरेको कैद सजाय माफी हो। अर्थात् जन्मकैद बस्नुपर्ने उनले बाँकी समय जेलमा बिताउनु नपर्ने भएको हो।

संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको जनाएको छ। उक्त दफामा कैदमा रहँदा चालचलन सुधार आएमा र निजले ५० प्रतिशत कैद भुक्तान गरेको अवस्थामा सजाय माफी दिने भनिएको छ। तर, चौधरीले पाएको जन्मकैद सजाय भने माफी दिन नमिल्ने सजायहरुको सूचीमा छन्। उक्त दफाको देहाय ‘क’ मा जन्मकैदको सजाय पाएकोले माफी नपाउने भनिएको छ।

सरकारले उल्लेख गरेको कानुनअनुसार कैद मिनाहाको श्रेणीमा उनी नपर्ने भएकाले अदालतमा मुद्दा पर्दा सरकारको निर्णय उल्टिन सक्ने सम्भावना रहेको छ। टीकापुर घटनामा आफन्त गुमाएकाहरुले सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी समेत गरिरहेको बुझिएको छ।

राजनीति गर्न भने रोक
सजाय माफी पाएका चौधरी थुनामुक्त भए पनि प्रत्यक्ष राजनीति गर्ने अवसर भने पाउने छैनन्। फौजदारी अदालतबाट अभियोग ठहर भएकाले उनी कुनैपनि सार्वजनिक पद धारणका लागि अयोग्य भएका हुन्।  

२०७४ साल फागुन १५ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका उनी त्‍यही समयदेखि थुनामा थिए। टिकापुर हत्याकाण्डमा उनीमाथि अमानवीय रुपमा घेरा हालेको, बालकको हत्या गरेको, समूहमा हत्या गरेको र पेट्रोल छर्केर मारेको अभियोग छ। 

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो। उक्त प्रकरणका सत्यतथ्य छानविन गर्नका लागि गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरिएको थियो। उक्त ‘लाल आयोग’ले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। तर, सरकारले सार्वजनिक गर्न सकेको छैन। संसद्‌मा रहेका दलहरु नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले उक्‍त प्रतिवेदन सार्वजनिक गर्न आवाज उठाइरहेका छन्।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्