काठमाडौं– २०७९ फागुनसम्म प्रादेशिक तथा स्थानीयस्तरमा कच्ची, ग्रावेल र कालोपेत्र गरी ६६ हजार ५७ सडक पुगेका छन्।
बागमती प्रदेशमा सबैभन्दा धेरै २४.५९ प्रतिशत र कर्णालीमा सवैभन्दा कम ५.२१ प्रतिशत रहेको छ।
आर्थिक सर्वेक्षणका अनुसार सडक जन घतत्त्व बागमती प्रदेशमा धेरै देखिएको छ। जसमा ०.८१ प्रतिवर्ग किमी रहेको छ।
कर्णालीमा सबैभन्दा कम ०.१२ प्रति वर्ग किमी छ। २०७९ फागुनसम्म बागमती प्रदेशमा १४ सय ६१ किलोमिटर सडक कालोपत्र हुँदा कर्णालीमा भने निर्माण भएको सडकमध्ये ९१ किलोमिटर मात्र कालोपत्र भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।