काठमाडौं– सलमान खानलाई विवाहको प्रस्ताव बेला बखत आइरहन्छ।
तर उनले अहिलेसम्म विवाहबाट आफूलाई टाढै राखेका छन्। यसैबीच, आइफा २०२३ मा सहभागी हुन पुगेका ५७ वर्षीय सलमानलाई विवाहको प्रस्ताव आएको छ।
उनलाई यो प्रस्ताव हलिउड रिपोर्टरले गरेकी हुन्। सलमानले यसबारे प्रतिक्रिया दिएका छन्, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
कुराकानीको क्रममा एक मिडिया रिपोर्टरले सलमान खानलाई प्रेममा परेको बताइन्। जवाफमा सलमान खान ठट्टा गर्दै भन्छन्, ‘तिमी शाहरुख खानको कुरा गर्दैछौ हैन र?’
त्यही क्रममा उनले सलमानलाई विहेको प्रस्ताव राख्छिन्। सलमान खान इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्डको २२औं संस्करणको लागि अबुधाबीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।