काठमाडौं– पछिल्ला वर्ष शिक्षकमा महिला शिक्षकको अनुपात बढ्दै गएको छ। माध्यमिक तहमा यस्तो अनुपात तुलनात्मक रूपमा न्यून रहेको छ भने आधारभूत तहमा कूल शिक्षकमध्ये महिला शिक्षकको अनुपात बढेको अर्थमन्त्रालयको सर्वेक्षणले जनाएको छ।
शैक्षिक सत्र २०७८ मा आधारभूत तहको कूल शिक्षकमध्ये ४६.५ प्रतिशत महिला शिक्षकको अनुपात रहेको थियो भने शैक्षिक सत्र २०७९ मा ४७.२ प्रतिशत पुगेको छ।
माध्यमिक तहमा भने यस्तो अनुपात शैक्षिक सत्र २०७८ मा २०.४ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०७९ मा घटेर १७.४ प्रतिशत रहेको छ।
पछिल्ला वर्षहरूमा माध्यमिक तहका लागि भएको शिक्षक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट सिफारिस हुने महिला शिक्षकको संख्या तुलनात्मक रूपमा न्यून रहेका कारण माध्यमिक तहमा महिला शिक्षकको अनुपात घट्न गएको सर्वेक्षणमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।