• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रेशम चौधरी प्रकरण: एमालेको ‘पहल गर्ने’ सहमति, कांग्रेस-माओवादीको माफी

64x64
डिबी खड्का सोमबार, जेठ १५, २०८०  ०८:५६
1140x725

काठमाडौं– रेशम चौधरीलाई आममाफी दिने सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयको स्वीकृतिलाई लिएर विवाद सिर्जना भएको छ। ठूला दल र त्यसका नेताहरुको आफू अनुकुल हुँदा पक्षमा र प्रतिकुल हुँदा विपक्षमा रहने प्रवृति यो घटनामा पनि देखिएको छ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङ कानुनमन्त्री छन्। जसले राष्ट्रपति रामचन्द्र पौडेललाई रेशमलाई माफी नेपालको संविधान र कानुनअनुसार नै भएको राय बुझाएका छन्। तिनै गुरुङ केही वर्षअघि भने यसको विपक्षमा थिए। पाँच वर्षअघि सरकारले उनको मुद्दा फिर्ता लिने तरखर गरिरहँदा उनले सार्वजनिक रुपमा समेत आलोचना गरे।

DhanRaj_Gurung1685329452.jpg

उनले ट्विटरमा लेखेका थिए,  ‘टीकापुर घटनालाई राजनीतिको पछ्यौरीले छोपेर छोपिँदैन सरकार। टीकापुर घटनाका अपराधीहरुको मुद्दा फिर्ता लिने निर्णय फिर्ता लिइयोस् सरकार।’ आज उनी आफैं सरकारमा मात्रै छैनन्, कानुनमन्त्री छन्। राजनीतिक दाउपेच नमिल्दा ‘अपराधी’ ठहर गर्ने गुरुङका आँखामा चौधरी यसपल्ट माफीयोग्य बनेका छन्। 

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले माफी दिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष दल राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यसको विरोध गरेका छन्। रास्वपाले विज्ञप्ति जारी गर्दै सरकारको निर्णय विधि र कानुन अनुकूल नभएको बताएको छ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले सदनको रोस्टमै उभिएर चौधरीलाई छुटाउन विद्यमान कानुनमा संशोधन गरेर होस् या अन्य तरिकाले सरकार लागिपरेको कुरा खुलेर बताउनुभयो। सरकारको यो कदम पूर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभइ पीडितका सन्दर्भमा अन्यायपूर्णसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ,’ विज्ञप्तिमा रास्वपाले भनेको छ।

यसैगरी एमालेका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन्। सचेतक बर्तौंलाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न लागेको भन्दै आक्रोशसमेत व्यक्त गरे। 

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पीडितलाई थप पीडित बनाउने गरी सरकारले कानुनी राज्यको खिल्ली उडाउँदै चौधरीलाई आममाफी दिने निर्णय लिएको जिकिर गरे। सचेतक बर्तौलाले राजनीतिक दाउपेचको आधारमा गरिएको सरकारको सो निर्णय उपयुक्त नभएको उल्लेख गर्दै त्यसमा ख्याल गरेर अघि बढ्न राष्ट्रपति रामचन्द्र पौडेललाई पनि आग्रह गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

त्‍यसभन्दा अघि बढेर उनले  हिंसात्मक घटनालाई राजनीति बनाएर गलत नजिर बसाउने काम नगर्न पनि सरकारलाई सचेत गराए।

एमालेलाई अप्ठ्यारो
तर,  चौधरीलाई माफी मिनाहा दिने यो निर्णयको चर्को विरोध गर्ने नैतिक धरातल भने एमालेले उहिल्यै गुमाइसकेको छ। गठजोड गरेर सरकार बनाउने उपक्रममा २०७८ साल जेठ १८ गते एमाले सरकारले चौधरीलाई जेलबाट छुटाउन पहल गर्ने सहमति गरेको थियो। सरकार र थारु कल्याणकारिणी सभा तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिबीच भएको ६ बुँदे सहमतिमा  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार तथा वार्ता टोलीका सदस्य राजन भट्टराईले हस्ताक्षर गरेका छन्।  

उक्त सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको ‘दुःखद घटना’मा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने ।’

त्योबेला चौधरी  दुई तहका अदालतबाट दोषी ठहर भइसकेका थिए भने सर्वोच्च अदालतमा मुद्दा विचाराधीन थियो।  प्रतिनिधि सभा विघटन भएर कामचलाउ अवस्थामा रहेको सरकारमा जानका लागि जनता समाजवादी पार्टीको एक समूह लगातार वार्तामा रहेको थियो। उक्त समुहलाई सरकारमा लैजान उक्त सहमति गरिएको थियो।

Resham_Chaudhary_Barta_UML_govt1685329945.png
तत्कालीन गृहमन्त्री रामबहादुर थापासहित सरकारी वार्ता टोली र थारु कल्याणकारी सभाको वार्ता टोली

त्यहीबेला सरकारले गरेको सहमतिलाई कानुनले नचिन्ने भन्दा आलोचना गरिएको थियो। मुद्दा फिर्ताको कानुनी आधार नभएको, तर सरकारले सहमति गरेको देखिएको थियो। मुद्दा फिर्ताका सम्बन्धमा संविधानको धारा १५८ को उपधारा (३) मा सरकारका तर्फबाट दायर भएको मुद्दा फिर्ता लिँदा महान्यायाधिवक्ताको राय लिनुपर्ने भनिएको छ। यो व्यवस्थाअनुसार कुनै मुद्दा फिर्ता लिनका लागि महान्यायाधिवक्ताको राय लिने भनेको बुझिन्छ। मुद्दा फिर्ताको प्रक्रिया हुन सक्ने कानुनी व्यवस्था मुलुकी फौजदारी संहिताको परिच्छेद १२ को दफा ११६ मा व्यवस्था गरिएको छ। मुद्दा  फिर्ता लिने, मिलापत्र र मेलमिलापसम्बन्धी व्यवस्था त्यसमा समेटिएको छ। उक्‍त दफाको उपदफा (८) मा ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि पुनरावेदन, साधन जाँच वा पुनरावलोकनको रोहमा वा मुद्दा दोहोर्‍याउने अवस्थामा विचाराधीन रहेको मुद्दा फिर्ता लिन सकिने छैन’ भनिएको छ।

टीकापुर घटनाका सन्दर्भमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको मात्रै नभइ २ तहका अदालतबाट सदर सजाय सदर भइसकेको थियो। त्यसैले सरकारले मुद्दा फिर्ता लिन सकेन।

जिल्ला र उच्च अदालतको फैसला त्रुटिपूर्ण भएकाले उल्टिनुपर्ने जिकिर गर्दै चौधरीका कानुन व्यवसायीले २०७७ फागुन १२ गते सर्वोच्चमा पुनरावेदनको निवेदन दर्ता गराएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले यस मुद्दामा जिल्‍ला र उच्च अदालतले गरेको फैसला सदर गरेको छ। उक्त घटनाका लागि चौधरीलाई जन्मकैद सुनाइएको छ। फैसलाको पूर्णपाठ समेत नआउँदै जेलमुक्त हुने अवसर चौधरीले प्राप्त गरेका छन्।

माफी होइन, कैद मिनाहा
धेरैले सरकारले चौधरीलाई माफी दिएको रुपमा बुझेका छन्। तीनै तहका अदालतले उनलाई दोषी ठहर गरेका कारण सरकारले माफी दिने कुनै कानुनी आधार छैन। उनले यसपल्ट प्राप्त गरेको कैद सजाय माफी हो। अर्थात् जन्मकैद बस्नुपर्ने उनले बाँकी समय जेलमा बिताउनु नपर्ने भएको हो।

संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको जनाएको छ। उक्त दफामा कैदमा रहँदा चालचलन सुधार आएमा र निजले ५० प्रतिशत कैद भुक्तान गरेको अवस्थामा सजाय माफी दिने भनिएको छ। तर, चौधरीले पाएको जन्मकैद सजाय भने माफी दिन नमिल्ने सजायहरुको सूचीमा छन्। उक्त दफाको देहाय ‘क’ मा जन्मकैदको सजाय पाएकोले माफी नपाउने भनिएको छ।

सरकारले उल्लेख गरेको कानुनअनुसार कैद मिनाहाको श्रेणीमा उनी नपर्ने भएकाले अदालतमा मुद्दा पर्दा सरकारको निर्णय उल्टिन सक्ने सम्भावना रहेको छ। टीकापुर घटनामा आफन्त गुमाएकाहरुले सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी समेत गरिरहेको बुझिएको छ।

राजनीति गर्न भने रोक
सजाय माफी पाएका चौधरी थुनामुक्त भए पनि प्रत्यक्ष राजनीति गर्ने अवसर भने पाउने छैनन्। फौजदारी अदालतबाट अभियोग ठहर भएकाले उनी कुनैपनि सार्वजनिक पद धारणका लागि अयोग्य भएका हुन्।  

२०७४ साल फागुन १५ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका उनी त्‍यही समयदेखि थुनामा थिए। टिकापुर हत्याकाण्डमा उनीमाथि अमानवीय रुपमा घेरा हालेको, बालकको हत्या गरेको, समूहमा हत्या गरेको र पेट्रोल छर्केर मारेको अभियोग छ। 

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो। उक्त प्रकरणका सत्यतथ्य छानविन गर्नका लागि गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरिएको थियो। उक्त ‘लाल आयोग’ले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। तर, सरकारले सार्वजनिक गर्न सकेको छैन। संसद्‌मा रहेका दलहरु नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले उक्‍त प्रतिवेदन सार्वजनिक गर्न आवाज उठाइरहेका छन्।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्